मोरङमा दुई जना मृत फेला

सांकेतिक तस्वीर

मोरङ । मोरङको अलग अलग स्थानमा दुई जना मृत फेला परेका छन् । पथरीशनिश्चरे नगरपालिका ४ सम्झना चोकमा एक र लेटाङ नगरपालिका १ मा एक जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मोरङको पथरी शनिश्चरे ४ सम्झना चोकस्थित हाट बजार लाग्ने ठाँउमा स्थानीय ५५ वर्षीय प्रबल गिरी मृत फेला परेका हुन् । प्रहरी चौकी कुशेचौरीबाट खटिएको टोलीले आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मंगल’bout अस्पताल उर्लाबारी पठाएको छ ।

यस्तै लेटाङ १ धोबिघाटस्थित पाचथरे खोलामा लडेर स्थानीय ६४ वर्षीय बलबहादुर लामिछानेको मृत्यु भएको हो । स्थानीयले शुक्रबार बिहान करिब ४ बजे लडेर मृत्यु भएको खबर गरेपछि इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले कानुनी प्रकृया पुरा गरी शवलाई पोस्टमार्टमका लागि मंगल’bout अस्पताल पठाएको छ । दुवै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
कपिलवस्तुका २० मतदानस्थल अतिसंवेदनशील सूचीमा