२०२३ को वल्र्ड कप न्युजिल्यान्ड र अस्ट्रेलियामा

ज्युरिक । अस्ट्रेलिया र न्युजिल्यान्डले २०२३ महिला फुटबल विश्वकपको आयोजना गर्ने भएका छन् । फिफा परिषद्मा शुक्रबार यी देशले कोलम्बियालाई २२–१३ को मतले पछाडि पारे । २०२३ महिला फुटबल विश्वकपमा ३२ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसअघि २०१९ मा फ्रान्समा भएको विश्वकपमा भन्दा अब आठ बढी रहेका छन् ।

अस्ट्रेलियाले सात र न्युजिल्यान्डले पाँच सहरमा विश्वकप गर्ने प्रस्ताव रोखको थियो । यसमा २००० सिड्नी ओलम्पिकका लागि प्रयोग गरिएको मुख्य स्टेडियम पनि समावेश गरिएको छ । अघिल्लो वर्ष व्यावसायिक रूपमा सफल भएको फिफा महिला विश्वकपलाई अझ आकर्षक बनाउने तयारी छ । जापानले पनि २०२३ को महिला विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्ने प्रस्ताव पेस गरेको भएपछि ऊ सोमबार नै पछाडि हटेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 547 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता शिक्षाको अभावमा वीरगञ्जमा ५३ प्रतिशत मत बदर