Sunday, May 16, 2021
Home Breaking News अमेरिकामा आप्रबासी सम्बन्धी व्यवस्थामा ठूलो परिवर्तन, डिभी, ग्रीनकार्डलगायत सवै बन्द

अमेरिकामा आप्रबासी सम्बन्धी व्यवस्थामा ठूलो परिवर्तन, डिभी, ग्रीनकार्डलगायत सवै बन्द

,

क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकामा आप्रबासी सम्बन्धी व्यवस्थामा ठूलो परिवर्तन गरिएको छ । अबको यो नयॉ व्यवस्थाले डिभी परेर अमेरिका आउने तयारीमा रहेका तथा पारिवारिक एवम् रोजगारीमा आधारित ग्रीनकार्ड प्राप्त गर्ने लाइनमा बसेकाहरू नराम्ररी प्रभावित हुनेछन् । योसँगै अमेरिकामा बस्नको लागि शरण माग गर्नसक्ने नीति (एसाइलम सिस्टम) मा समेत गरिएको व्यापक परिवर्तले अगामी दिनहरू आप्रबासीका लागि थप चुनौतीपूर्ण बन्नसक्ने अमेरिकी कानुनका ज्ञताहरूले उल्लेख गरेका छन् ।
नयॉ नीतिअनुसार अमेरिका प्रवेश गरेर यहॉ आधिकारिक रूपमा बस्नका लागि शरण माग गर्दै पेश गरिएका एसाइलम आवेदनलाई सिधै खारेज गर्नसक्नेदेखि कानुनसंगत ढंगले काम गर्नका लागि आवश्यक पर्ने वर्कपरमिट समेत नदिनेसम्मका कडा व्यवस्थासहित अमेरिकन सिटिजन् तथा अध्यागमन सेवा (युएससिआइएस) सम्बन्धी यसअघि अपनाउदै आइएका कयौं नीति तथा व्यवस्थामा फेरबदल गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धी जारी गरेका कार्यकारी आदेशलाई आजबाट कार्यान्वयनको तहमा लगिएको छ । अबको नयॉ नीतिका कारण जुनसुकै माध्यमबाट अमेरिका प्रवेश गर्ने प्रयासमा रहेका मात्रै नभए अमेरिकाभित्रै बसोबास गरिरहेका आप्रबासीहरूलाई समेत कानुनी हैसियत प्राप्त गर्न निकै जटिल हुने क्यालिफोर्नियास्थित एक अमेरिकन कानुन व्यावसायीले बताए ।
यस किसिमको व्यवस्थाबाट थुप्रै नेपालीहरू समेत प्रभावित हुने अवस्था सिर्जना भएको अधिवक्ताको रूपमा काम गरिरहेका यहॉका नेपाली कानुन व्यावसायीहरूको समेत धारणा रहेको छ । अमेरिकामा नेपालीहरूको संख्या एकिन नभएपनि विभिन्न माध्यबाट आएर बसोबास गर्ने नेपालीहरू झण्डै ३ लाख बढी रहेको नाम उल्लेख नगर्ने सर्तमा एनआरएनएका एक सदस्यले बताए ।
यता विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरसको सक्रमणका कारण संयुक्त राज्य अमेरिकामा संसारकै सवैभन्दा धेरै मानिसको मृत्यु भएको छ । कोभिड-१९ सम्बन्धी आधिकारिक रूपमा तथ्यांक सार्वजनिक गर्दैआएको न्युजब्रेकका अनुसार अहिलेसम्म अमेरिकामा मर्नेको संख्या १ लाख २३ हजार नाघेको छ । गत जनवरीमा पहिलो चोटी कोरोना भाइरसको संक्रमण देखिएयता अमेरिकामा हालसम्म २४ लाख बढी मानिसमा संक्रमण देखिएको छ । ७ लाख बढी कोरोना संक्रमित विरामीहरू ठिक भइसकेका छन् । अहिलेसम्म अमेरिकामा करीव ३ करोड मानिसको कोभिड-१९ सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
कोरोना भाइरसको सक्रमणबाट अमेरिकामा हालसम्म १६ जना नेपालीको मृत्यु भइसकेको छ । प्रवासमा रहेका नेपालीहरू मध्ये कोरोना प्रभावितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । यहॉ संक्रमित नेपालीहरूको संख्या २ हजारको हाराहारीमा रहेको बताइएको छ । यसबीचमा लामो समय झापास्थित भुटानी शरणार्थी शिविर बेलडॉगीमा बसेर अमेरिका आएका नेपालीमुलका केही भुटानी नागरिकको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छभने थुप्रै व्यक्ति संक्रमित भएका छन् ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा भने पछिल्ला दिनहरूमा केही कमी आइरहेको छ । न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण क्यालिफोर्नियाको स्थानीय समय अनुसार आज बुधवार विहान ४ बजेसम्म २४ घण्टाको अवधिमा करीव ९ सय मानिसको मृत्यु भएको छभने ३५ हजार बढी नयॉ संक्रमित फेला परेका छन् । कोरोना संक्रमणबाट हिजो यहॉ झण्डै ३ सयले ज्यान गुमाएका थिए । अघिल्लो दिन मृत्यु हुनेको संख्या ७ सय माथि रहेको थियो । कोरोना संक्रमितको संख्या दैनिकजसो प्रायगरेर २५/३० हजारको हाराहारीमा रहेतापनि मृतकको संख्यामा भने ह्रास आएको छ ।
यता कोरोना महामारीका कारण रोकिएका केही सरकारी कामकारवाहीहरू पुन: सुरू भएका छनभने शैक्षिक संस्थानवाहेक आर्थिक तथा व्यापार व्यावसाय लगायत अन्य सार्वजनिक क्षेत्रहरू समेत चरणबद्ध रूपमा खुल्ला गर्दै लगिएको छ । ठूलो मात्रामा मानवीय तथा आर्थिक नोक्सानी व्यहोरिरहेको अमेरिकाको कोभिड-१९ संगको अन्तरिक लडाई लामो समयसम्म रहने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउदै आएका छन् । ५० वटै राज्यमा फैलिएको कोभिड-१९ को नियन्त्रणको क्रममा यहॉ अहिलेसम्म मानवीय क्रियाकलाप नै ठप्प हुनेखालको कडा किसिमको लकडाउन भने गरिएको छैन ।
(Visited 2,225 times, 1 visits today)
Loading comments...

आजको समाचार

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

दोलखामा अक्सिजन प्लान्ट बनाउने निर्णय

दोलखा । सामाजिक सञ्जालमा दोलखाका जनप्रतिनिधिहरुको चौतर्फी आलोचना भएपछि जिल्लामै अक्सिजन ग्याँस प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रले जनप्रतिनिधि मात्र...

धनगढीको नेपाली सेनाको अस्पतालमा काेराेना संक्रमितको उपचार गरिने

धनगढी । धनगढीस्थित नेपाली सेनाको फिल्ड अस्पतालमा पनि कोरोना संक्रमितको उपचार गरिने भएको छ । सो अस्पताल नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी...

ओली ४२औं प्रधामन्त्री

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले तेस्रोपटक पद तथा गोपनीयताको शपथ लिएका छन् । २४ असोज २०७२ मा पहिलोपटक देशको कार्यकारी...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

साताका लोकप्रिय समाचार

आयो, मातातीर्थ औंसीमा डा. डीआरको आमा गीत

काठमाडौं । सम्पूर्ण आमामा समर्पण गर्दै डा. डीआर उपाध्यायले मातातीर्थ औंसीको अवसर पारेर आफ्नो नयाँ विश्व कीर्तिमानी गीत आमा रिलिज गरेका छन् । यो...

धनकुटामा एकैदिन थपिए ४४ संक्रमित, ८ महिने नावालिकामा पनि कोरोना

धनकुटा । धनकुटामा शुक्रबार एकैदिन ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकैदिन थपिएका मध्ये यो नै हालसम्मको धेरै संख्या हो । जिल्ला...

गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया : जनमोर्चा निर्णायक

पोखरा । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुखबाट ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका आह्वान गरिएकोमा दोस्रो दिनसम्म पनि जनमोर्चा अनिर्णित बन्दा गण्डकीमा सरकार गठन हुन...

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद गठन, पुराना सबै दाेहाेरिए (सूचीसहित)

काठमाडाैं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

ट्रेन्डिङ

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित...

भोजपुरमा तीन प्रहरीमा कोरोना पुष्टि

भोजपुर । भोजपुरमा तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र...

नागरिकता विधेयकको विरोधमा सर्लाहीमा कांग्रेसद्वारा प्रदर्शन

सर्लाही । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने राज्य व्यवस्था समितिको प्रस्तावको विरोधमा सर्लाहीमा आइतबार प्रदर्शन भएको छ ।...

प्रेममा सम्बन्ध आफैं हुने कुरा हो

नयाँ पुस्ताकी मोडलका रूपमा कञ्चन चालिसे परिचय बनाउने क्रममा छिन् । नाटकबाट ‘करिअर’ थालेकी उनी सिन्धुली दोभानकी हुन् । त्यहाँबाट बसाईँ सरेर एक दशकदेखि...

सहमतिमै चेम्बर नयाँ नेतृत्व

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा पुरानो छाता संस्था नेपाल चेम्बर अफ कमर्समा व्यवसायीबीच सहमति भएसँगै अब सर्वसम्मतिको आधारमा नयाँ नेतृत्व चयन हुने भएको छ...

नगरवासीले मनाए हरिवन नगर प्रमुख प्रसाईको जन्मदिन

हरिवन । सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख गणश प्रसाईको जन्मदिन हरिवन नगरवासीहरुले धुमधामका साथ मनाएका छन् । हरिवनमा नगरपालिकामा विभिन्न विकास निर्माणका काम देखि कोरोनाकालमा...

केही दिन वर्षाको क्रम बढ्ने, बाढी/पहिरोको सम्भावना

काठमाडौँ । आजदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको...

बैतडीमा उपभोक्ता ठग्ने व्यापारीविरुद्ध मुद्धा

बैतडी । बैतडीमा उपभोक्तालाई ठग्ने र कालोबजारी गर्ने व्यापारीबिरुद्ध मुद्धा चलाउने गरिएको छ । चालु आर्थिक बर्षमा ४ वटा मुद्धा जिल्ला प्रशासन कार्यालयमा दर्ता...

एकैदिन ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार १६२ पुग्यो

काठमाडौँ । नेपालमा थप ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा...

बानेश्वर र अनामनगरमै हडपियो २३ रोपनी सरकारी जग्गा

काठमाडौं । काठमाडौंको मुटु मानिने बानेश्वर तथा अनामनगर क्षेत्रमा रहेको धोवीखोलामा पर्ने झन्डै २३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिले हडपेको भए पनि १२ वर्षसम्म...

होम आईसोलेशनमा बसेका ४५ वर्षीय पुरुषको काेराेना स‌ंक्रमणबाट मृत्यु

मोरङ । कोरोनाको संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेका एक जनाको मृत्युु भएको छ । विराटनगर महानगरपालिकाको वडा-६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको...

अनौठो इच्छा : जीउँदो छँदै आफ्नो चिहान !

पाँचथर । पार्थीव शरीरलाई सधैंका लागि बिसर्जन गर्ने थलो हो चिहान । सामान्यत ब्यक्तिको मृत्युपछि चिहान बनाइन्छ । तर एक दम्पतिले जीउँदो छँदै आफ्ना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)