Monday, July 26, 2021
HomeNot-to-be-missedसुशान्तको अन्तिम फिल्म जुलाईमा रिलिज

सुशान्तको अन्तिम फिल्म जुलाईमा रिलिज

,
sharethis

मुम्बई । गत साता आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म अर्को महिना रिलिज हुने भएको छ ।

उनको अन्तिम फिल्म ‘दिल बेचारा’ को रिलिजको तयारीमा आफूहरू जुटेको यसका निर्देशक मुकेश छाबडाले बताएका छन् । केही समययता भारतका ठूला ब्यानरका फिल्मसमेत डिजिटल प्लेटफर्ममा रिलिज हुन थालेकाले यो फिल्मको पनि डिजिटल बजारमार्फत रिलिज गर्न लागिएको हो । यतिबेला सबैले सुशान्तसिंहको नयाँ फिल्म हेर्न चाहेकोले उनको श्रद्धाञ्जलीस्वरूप यो फिल्म रिलिज गर्न लागेको पनि मुकेशले बताएका छन् । यो मुकेशको डेब्यु निर्देशन फिल्म हो ।

यो फिल्मको मुख्य नायिकामा सन्जना सांघीया छिन् । फिल्मलाई आउँदो जुलाई २४ मा रिलिज गरिने निर्देशक मुकेशले बताए । यसका निर्माताले ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्न लागेका हुन् । डिज्नी हटस्टारमा रिलिज हुने ‘दिल बेचारा’ भारतमा निःशुल्क हेर्न पाइने डिज्नीका सञ्चालकको कथन छ । दर्शकहरूले नै दि बेचारका माग गरेका कारण आफूहरूले यो फिल्म केही दिनका लागि निःशुल्क देखाउन लागेको पनि डिज्नीले बताएको छ ।

फिल्म दिल बेचारा गत मे ८ मा प्रदर्शन हुने तय भएको थियो । तर, कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन घोषणा गरेसँगै सिनेमा हल बन्द भयो । जसका कारण फिल्म दिल बेचारा पनि निर्धारित मितिमा रिलिज हुन सकेन ।

(Visited 139 times, 1 visits today)
Loading comments...

आजको समाचार

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

साताका लोकप्रिय समाचार

एउटै भिडियो गीत सम्पादनको एक लाख रुपैयाँसम्म पारिश्रमिक

काठमाडौं । प्राविधिक दुनियाँमा दशकदेखि सक्रिय सुरेशकुमार राउतले चार सयभन्दा बढी म्युजिक भिडियो सम्पादन गरिसके । यसै सातामात्रै उनीद्वारा तीन भिडियो सम्पादन भए ।...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

भारतमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२४ पुग्याे

  भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं...

अध्यादेश मार्फत नियुक्त भएका पदाधिकारीलाई पदमुक्त गर्न माग

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा अध्यादेश जारी गरी संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै...

हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्म

शास्त्र र पुराणका अनुसार ब्रह्मा, इन्द्र, रुद्र, अग्नि, वरुण, कुबेर, सूर्य र सोम आदि देवताहरूले वन्दना गरिने देवताहरूका आराध्यदेव भगवान विष्णु नारायण असार शुक्ल...

ट्रेन्डिङ

सिन्धुपाल्चोकमा रैथाने बिऊ मेला (फोटो फिचर)

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिक–२ भन्ज्याङकी सुन्तली केसी एक पाथी मकै, कोदो जे अनाज भए पनि पिध्नका लागि गाउँभन्दा एक घण्टा टाढा लिसंखुपाखरको वाफलमा रहेको...

भदौ १ गतेदेखि विद्यालय सञ्चालन सम्भावना थोरै

राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको संक्रम बढन थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)