Wednesday, July 8, 2020
Home प्रमुख एनआरएनए युकेको सहयोगमा १ सय ४६ जना नेपाल फर्किए

एनआरएनए युकेको सहयोगमा १ सय ४६ जना नेपाल फर्किए

लन्डन । कोरोना महामारीका कारण बेलायतमा अड्किएका १ सय ४६ जना बुधबार नेपालका लागि उडेका छन् । उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन् । १ सय ४६ जना नेपाली अहिले लन्डनको गेटविक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको एरपोर्टबाटै गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले जानकारी दिइन् ।
उनीहरुको विदाइका लागि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी, नेपाली दुतावासका प्रवक्ता शरदराज आरणलगायतका टोली गेटवीक विमानस्थल पुगेका थिए ।
उनीहरु यूके समय अनुसार अपरान्ह २ बजेर ३० मिनेटमा उड्ने पूर्वतालिका भए पनि सुरक्षा जाँचलगायत कागजी प्रकृया पूरा गर्दा केही ढिला भएको छ । यात्रुहरुको सहयोगका लागि नेपाली दुतावास लन्डनले विमानस्थलमै अस्थायी कन्सुलेट सेवा दिएको थियो । दुतावासले नेपाल जाने यात्रुको लागि आवश्यक भिषा, ट्राभल डकुमेन्टलगायतको सेवा विमानस्थलमै उपलब्ध गराएको छ ।
एनआरएन यूकेले नेपाली दुताबाससँगको सहकार्यमा लामो समयदेखि बेलायतमै अड्किएर बस्न बाध्य मेडिकल डक्टरहरु, पारिवारिक भेटघाटमा आएका अभिभावक तथा आफन्तको मृत्य तथा बिरामीजस्ता कारणले नेपाल जानैपर्ने बाध्यतामा परेकालाई पहिलो प्राथमिकताको राखेर नेपाल पठाइएको नेपाली दुतावास लन्डनले जनाएको छ ।
४ महिनासम्म लकडाउनपछि नेपाल जान पाएका सवै यात्रुहरु दंग परेर विमानस्थल पुगेका थिए । नेपाल उड्ने मध्येकै एक यात्री सुभाष दाहालले स्वास्थ्यको कारण नेपाल जानैपर्ने भएकाले एनआरएन यूकेको पहलमा नेपाल जान पाएकोमा खुसी ब्यक्त गरे ।
उनले एनआरएन यूकेले यसरी अभिभावकको रुपमा रेखदेख, खानपिन र स्वास्थ्य लगायतको सहयोग गरेकोमा प्रशन्नता प्रकट गरे । नेपाल फर्किने यात्रुको व्यवस्थापनको जिम्मा लिएका एनआरएन यूकेका सल्लाहकार तथा क्याट यूकेका अध्यक्ष जीवन सेनले पहिलो फ्लाइट पठाउन सफल भएकोमा एनआरएनए युके र नेपाली दुतावास लण्डनलाई धन्यवाद दिए ।
(Visited 356 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

निकास नहुँदा डुवान : सडक बगायो, धान खेती बगरमा परिणत

सप्तरी, राजविराज । वर्षाका बेला खोलानालामा उर्लेर आउने बाढीले वर्षेनी तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न वडाहरु डुवानमा पर्छन् । बाढीले बस्ती र खेती योग्य जमिनमा ठूलै...

नेपाल एयरलाइन्सका ३ पाइलटसहित ९ उडान कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ...

काठमाडौंमा थप २८ जनालाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य...

रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण र सोसम्बन्धी कार्य स्थगन गर्ने निर्णय गरेको छ । गुठी संस्थान कार्यालय...

भर्खरै

प्रहरी प्रमुखमा विवादरहित बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीको २८औं महानिरीक्षक (आइजिपी) पदमा अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल...

नेकपा संकटमा ‘आइसब्रेक’ !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...

परीक्षण घटाइँदै, जोखिम झन् बढ्दै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो एक सातामा...

महासंघका व्यवसायीबीच चुनावी सरगर्मी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका व्यवसायीबीच अहिले चुनावी सरगर्मी सुरु भएको छ । गत २८ र २९ चैतमा हुनुपर्ने निर्वाचन कोरोना भाइरस महामारीका...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)