दलहरुलाई राष्ट्रपतिको बधाइ 

काठमाडौं ।  नयाँ नक्सा संसदबाट अभूतपूर्व रष्ट्रिय एकताका साथ पारित गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई बधाई दिएकी छन् ।

राष्ट्रपति भण्डारीले बुधबार अपराहन्न संसदमा रहेका प्रमुख दलका शीर्ष नेताहरु सहित पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवास डाकेर एकताबद्ध ढंगले नयाँ नक्सा पारित गराएकोमा बधाई दिएकी हुन् । राष्ट्रपतिको यो बधाइ सन्देशसँगै आगामी दिनमा समेत राष्ट्रिय मुद्धामा दलहरुलाई एकताबद्ध हुन सांकेतिक दबाब परेको छ ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले नयाँ नक्सा पारित गर्ने सन्दर्भमा दलहरुले देखाएको अभूतपूर्व राष्ट्रिय एकता सहित भोलीका दिनमा आइपर्ने राष्ट्रिय मुद्धाका सवालमा समेत एकताबद्ध हुन दलहरुलाई राष्ट्रपतिबाट बधाइ तथा शुभकामना व्यक्त भएको जानकारी दिए ।

‘सीमा अतिक्रमणको विषय, सरकारले नयाँ नक्सा जारी गर्दाका सन्दर्भ, संविधानको निशान छाप बदल्न संविधान संशोधन गर्दा दलहरुका बीचमा देखिएको अभूतपूर्व राष्ट्रिय एकता लगायतका विषयमा राष्ट्रपति ज्यूबाट दलहरुलाई बधाइ व्यक्त भयो,’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले राजधानीसँग भने ।

यसैगरी कोरोना रोकथाम तथा न्युनिकरणका सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार तथा दलहरुका तर्फबाट भएका कामका सन्दर्भमा समेत राष्ट्रपतिले दलहरुलाई धन्यवाद दिएकी छन् । सो क्रममा एकताबद्ध ढंगबाट नै कोरोनाबाट मुलुकलाई मुक्त गर्ने अभियानमा अघि बढ्न राष्ट्रपति भण्डारीले दलहरुलाई आग्रह समेत गरेकी छन् ।

भेटघाटमा सहभागी जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले नयाँ नक्साका सन्दर्भमा संविधान संसोधन गर्दा दलहरु बीच जुटेको राष्ट्रिय एकताका विषयमा राष्ट्रपतिबाट खुसी व्यक्त भएको बताए ।

दलका शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा प्रदुषण बढ्दै गएकोमा समेत चिन्ता व्यक्त गरेकी छन् ।

भेटघाटका क्रममा राष्ट्रपतिले आफ्नो मन्तव्य राखे पनि नेताहरूले भने धारणा राख्ने कार्यक्रम नभएको नेता यादवले जानकारी दिएका हुन् ।

‘राष्ट्रपती ज्यूले सबैलाई धन्यवाद दिन बोलाउनु भएको रहेछ, उहाँले आफ्नो धरणा राख्नु भयो, नेताहरुबाट धारणा राख्ने काम भएन,’ नेता यादवले भने ।

छलफलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोट, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, जनता समाजवादी पार्टीका महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, राप्रपा अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस नेता रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायत उपस्थित थिए ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
फतुवा बिजयपुर नपाका मेयर उम्मेदवार विजय यादवकाे निर्वाचन केन्द्रीत गतिविधि तिब्र