ठाकुरबाबाको बजेट ६२ करोड २ लाख

बर्दिया । ठाकुरबाबा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ६२ करोड २ लाख ५२ हजार ९ सय ८८ रुपौँयाको बजेट सार्वजनिक गरेको छ ।

ठाकुरबाबा नगरपालिकाको ७ औँ नगरसभामा नगर उपप्रमुख कृष्ण कुश्मा थारुले ६२ करोड २ लाख ५२ हजार ९ सय ८८ रुपौँयाको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेकी हुन् । यो बजेट चालू अर्थिक वर्ष २०६७÷०७७ को बजेट भन्दा करिव ९ करोड रुपैँयाले कम हो ।

प्रस्तुत अनुमानित बजेट मध्ये नगरपालिकाको आन्तरिक राजश्वबाट ४ करोड १० हजार, संघिय र प्रदेश सरकारबाट गरि सर्शत २५ करोड ३८ लाख ५० हजार, संघिय र प्रदेश सरकार समानिकरणबाट १४ करोड ३३ लाख ४३ हजार रुपैँया स्रोत अनुमान गरिएको छ ।

यसैगरि संघिय राजश्व वाडफाँडबाट ९ करोड २१ लख १७ हजार ९८८ , प्रदेश राजश्वबाट ५४ लाख ३२ हजार रुपैँया प्राप्त हुने स्रोत अनुमान गरिएको छ । बजेटमा नगरपालिकाको आन्तरिक राजश्वबाट ४ करोड १० हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ५० लाख र सडक वोर्डबाट ३० लाख रुपैँयाको स्रोत अनुमान गरिएको छ ।

यसै गरि अगामी आर्थिक वर्ष २०७७ ०७८ को बजेटमा प्रशासनिक खर्च तर्फ ७ करोड २५ लाख खर्च हुने अनुमान गरिएको छ । संघिय सर्शतमा २२ करोड ९० लाख, प्रदेश सर्शतमा २ करोड ४८ लाख ५० हजार खर्च अनुमान गरिएको छ ।

बजेटमा सामाजिक विकासमा ३ करोड १२ लाख २ हजार ९८८, आर्थिक विकासमा ५ करोड ९८ लाख, भौतिक तर्फ १२ करोड ९० लाख रुपैँया अनुमानित खर्च विनियोजन गरिएको छ । यसैगरि वातावरण तथा विपत व्यवस्थापनमा २ करोड ९ लाख र ९ वटा वडा रहेको नगरपालिकाको वडा स्तरिय योजनाका लागि ४ करोड ५० लाख रुपैँया खर्च विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५० लाख र सडक बोर्ड कार्यक्रमका लागि ३० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 306 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा के गर्न पाइदैन ?