Monday, May 17, 2021
Home भर्खरै एमसिसी संसदबाट पारित हुने सम्भावना न्यून

एमसिसी संसदबाट पारित हुने सम्भावना न्यून

सत्तारूढ दल नै अनिर्णीत

,

काठमाडौं । विद्युत् प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले नेपाललाई दिने ५० करोड अमेरिकी डलरबराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता नेपालमा कार्यान्वयनको विषय पेचिलो बनेको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै संसद्बाट पारित गराउने विषयमा सहमति जुट्न सकेको छैन । सम्झौताअनुसार अघिल्लो वर्ष १३ असोज (३० सेप्टेम्बर) सम्ममा एमसिसी संसद्बाट अनुमोदन हुनुपर्ने थियो । तर, सत्तारूढ दलभित्र एमसिसीको विषयमा बढेको विवादको कारण अनुमोदन हुन सकेन ।

एमसिसीअन्तर्गतको परियोजना सञ्चालन गर्न स्थापना गरिएको कार्यालय मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए नेपाल)का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले परियोजना कार्यान्वयनका लागि नेपाल सरकार र एमसिसीले नयाँ कार्यतालिका बनाउनुपर्ने बताए ।

सम्झौता कार्यान्वयनका लागि संघीय संसद्बाट पारित गराउनुपर्ने अन्तिम दिन मात्रै आगामी प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअघि नेकपाले स्थायी कमिटी बैठकमा छलफल गर्ने तयारी गरेको छ ।

एमसिसी सम्झौता संसद्ले पारित गर्नुपर्ने म्याद १७ असारमा सकिँदै छ । प्रतिनिधिसभाको बैठक आगामी १७ असारमा नै बोलाइएको छ । त्यो दिन संसद्ले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निष्क्रिय हुनेछ । त्यसपछि नेपालले पाउन लागेको अमेरिकी अनुदान निष्क्रिय हुनेछ । प्रतिनिधिसभाले पारित गरे पनि राष्ट्रिय सभाले पारित गर्ने सम्भावना कम भएकाले नेपालमा एमसिसी कार्यान्वयनको बाटो बन्द हुने करिब निश्चित जस्तो छ ।

‘यो हाम्रो कार्यालयअन्तर्गत पर्ने विषय होइन । यस विषयमा नेपाल सरकारको प्रतिनिधि अर्थ मन्त्रालय र एमसिसीले वार्ता गरेर नयाँ कार्यतालिका बनाउनुपर्ने हुन्छ,’ कार्यकारी निर्देशक विष्टले भने, ‘दुवै पक्षबीच भएको सहमतिका आधारमा नयाँ मिति तोक्न सकिन्छ । मुख्य विषय भनेको सम्झौता संसद्बाट अनुमोदन हो ।’

उनले सम्झौता संसद्ले अस्वीकार नगरुन्जेलसम्म एमसिए नेपालले आफनो काम जारी राख्ने बताए । अघिल्लो वर्ष १३ असोजसम्ममा अनुमोदन नभएपछि अमेरिकाले दिने रकम रोकिएको छ । त्यसपछि नेपाल सरकारले नै रकमान्तर गरेर एमसिए नेपालको कार्यालय सञ्चालनदेखि प्रशासनिक खर्च बेहोर्दै आएको छ ।

नेपालस्थित कार्यालयका कर्मचारी र परामर्शदाताका लागि प्रत्येक महिना ३ करोड रुपैयाँ खर्च हुँदै आएको छ । लालदरबार (याक एन्ड यती होटल)स्थित एमसिए नेपालको कार्यालयका लागि प्रत्येक महिना १६ लाख रुपैयाँ भाडा लाग्ने गरेको छ । बिजुली र पानीको पैसा भने छुट्टै लाग्छ । एमसिसीको अनुमोदन विवाद नेकपाभित्र उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी अनुमोदन गराउन जोड दिइरहेका छन् भने अन्य नेताहरुले सम्झौतामा संशोधन नभई नहुने अडानमा छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा बनेको नेकपा कार्यदलले संशोधन नगरी एमसिसी अनुमोदन गर्न नहुने निष्कर्ष निकालेको थियो । पछिल्लो समय नेकपाबाहेकका राजनीतिक दलहरुमा समेत एमसिसी संशोधनबिना अनुमोदन गर्न नहुने आवाज उठ्न थालेको छ । अमेरिकाको ५० करोड अमेरिकी डलर र नेपालको १३ करोड अमेरिकी डलर रकमबाट एमसिसी परियोजना सञ्चालन गरिने सम्झौता छ । जसअन्तर्गत ३ सय १२ किलोमिटर लामो ४ सय केभी विद्युतीय प्रसारण लाइन निर्माण र पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुदेखि बाँकेसम्म १ सय किलोमिटर सडकखण्डको स्तरोन्नति गरिनेछ ।

सम्झौता कार्यान्वयनका लागि संघीय संसद्बाट पारित गराउनुपर्ने अन्तिम दिन मात्रै आगामी प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअघि नेकपाले स्थायी कमिटी बैठकमा छलफल गर्ने तयारी गरेको छ ।

नेकपा स्थायी कमिटीको बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा मंगलबार बालुवाटारमा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ । जसमा, एमसिसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने विषयलाई एजेन्डा बनाउन दुवै अध्यक्षले सहमति गरेका छन् ।

(Visited 236 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

राष्ट्रियसभा उम्मेदवार देवकोटालाई कलम चुनाव चिन्ह

काठमाडौं । वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न पाएका छन् । यसैगरी...

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका...

के भयो चपली हाइटमा ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद कार्यदल बनाएर समाधान गर्ने सहमति बनेको छ । चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा बिहीबार प्रधानमन्त्री...

छालाको क्यान्सरबाट पीडित सुरजको चीत्कार

इटहरी । उनी हिँडडुल गर्न सक्दैनन्, शरीरभरी घाउ नै घाउ । परालले बारेको छाप्रोभित्र पस्नु अगावै ह्वास्स गन्हाउने, एउटा बेडमा ककिन रुपमा गुज्रिररहेको छ...

निषेधाज्ञापछि भरतपुर विमानस्थलबाट ११ उद्धार उडान

चितवन । जिल्लामा निषेधाज्ञा लागू भएपछि ११ उद्धार उडान भएका छन् । वैशाख २४ गतेदेखि हालसम्म ११ वडा उडान भएका हुन् । यी सबै...

ट्रेन्डिङ

‘ऋतम्भरा’ महाकाव्य छाडेर गयो राष्ट्रकवि घिमिरेको चोला

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको ।” नेपाली जनमनमा...

साढे तीन महिनाअघि नै मुख्यसचिव बन्न ६ सचिवको लबिङ, को बन्ला नयाँ मुख्यसचिव ?

काठमाडौं । निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै...

सम्पादकीय : भूमाफियाको सञ्जाल तोड्न ढिलाइ नगर

देशभरका सरकारी तथा सार्वजनिक जग्गा हडपिएपछि सरकारबाट निर्माण भएको उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदनलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्छ । प्रतिवेदनलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्न...

सिन्धुपाल्चोकमा कोरोनासँग मिल्दोजुल्दो स्वास्थ्य समस्या

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ गुम्बा गाँउमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ अनुसार बिहान एक...

ओलीसँग मिलेर अघि बढ्न प्रचण्डलाई दबाब

काठमाडौं । नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न...

जबर्जस्ती करणी अभियोगमा भूपू भारतीय सैनिक पक्राउ

पोखरा । बालिकामाथि जबर्जस्ती करणी अभियोगमा कास्की प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १०, मिलनटोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय...

कविलासीमा २९ जनाको आरडीटी टेष्ट, १ प्रहरीसहित ५ जनामा पोजेटिभ

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा थप एक प्रहरीसहित पाँच जनामा आरडीटी टेष्ट गर्दा पोजेटिभ देखिएको छ । सोमबार वडा नं. १ मा २७ जना,...

च्याम्पियन्स लिगको तालिका सार्वजनिक, समूह ‘जी’ ग्रुप अफ डेथ

लन्डन । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिगको समुह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । युरोपेली फुटबल महासंघ युएफाले हिजो निकालेको...

चालिस भन्दा बढी पसलमा कम तौलका ढक तराजु

सप्तरी, राजविराज । चाडबाड अघि बजार अनुगमन सुरु गरिएको सप्तरीमा पर्वहरु सकिएपछि पनि उक्त अभियानलाई निरन्तरता दिइएको छ । बुधबार पनि सदरमुकाम राजविराजस्थित नुनदेखी...

हिरोको श्रीमतीको आग्रहमा फिल्मबाटै हटाइएकी थिइन् तापसी

मुम्बई । बलिउड नायिका तापसी पन्नुले बलिउडमा ब्यापक भेदभाव हुने गरेको बताएकी छिन् । अभिनय क्षेत्रमा लागेपछि केही नमिठा यादहरु व्यक्ति गर्दै उनी भन्छिन्...

रोनाल्डिन्होको पक्षमा उभिए म्याराडोना

ब्युनस आर्यस । अर्जेटिनाका महान् खेलाडी डिएगो म्याराडोनाले ब्राजिलियन पूर्वस्टार रोनाल्डिन्हो कुनै अपराधी नभएको बताएका छन् । विश्व कप विजेता रोनाल्डिन्हो अहिले पाराग्वेमा जेलमा...

आर्सनलको पोस्टमा भिल्लाको ३ गोल

लन्डन । इग्लिस प्रिमियर लिगअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा एस्टन भिल्लासँग आर्सनल ३–० ले पराजित भयो । खेलको २५ औं मिनेटमा बुलकायो साकामार्फत् भिल्लाले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)