Saturday, July 11, 2020
Home भर्खरै घरमा ताला लगाएर यार्सा टिप्न लेकतीर

घरमा ताला लगाएर यार्सा टिप्न लेकतीर

बझाङ । बझाङ जिल्लामा प्रशासनले यार्सा संकलन गर्न रोक लगाएपनि लुकि छिपी यार्सा संकलन गर्न जानेहरु गाउँ छाड्दैछन् ।

जिल्लाको सुर्मा गाँउपालिका लगायत अन्य स्थानीय तहबाट यार्सा संकलन गर्न जानेक्रम बढेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लाको सुर्मा गाँउपालिकाका अधिकांश युवाहरु सपरिवार यार्सा संकलनका लागि लेकतीर उकालो लागेका छन् । गाउँमा ताला लगाएको घरको संख्या बढदै गएको छ ।

यार्साबाट राम्रो आम्दानी हुने स्थानियको भनाई छ । ३ महिना यार्सा संकलन गरेरपछि बर्ष भरी बालबालिकाको पढाई खर्च, दैनिक उपभोग्य बस्तुहरु समेत खरिद गर्न सकिने भएकाले पनि यहाँका स्थानीय अहिले लेक तिर उकालो लाग्न थालेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद निर्णयले यार्सा संकलनमा रोक लगाएको भएपनि यहाँका स्थानीयको मुख्य आय स्रोतको माध्यम यार्सा भएकाले लुकिछिपी यार्सा संकलन गर्न जाने गरेका छन् । गाँउपालिका, प्रशासन , डिभीनज बन कार्यलय लगायतले समेत यार्सा संकलन नगर्न पटक पटक आग्रह गर्दै आएको छ ।

जिल्लाको सुर्मा गाँउपालिकाका अधिकांश युवाहरु सपरिवार यार्सा संकलनका लागि लेकतीर उकालो लागेका छन् । गाउँमा ताला लगाएको घरको संख्या बढदै गएको छ

यार्सा संकलन नगरे जिल्लाको सुर्मा, साईपाल लगायत अन्य स्थानीय तहहरुमा भोकमरी हुने भएका कारण यहाँका स्थानीय बासिन्दाहरु भागेर लेक तीर लागेको जनप्रतिनीधीहरु स्वीकार्छन् । सुर्मा गाँउपालिकाका अध्यक्ष नर बहादुर बोहराले गाँउपालिका भरी तत्कालका लागी यार्सा संकलन नगर्न भन्दै सबै गाँउ टोलमा माईकिङ समेत गरेको बताए । यार्सा संकलन नगरे कसैको घरमा समेत एक छाक खान धौ धौ हुने अवस्था सृजना हुने भएपछि उनीहरु यार्सा संकलन गर्न गएको उनको भनाई छ । यार्सा संकलन गर्दा सामाजिक दुरी कायम हुने भएकाले कोरोनाको जोखिम कम हुने उनको बुझाई छ ।

यता डिभिजन बन कार्यलय बझाङका कार्यलय प्रमुख कर्ण बहादुर कठायतले भने अहिले यार्सा संकलन गर्ने सिजन नै भएका कारण यहाँका अधिकांस ब्यक्ति यार्सा संकलन गर्न लेक गएका स्वीकार्छन् । यार्सा संकलन खुलाउन सरकारलाई डिभिजन बन कार्यलयले पत्राचार समेत गरेको उनले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले यार्सा संकलन गर्न हिँडेका नौ जनालाई प्रहरी परीचालन गरी पक्राउ गरेर डिभिजन बन कार्यलयमा कार्वाहीका लागी पठाईएको बताउछन् । अहिले पनि जिल्लाबाट प्रहरी परिचालन गरिएको उनको भनाई छ । ‘नियम विपरीत जाने जोकोहीलाई पनि प्रचलित ऐन अनुसार कार्वाही हुन्छ ।’ उनले भने ।

(Visited 33 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)