Sunday, May 9, 2021
Home Editor-Picks पोखरा महानगरको बजेट ६ अर्ब १९ करोड

पोखरा महानगरको बजेट ६ अर्ब १९ करोड

,

पोखरा । पोखरा महानगरपालिकाले आगामी आव २०७७/०७८ को लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको छ ।

साताैं नगरसभामा बुधबार उपमेयर मञ्जुदेवी गुरुङले आगामी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेट चालु आवको भन्दा ८१ करोड रुपैयाँले कम हो । गत वर्ष महानगरले ७ अर्ब ५४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

चालु खर्चतर्फ ३ अर्ब २० करोड ८४ लाख र पुँजीगत खर्चतर्फ २ अर्ब ९८ करोड ८८ लाख छ रहेको छ । बजेटमध्ये प्रशासनिक खर्चमा १ अर्ब ५८ करोड ४ लाख र कार्यक्रम खर्चतर्फ ४ अर्ब ६१ करोड ६८ लाख बजेट विनियोजन गरिएको छ । जसमध्ये चालु खर्चतर्फ ५२ प्रतिशत र पुँजीगत तर्फ ४८ प्रतिशत हुन आउँछ ।

प्रशासिनक तथा सञ्चालनतर्फ २६ प्रतिशत र कार्यक्रम तर्फ ७४ प्रतिशत छ । कुल विनियोजनमध्ये विभिन्न कोषहरुमा १० करोड, विभिन्न विषयगत समितिहरुको आन्तरिक पँुजीगत खर्च २ अर्ब ८० करोड २१ लाख ५८ हजार विनियोजन गरिएको छ ।

आगामी आवको बजेटमा संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान गरिएको छ । अन्तरसरकारी अख्तियारबाट ८५ करोड प्राप्त हुने अनुमान छ ।

राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान रहेको रहेको उपमेयर गुरुङले बजेट बक्तव्यमा भनिन् । प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान छ ।

बुधबार नै मेयर मानबहादुर जिसीबाट प्रस्तुत भएको आगामी आवको नीति तथा कार्यक्रमलाई टेकेर आएको बजेटमा कतिपय विषय दोहो-याइएको छ भने केही योजना थप छन् ।

प्रस्तुत बजेटले विश्वव्यापी महामारी रहेको कोरोना भाइरस (कोभिड–१९) ले उत्पन्न गरेको परिस्थितिको सम्बोधन गर्ने, नागरिकका मौलिक हक एवं जीवनरक्षा सुनिश्चिता, संस्थागत क्षमता विकास तथा सुशासन प्रवद्र्घन गर्ने, महानगरपालिका, महानगरवासी, सहकारी, नागरिक समाज र निजी क्षेत्रको सहभागितामा आर्थिक तथा सामाजिक क्रियाकलापहरु सञ्चालन गरी हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने, विकासको लागि आवश्यक स्रोत तथा साधनको अधिकतम् सदुपयोग गर्न विकास साझेदारहरुसँग सहकार्य गरी दिगो तथा द्रुत विकास गतिविधि सञ्चालन गर्ने तथा राजश्व दायरा वृद्धि, करदाताको सम्मान, व्यवसायी, पेशाकर्मी, तथा नागरिकलाई कर प्रणालीमा आवद्ध हुन प्रोत्साहित गर्ने लगायत कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

क्षेत्रफल हिसाबले नेपालकै ठूलो यो महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी सहज बनाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै चालु आवमा संचालनमा रहेका योजना सम्पन्न गर्न ६५ करोड ४४ लाख ९२ हजार रुपैंयाँ बजेट विनियोजन गरिएको छ ।

लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण, महानगरका ३३ वटै वडाहरुमा वडास्तरीय विकास निर्माणका कार्यक्रमका लागि २३ करोड १० लाख, पोखरा सभागृह मर्मत सम्भार गर्न ३ करोड, पूर्वाधार तर्फका योजनामा संघीय र प्रदेश अनुदानबाट ५१ करोड ६९ लाख र आन्तरीक स्रोतबाट २ अर्ब २१ करोड ७१ लाख गरी २ अर्ब ७३ करोड ४० लाख बजेट विनियोजन गरिएको छ

चालु आवमा काम सुरु मोटरेबल पुलहरु भोटीखोला, घोरकुना, फिर्के खोला, स्यानीखोला, स्याङखुदी खोला, बगादी खोला र सिर्जनाचोकको आकाशे पुललाई सम्पन्न गर्न यस आवमा समेत निरन्तरता दिँदै चालु पुलतर्फका योजनाका लागि १३ करोड ५० लाख ४२ हजार बिनियोजन गरिएको छ ।

७ वटा वडाका कार्यालय भवन निर्माण सम्पन्न गर्नका लागि चालु भवनतर्फको योजनाको लागि ६ करोड ११ लाख, महानगरका व्यस्त चोकहरुमा ओभरहेड र सब–वे संरचना निर्माण, अध्ययन डिजाइनको कार्य अघि बढाउनसमेत बजेट विनियोजन गरिनुका साथै महेन्द्रपुलमा लिफ्टसहितको आकाशेपुल निर्माण सुरु गर्न १ करोड ४० लाख बजेट छुट्टाइएको छ ।

लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण, महानगरका ३३ वटै वडाहरुमा वडास्तरीय विकास निर्माणका कार्यक्रमका लागि २३ करोड १० लाख, पोखरा सभागृह मर्मत सम्भार गर्न ३ करोड, पूर्वाधार तर्फका योजनामा संघीय र प्रदेश अनुदानबाट ५१ करोड ६९ लाख र आन्तरीक स्रोतबाट २ अर्ब २१ करोड ७१ लाख गरी २ अर्ब ७३ करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।

हामी बनाउछौं हाम्रो महानगरअन्र्तगत सडक निर्माण, खानेपानी लाइन विस्तार, तथा बहुउेद्दश्यीय भवन निर्माणका लागि जनसहभागीतासहित कार्यक्रम सञ्चालन गर्न २० करोड छुट्टाइएको छ ।

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउँदै लगिनुका साथै भौतिक संरचनाहरुको विकास, दक्ष जनशक्ति व्यवस्थापन, प्रयोगशाला तथा उपकरणहरुको व्यवस्था गर्न विशेष अनुदानबाट ४ करोड बजेट विनियोजित छ ।

कोभिड–१९ न्यूनीकरणका लागि हालका कार्यक्रम निरन्तरता गर्दै थप विशेष कार्यक्रमहरु सञ्चालन गर्न २ करोड बजेट व्यवस्था गरिएको छ । स्वास्थ्यतर्फका कार्यक्रम सञ्चालन गर्न सशर्त कार्यक्रम १९ करोड ३३ लाख र आन्तरिक ९ करोड ५१ लाख गरी कोरोना विशेष कार्यक्रमका समेत सञ्चालनका लागि २८ करोड ८४ लाख, श्रममा आधारित कोरोना विशेष रोजगार कार्यक्रम सञ्चालन गर्न ३ करोड ४९ लाख बजेट विनियोजन गरिएको छ ।

शिक्षातर्फ संघीय अनुदानबाट १ अर्ब २४ करोड ५६ लाख र आन्तरिक स्रोतबाट ५ करोड ७ लाख गरी १ अर्ब २९ करोड ६३ लाख बजेट विनियोजन गरिएको छ । नतिजा आधारमा एक प्रादेशिक निर्वाचन क्षेत्र एक उत्कृष्ट विद्यालय छनौट गरी पुरस्कृत गरिने, ोखरा प्राविधिक शिक्षालय सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्दै महानगर अनुसन्धान तथा विकास केन्द्र, महानगर भित्र रहेका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको सहकार्यमा अध्ययन अनुसन्धान कार्य अगाडि बढाउँदै विज्ञान सम्मेलन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

महानगरपालिकाले भाडामा दिइएका सटर तथा भवनहरुको २०७६ चैतदेखि ३ महिनाको घरभाडा तथा वहाल कर छुट, उत्कृष्ट करदाता छनोट गरी महानगर उत्कृष्ट करदाताबाट सम्मान, लकडाउन अवधिमा घरधनीले घरभाडा मिनाहा गरेमा सो अवधिको वहाल करमा छुट समेत गरिएको छ ।

२ वटा भाषाको शव्दकोष र व्याकरण निर्माणका लागि तथा पोखरा साहित्य सम्मेलन गर्न बजेट व्यवस्था गरिएको छ । पोखरा प्रज्ञा प्रतिष्ठानलाई सञ्चालनमा ल्याउन बजेट विनियोजन गरिएको छ

कोभिड–१९ को कारण रोजगारी गुमाएका युवालाई प्रोत्साहन गरी नयाँ व्यवसायमा अनुकुलन गराउनका लागि सीप विकास तथा क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक प्रबन्ध मिलाइएको जनाइएको छ ।

लेकसाइड हल्लनचोकमा अत्याधुनिक सार्वजनिक शौंचालय निर्माणको लागि ९६ लाख बजेट विनियोजन गरिएको छ भने फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा फेवातालमा सिल्टेसन ड्याम निर्माण तथा जलाधार क्षेत्र संरक्षण कार्य सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

यस्तै, कृषक क्षमता अभिवृद्धि, प्रविधीको सदुपयोग, भूमिको व्यवस्थापन, भूमि बैकको स्थापना लगायतका कार्यक्रम सञ्चालन गर्न ३ करोड ८९ लाख बजेट छुट्टाइएको छ ।

अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकको लागि महानगरभित्र यातायातामा छुटको व्यवस्था मिलाउन तथा पत्रकार सामाजिक सुरक्षाका लागि पत्रकार उपचार कोष सञ्चालनलाई निरन्तरता प्रदान गर्दै कोष सञ्चालनका लागि २०÷२० लाख बजेट विनियोजन गरिएको छ ।

महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन र सञ्चालनमा जोड दिइएको छ भने पोखरा २० मा हाइअल्टिच्युट खेल मैदान निर्माण निरन्तरताको लागि ५० लाख बजेट छुट्टाइएको छ ।

उपप्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिँदै कोरोनाको कारणले रोजगारी गुमेका महिलाको लागि रोजगारी सिर्जना गर्न सो कार्यक्रममा ३ करोड विनियोजित छ ।

पोखरा नेपालकै प्रमुख पर्यटकीयस्थल भए पनि यसतर्फ न्यून बजेट छुट्टाइएको छ । यस क्षेत्रमा मात्र २ करोड ४६ लाख बजेट विनियोजित छ ।

२ वटा भाषाको शव्दकोष र व्याकरण निर्माणका लागि तथा पोखरा साहित्य सम्मेलन गर्न बजेट व्यवस्था गरिएको छ । पोखरा प्रज्ञा प्रतिष्ठानलाई सञ्चालनमा ल्याउन बजेट विनियोजन गरिएको छ ।

सहकारीतर्फ विविध विषयमा ४ करोड बजेट विनियोजन गरिनुका साथै सहकारी बैक स्थापनाका लागि अध्ययन कार्यदल गठन गर्न समेत बजेट छुट्टाइएको छ ।

(Visited 115 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

साताका लोकप्रिय समाचार

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

सशस्त्रमा डीआईजीसहित १०५ उच्च पद रिक्त, बढुवा प्रक्रिया अगाडि बढाउने मुख्यालयको तयारी

काठमाडौं । सशस्त्र प्रहरी बलमा नायव उपरीक्षक (डीएसपी) देखि नायव महानिरीक्षक (डीआईजी) सम्म गरी एक सय पाँच पद रिक्त रहेको छ । डीआईजी दुई,...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा...

इन्टरमिलान सिरि-ए च्याम्पियन

रोम । एघार वर्षपछि इन्टरमिलान इटालियन सिरि-ए च्याम्पियन बनेको छ । हिजो साँझ एट्लान्टाले सासुओलासँग १-१ गोलको बराबरी खेलेपछि इन्टरको उपाधी पक्का भएको हो...

ट्रेन्डिङ

रामकृष्णको नयाँ गीत, लण्डनमा खिचियो

काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत अधर सार्वजनिक भएकोे छ । बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी (दुबसु) को नयाँ गीतमा शिखर...

भोटेकोशीमा बेपत्ता मध्ये दुई जनाको शब भेटियो, १६ अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । १८ जना बेपत्ता भएकोका दुई जनाको शब भेटिएको...

भोलिदेखि एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

काठमाडौं । भोलीदेखि लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधन बन्द हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सम्बोधनमा चैत १० गतेदेखी...

सत्ता समीकरणका खेल

निकै चर्को विवादमाझ नेपाली कांग्रेसले नयाँ सत्ता समीकरणका लागि भेटघाट र बैठक सुरु गर्न थालेको छ । तर, पनि सत्ता समीकरणका लागि भनेर गरिएका...

बागमती प्रदेशका सबै नागरिकले २४ घन्टाभित्र पिसिआर रिपोर्ट पाउने

सिन्धुली । सिन्धुलीमा कोभिड १९ पिसिआर परिक्षण ल्याव सञ्चालनमा आएको छ । ल्यावको उद्घाटन बाग्मति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले गरेका छन ।...

चितवनको रोयल फर्निचर उद्योगमा आगलागी

चितवन । भरतपुर महानगरपालिका–५ नारायणपुरमा जीवन श्रेष्ठले सञ्चालन गरेको रोयल फर्निचर उद्योगमा आगलागी भएको छ । आज बिहान करिब ४ः३० बजे विद्युत् चुहावट हुँदा...

प्रेस युनियन सुनसरीद्धारा ‘फुड बैंक’ अभियान

इटहरी ।  कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस यूनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ ।  नेपाल प्रेस युनियन...

गर्भवती महिलाको उद्धार

बाजुरा (मार्तडी) । बडिमालिका नगरपालिकाले एक जना गर्भवती महिलाको उद्धार गरी जिल्ला बाहिर पठाइएको छ । जिल्ला अस्पताल बाजुरामा उनको उपचार संभव नहुने भएपछि...

साउथ ह्याम्पटनसँग शीर्ष स्थानको एभर्टन पराजित

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा शीर्ष स्थानको एभर्टन पराजित भएको छ । १० खेलाडीमा सीमित एभर्टन साउथ ह्याम्पटनसँग २–० गोल...

अन्तरिम आदेश जारी गर्न आवश्यक छैन : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले नेतृ सरिता गिरीको सांसद पद खारेज हुने गरी उनको पार्टीले गरेको निर्णयमा अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको आदेश गरेको...

द फेसमा २६ जना नयाँ मोडलबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा नयाँ मोडल जन्माउनका लागि मोडलिङ प्रतियोगिता ‘टी एफ द फेस’ आयोजना गरिँदै छ । गत वर्ष नै हुने यो...

दर्ता भएको एक वर्षपछि एमसिसी सम्झौता सदनको कार्यसूची बन्दै

काठमाडौँ । दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता सङ्घीय संसद्को कार्यसूचीमा पर्ने भएको छ । सो सम्झौताबारे...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)