सुर्जा र मनको सारथी गरिवी निवारण

गरिवी निवारणको ऋण लगानी ठाटिकाँध गाउँपालिका वडानं १ का मनबहादुर दम्पत्तीेले पालेका बाख्रा र कुखुरा । तस्वीर : भक्तबहादुर शाही /दैलेख

दैलेख । ठाटिकाँध गाउँपालिका –१ का मनबहादुर विक ११ बर्षदेखि गाउँमा बस्दै आएका छन् । गाउँका अन्य पुरुष रोजागरी लागि मुग्लान कालापहाड जाने गर्छन । तर मनबहादुर विक भने पैसा कमाउन भारत नगएको दशकभन्दा बढी भयो । आर्थिक अवस्था कमजोर भएका विक नाबालकमै विदेश गएका थिए । १५ बर्षकै उमेरमा । उनी विदेशमा कमाउने रकम घरमै बाख्रापालन र कुखुरापालनबाट कमाउन थालेपछि मनबहादुर विकलाई परदेश पराई लाग्न थालेको छ ।

दैलेख जिल्लामा सञ्चालन भएको गरिवी निवारण कार्यक्रमबाट साविकको लकान्द्र गाविसको–८ मा बस्ने विक परिवार २०६४ सालमा मालिका (क) डाँडावन सामुदायिक संस्थाबाट बाख्रा पालन र कुखुरा पालन व्यवसायका लागि ऋण लिए । त्यही ऋणबाट व्यवसाय सञ्चालन राम्रो आम्दानी गरेपछि उनीहरुका लागि विदेश पराई भएको हो । मुग्लान नगईकन विकपरिवार ८ जना परिवार पाल्दै आएका छन् ।

कुखुरा पालन भन्दा बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी भएपछि सुर्जा विकका श्रीमान घरमै बस्न थालेपछि चिट्ठी लेख्नु परेको छैन । श्रीमान भारत भएका बेला श्रीमान्लाई घर आउन देउडा गितबाटै आग्रह गरेको सम्झिन । घरमा छोराछोरी चिट्ठी लेख्ने नहुँदा चिट्ठी लेख्नका लागि गाउँ डुल्नुपर्ने बाध्यता थियो । अब त्यो छैन श्रीमान् घरमै छन् । कसलाई लेख्ने चिट्ठी, उनले भनिन ।

२०६४ सालमा मनबहादुरका दम्पत्तीले डाडाँबन सामुदायिक समुहमा ऋण लिई बाख्रापालन र कुखुरा पालन गरेका रहेछ । व्यवसायबाट तत्कालन फाइदा नहुने भएपछि सुर्जाका श्रीमान मजदुरीका लागि मुग्लान हानिए । श्रीमान् विदेश गएका बेला स्यालले कुखुरा खाइदियो । भारतमा रहेका श्रीमानलाई सुर्जा घर आउन देउडा गीतबाट यसरी आग्रह गरेकी उनले खुलासा गरिन ।

देश बस्ने काम नगर, घर आउर भैगो
माऊ किनी छोड्या काँ थियौं स्यालले माउ लैगो

भारतमा रहेका मनबहादुर घरमा पठाएको चिट्ठी आफन्तलाई पढन लगाएका रहेछ । घर चिट्ठी आउँदा कोही विरामी भएकी भनेर चिट्ठी पढन लगाए । श्रीमतिले घरमा गरिवी निवारण कार्यक्रमबाट ऋण ल्याइ पालेको कुखुरा स्यालले खाएको रैवार देउडा गीतबाट पठाएकी रहेछ मैले पनि घर फर्किनेका हात गीत उत्तर लेखेर पठाई दिए मनबहादुर हाँस्दै भने ।

तँ घर घरिना कसी म माऊ किन्या कसो
कसरी हुल्याकी थियौं कहरी स्याल पस्यो

केही समयपछि विदेशबाट सोही गाउँका मानिस घर फर्केछन् । श्रीमानको ’bout सञ्चो विसञ्चो सोध्न विदेशीबाट फर्किएकाको घरमा पुगिन् । श्रीमानले विदेशबाट पठाएको चिट्ठी ढिन लगाएको खुलासा गरिन् । मैले त श्रीमानले चिटठी पठाउँदा कतै पैसो पानी पठाएको खबर सुनिन छ की भनेर ध्यान दिई सुने । नानाका बाबाले त कहाँ पैसा पठाउनु मेरो गीतको उत्तर पठाएका रहेछन, सुर्जाले भनिन ।

तर सुर्जालाई चिट्ठी लेख्नु नपरेको दशक भन्दा बढी भइसक्यो । बाख्रापालनबाट राम्रो हुन थालेपछि मनबहादुर घरमै राम्रो आम्दानी गरेका छन् । छोराछोरी पढाउन लेखाउन हातमुर्ख जोर्नका लागि साहूँ महाजनको घरमा जानुपरेको छैन । बाख्रापालन व्यवसायबाट नै उनको सबै खर्च टरेको छ ।

बाख्रापालनबाट राम्रो आम्दानी भएकाले आफुले भारत जानु नपरेको मनबहादुरको भनाइ छ । गाउँमा समूह गठन गर्ने मान्छे आयाँ गरिवलाई सहयोग अ-र्या सुनेपछि म समुहको सदस्य भए । समुहमा पैसा जम्मा गर्नु पर्छ भनेर पहिले त नबसौकी लागेको थियो । श्रीमति नमाने पछि समुहमा वस्न बाध्य भए । आज त्यही समुहबाट पाएको ऋण बाख्रापालन गरि छोराछोरीको पढाई लेखाई र घरखर्च चलाउन सजिलो भएको जानकारी दिए । मालिका डाँडाँवन संस्थाबाट १२ हजार ऋण लिई बाख्रापालन कुखुरापालन व्यवसायबाट बार्षिक रुपमा २० हजार कमाउँछन् । बाख्राको मलले खेतवारी र मकैले राम्रो उत्पादन भएकोले अन्न साहुमहाँजनबाट खोजेर ल्याउनु पदैन् विकले थपे ।

छोरा छोरीलाई कापी किताब किन्नको लागी पनि सजिलै भएको छ । ‘पहिले कापी किताव किन्न पैसा नभएकाले १ छोरा मात्र स्कुल जाने गर्थे । अहिले ३ छोरा १ छोरी विद्यालय पढन जाने गरेको सुर्जा विकले बताईन । बुढाबुढीपनि प्रौढ पढेर आफ्नो नाम लेख्न जान्ने भएका छौं उनले भनिन । तत्कालीन जिल्ला विकास समितिको स्थानीय विकास कोषद्धारा गठित साविकको लकान्द्र ८ मा मालिका (क) डाँडावन सामुदायिक संस्थाबाट आयआर्जनको लागी मनबहादुर विकका पतिपत्नीले कुखुरापालन र बाख्रापालन व्यवसाय गरेका थिए ।

उनी मात्र होइनन् तत्कालीन द्वन्द्वको समयमा गाउँ सञ्चार विहिन हुँदा पैसा कमाउन भारत गएका आफन्तलाई घरका मानिसलाई चिट्ठी लेखेरै पठाउने गरेको ठाटिकाँध गाउँपालिका ३ कि मनसरा विकले बताइन । ‘हामीकन लेख्न पढन नआउन्याँ पढन् लेख्न जानेका केटाकेटीलाई चिट्ठी लेख्न लगाई आवश्यक समान पैसा पानी घर आउन्या मान्छेका पठाई दिनु भनेर लेख्नु भन्थ्यौं लेखिदिना थियाँ, उनले भनिन । चिट्ठीमा माया प्रेमका कुरा सिधा भन्न नसकेर देउडागीत लेख्न लगाएको जानकारी दिइन । हामी पढन लेख्न नजान्याँका मान्छे गीत बुझ्ने भएकाले भारत गएकाले देउडा गीत लेखेर घरमा चिट्ठी पठाउने गर्थे, उनले थपिन ।

नेपालमा रोजगारीको अवसर नभएकाले अधिकाँश ग्रामिण भेगका बासिन्दा मजदुरी गरेर पैसा कमाउन भारतको नैनीताल, सिम्ला अल्मोडा अम्ररेली, गुजरात जाने गर्छन् । वर्षको ६ महिना भारतमै बिताइ नानाबालालाई एकसरो कपडा लिएर घर फर्किने गर्छन । तर लकान्द्र – ८ का मनबहादुर विक भने ११ वर्ष यता घरमै बसेर ८ जनाको परिवार पाल्दै आएका छन् । आर्थिक स्तर कमजोर भएकाले सधै भारतलाई कर्मथलो वनाएका विक ०६४ सालदेखि गाउमै बसी बाख्रापालन व्यवसाय तिर लागेका छन् ।

आयआर्जनका लागी साविकको लकान्द्र गाविसमा गठित १९ वटा सामुदायिक संस्थामा झण्डै १ करोड रकम लगानी गरिएको तत्कालीन सामाजिक परिचालक हाल ठाटिकाँध गाउँपालिका वडा नं–१ वडाध्यक्ष नर्तमबहादुर बुढाले बताए । संयोग नै मान्नुपर्छ । तत्कालीन गरिवी निवारणका सामाजिक परिचालक बुढा वडाध्यक्ष छन् भने विक सोही वडाको सडक हेरालु भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कंगोमा डुंगामा आगलागी हुदा मृत्यु हुनेको संख्या १४८ नाघ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं