लन्डन । लिभरपुलले इंग्लिस प्रीमियर लिगको उपाधि जितेको छ । लिगको सात खेल बाँकी छँदै उसले यो उपाधि चुमेको हो । चेल्सीले बिहीबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई हराएसँगै लिभरपुलले ३० वर्षपछि उपाधि चुम्यो । लिभरपुलले यसअघि १९८९÷९० को प्रिमियर लिगको उपाधि जितेको थियो । चेल्सीको म्यानचेस्टर सिटीलाई २–१ ले हराएसँगै लिभरपुलले उपाधि जितेको हो । सिटी दोस्रो स्थानमा थियो । यो लिभरपुलको १९औं इंग्लिस प्रिमियर लिगको उपाधि हो । सर्वाधिक उपाधि जित्ने सूचीमा लिभरपुल दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटीले अहिलेसम्म इंग्लिस प्रिमियर लिगको २० पटक उपाधि जितेको छ ।
लिभरपुलेको यो उपलब्धिको श्रेय म्यानेजर जर्गेन क्लापलाई दिइएको छ । उनको अगुवाइमा लिभरपुल फाइनलमा प्रवेश गरेको थियो । लिभरपुलको जितपछि प्रशंसक उत्साहित भएर कोरोना भाइरसको महामारीविरुद्ध लड्न बनाइएको नियमलाई समेत ध्यान दिएका थिएनन् । समर्थकले भौतिक दूरीको नियम पालना गरेनन् । उनीहरूले लिभरपुलले उपाधि जितेपछि उत्साहित हुँदै खुसियाली मनाए । सात खेल खेल्न बाँकी छँदै लिभरपुलले इंग्लिस प्रियिमर लिगको उपाधिमाथि कब्जा जमाएको हो । यस अघि १९०७-८ मा म्यानचेस्टर युनाइटेडले पाँच खेल बाँकी हुँदा नै उपाधिमाथि कब्जा जमाइसकेको थियो । त्यसैगरी, १९८५-८५ मा इभरटोन र २०००-१ मा म्यानचेस्टर युनाइटडेले पाँच खेलअघि नै उपाधिमाथि कब्जा जमएका थिए । त्यस्तै, सन् २०१७-१८ मा पनि म्यानचेस्टर सिटीले पाँच खेलअघि नै उपाधिमाथि कब्जा जमाएको रेकर्ड छ । तर, सात खेलअघि नै इंग्लिस प्रिमियर लिगको उपाधि चुमेको यो पहिलोपटक हो ।
लिभरपुलले अहिलेसम्म खेलेको ३१ खेलबाट ८६ अंक जोडेको छ । म्यानचेस्टर सिटीले ३१ खेलबाट ६३ अंक जोडेको छ । ऊ दोस्रो स्थानमा छ । दुई टिमबीच २३ अंकको फरक रहेको छ । सिटीले बाँकी सबै खेल जित्दा पनि लिभरपुलले जोडेको अंक छुन सक्दैन । चेल्सीको ५४ अंक छ । चेल्सी अंक तालिकाको तेस्रो स्थानमा छ । लिस्टर सिटी ५३ अंकका साथ चेल्सीको पछि रहेको छ । पाँचांै नम्बरमा म्यानचेस्टर युनाइटेड रहेको छ । युनाइटेडभन्दा सिटीको ५ अंक बढी रहेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण करिब तीन महिना लिग रोकिएर सुरु भएको समयमा लिभरपुलले उपाधि चुमेको हो । अहिले खोली स्टेडियममा स्वास्थ्य सुरक्षा अपनाएर म्याच खेलाइएको छ । यो महामारीका समयमा दर्शकबिनाको स्टेडियममा उसले उपाधि चुमेको हो । लिभरपुलका म्यानेजर जर्गेन क्लापले भने, ‘यो निकै महŒवपूर्ण क्षण हो । म निकै खुसी छु ।’ स्टेमफोर्ड ब्रिजमा जब अन्तिम सिठ्ठी बज्यो तब स्टेडियम बाहिर करिब एक दर्जन दर्शक उभिएका थिए । तर, लिभरपुलले उपाधि चुमेको खबर बाहिरिनेबित्तिकै सयौं समर्थक भेला भए उनीहरूले लाइटिङ गरेर लिभरपुलेका जितमा खुसियाली मनाए ।
बिहीबार राति भएको खेलमा स्टामर्फड ब्रिजमा चेल्सीले पहिलो हाफको ३६औं मिनेटमा अग्रता लिएको थिाये । अमेरिकी विंगर क्रिस्टियन पुलिसिचले चेल्सीका लागि गोल गरेका थिए । दोस्रो हाफको ५५औं मिनेटमा केभिन डे बु्रएनले बराबरी गोल फर्काए । त्यसको केही मिनेटपछि सिटीले अग्रता लिने अवसर गुमाएको थियो । खेलको ७८औं मिनेटमा चेल्सीले विलियमनको गोलमा खेललाई २–१ को अव्रस्थामा पु¥यायो । ट्यामी अब्राहम र फर्नानडीनेबिच डिबक्सभित्र भएको संघर्षमा फर्नान्डीन्होले ह्यान्ड गरे । रेफ्रीले रातो कार्ड दिँदै चेल्सीलाई पेनाल्टीको अवसर दिएका थिए । विलियनले पेनाल्टी गोल गर्दै लिभरपुलको पोल्टोमा उपाधि सुम्पिदिएका थिए । यो नतिजासँगै लिभपुरलले उपाधि चुमेको हो । अहिलेसम्म २४ क्लबले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको देखिन्छ ।
कुन क्लबले कति उपाधि जित्यो
क्लबको नाम उपाधि उपविजेता
म्यानचेस्टर युनाइटेड २० १६
लिभरपुल १९ १४
आर्सनल १३ ९
इभरटोन ९ ७
एस्टन भिल्ला ७ १०
सन्डरल्यान्ड ६ ५
म्यानचेस्टर सिटी ६ ५
चेल्सी ६ ४
न्युक्यास्टल युनाइटेड ४ १