Thursday, May 6, 2021
Home Exclusive वर्षाका कारण अब सय दिन जोखिम

वर्षाका कारण अब सय दिन जोखिम

,

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनका कारण अब एक सय दिन जोखिमपूर्ण रहेको र यस वर्ष पानी तथा पानीजन्य रोगका कारण झन्डै ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ । वर्षाका कारण हुने बाढी, पहिरो, डुबान, कटान तथा पानीजन्य विभिन्न रोगका कारण झन्डै ३० लाख मानिस यस वर्ष प्रभावित हुने अनुमान प्राधिकरणले गरेको हो ।

यस वर्षको मनसुन गत ३१ जेठबाट नै सुरु भइसकेको छ । मनसुन सुरु भएसँगै अधिकांश स्थानमा असरसमेत देखिन थालेको छ । पानी पर्ने क्रम सुरु भइसकेका कारण जमिनसमेत गलिसकेको र बाढी, पहिरो, डुबान र कटानसँगै मौसमी संक्रामक रोगबाट प्रभावित हुनेहरु समेत बढ्दै गएको प्राधिकरणले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले मनसुन भन्नेबित्तिकै बाढी मात्रै बुझिने गरेको पाइएको तर पहिरोका कारण र पानीजन्य रोगका कारणसमेत जनधनको क्ष्ाित बढी हुने गरेको बताए ।

– ३० लाख मानिस प्रभावित हुने अनुमान
– बाढीभन्दा पहिरोले लिन्छ धेरैको ज्यान

‘मनसुन भनेबित्तिकै बाढीलाई मात्रै जोड्ने गरिन्छ तर बर्सेनि मनसुनकै समयमा पहिरो तथा पानीजन्य संक्रामक रोगका कारण समेत धेरै घर परिवार प्रभावित हुने गरेका छन,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले राजधनीसँग भने ।

उनका अनुसार बाढीका कारण मात्रै यस वर्ष १२ लाख ५० हजार घर परिवार प्रभावित हुन सक्ने अनुमान प्राधिकरणले गरेको छ । यसैगरी, पहिरो तथा पानीजन्य रोग तथा मनसुनकै समयमा हुने डेंगु, मलेरिया तथा सर्पको टोकाइका कारण हुने क्षति गरी यस वर्ष करिब ३० लाख व्यक्ति प्रभावित हुन सक्ने प्राधिकरणको अनुमान छ ।

सरकारले राष्ट्रिय विपद् व्यवस्थापन कोषमा भएको रकमलाई नै विपद् व्यवस्थापनका लगि खर्च गर्ने गरेको छ । स्रोतका अनुसार यस वर्षको हालसम्मको अवधिमा सो कोषमा १ अर्ब ५१ करोड रुपैया रहेको छ । सो रकममध्येबाटै घाइते तथा प्रभावितहरुको उद्धार, राहत तथा उपचारमा रकम खर्च गर्ने गरिएको छ ।

यसबाहेक विभिन्न मन्त्रालयले आआफ्नै क्षेत्रअनुसार बाढी तथा पहिरो रोकथाम तथा संक्रामक रोगको न्यूनीकरणका लागि खर्च गर्ने गरेका छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जोखिम न्यूनीकरणका लागि बाढी पहिरो तथा संक्रामक रोगका लागि अलग अलग कार्ययोजना बनाएर अलग अलग काम गर्नुपर्ने बताए । प्राधिकरणले जोखिम न्यूनीकरणका लागि सरकारी, निजी तथा गैरसरकारी संयन्त्रमार्फत काम गर्दै आएको छ ।

यसैगरी प्रदेशस्तरमा रहेका प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला स्थित विपद् व्यवस्थापन समिति तथा स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिले आआफ्नै तरिकाले जोखिम न्यूनीकरणका लागि काम गर्दै आइरहेका छन् ।

नेपालमा मनसुनजन्य प्रकोपका कारण वार्षिक झन्डै एक हजार मानिसले ज्यान गुमाउने गरेका छन । जल प्रकोपका कारण हुने मृत्युको हिसाबमा नेपाल दक्षिण एसियामा नै सबैभन्दा उच्च जोखिमा समेत पर्छ ।

यस वर्ष भने प्राधिकरणले असर कम गर्न भन्दै असरमा आधारित पूर्वसूचनाप्रणाली सुरु गरेको जनाएको छ । सो प्रणालीमा बढी प्रभावित हुने क्षेत्रलाई तोकेर नै त्यहाँका स्थानीयलाई सचेत रहन आग्रह गरिनेछ । प्राधिकरणले त्यसका लागि स्थानीय स्तरको भाषाअनुसार नै सूचनामूलक सामग्री तयार गरिसकेको छ ।

सूचना प्रणालीको व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडांैले समन्वय गरिरहेको छ ।

यसका अलावा पूर्वतयारी, पूर्वसूचना प्रणालीको व्यवस्थापन, भइपरी आएका घटनाको सामना गर्न आवश्यक बन्दोबस्ती र जनशक्तिको व्यवस्थापन गर्दै क्षतिको न्यूनीकरणमा समेत गृह मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।

(Visited 151 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

साताका लोकप्रिय समाचार

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

पौडेल–यादव लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार साँझ नवनियुक्त...

संक्रमणदर उच्च, डिस्चार्ज अति न्यून

काठमाडौं । दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक...

धमाधम अक्सिजन सुबिधासहितको आईशोलेशन बनाउदै बाँकेका स्थानीय तह

नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको हटस्पट बन्दैगर्दा स्थानीय तहले कोरोना संक्रमितको लागि हाईफ्लो अक्सिजन सुविधा सहितको आइशोलेशन तीब्र रुपले तयार गर्दैछन् । कोरोना भाईरसको...

कोभिड पीडितको सहयोगका लागि युवा संघले १० हजार स्वयंसेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोभिड–१९ बिरुद्धको लडाईमा सिंगो समाज लडिरहेको बेला देशैभरी १० हजार स्वयंसेवक परिचालन गर्ने भएको...

ट्रेन्डिङ

सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका ३ जनाको एकैदिन मृत्यु

सप्तरी । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तीन जनाको एकै दिन मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा सप्तरीको रुपनी गाउँपालिका ५ का ४५...

प्रतिव्यक्ति आम्दानी बढ्यो, आर्थिक वृद्धिदर घट्यो

काठमाडौं । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्यांक विभागले चालू वर्ष आधारभूत मूल्यमा आर्थिक वृद्धि २.२७ प्रतिशत हुने नयाँ संशोधन सार्वजनिक गरेको छ । चालू वर्ष साढे...

२६ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिवको सरुवा गरेको छ । आइतबार सार्वजनिक गरिएको मन्त्रीस्तरीय निर्णयअनुसार धनुषा, मकवानपुर, कास्की, बारा,...

भरतपुर कोरोना अस्पतालकाे बेथिति, शौचालय बनाउन २५ लाख खर्च

चितवन । कोरोनाको संकटमा उपचार व्यवस्थापनका लागि सहज वनाउन भरतपुर महानगरपालिकाले निर्माण गरेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालमा आर्थीक अपारदर्शीता देखिएको छ । ७२ घण्टामा...

लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

काठमाडौँ । भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको...

राखेपका ३३ कर्मचारीद्वारा संघबाट राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ३३ जना कर्मचारीले राष्ट्रिय खेलकुद संघबाट राजीनामा दिएका छन् । नयाँ ऐन गत १७ असारबाट लागू भएसँगै राष्ट्रिय...

लुम्बिनी प्रदेशमा ८८४ बलात्कारका घटना

तुलसीपुर । गएको कार्तिक ७ गते तुलसीपुरकी एक महिला दिनको मध्यान्ह बाह्रबजे आफ्नै घरमा बसीरहेका बेला ५७ बर्षका आफन्तबाटै बालात्कृत भइन् । उनलाई फुपाजु...

सातामा ७ अर्बको सेयर कारोबार

काठमाडौं । सातामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ अर्ब बढीको कारोबार भएको छ । दुई साताअघिसम्म निरन्तर बढेर १ हजार ६३२ को बिन्दु...

पञ्चकन्या माध्यामिक विद्यालयको पाँचौ राष्ट्रिय सम्मेलन

काठमाडौं । भूतपूर्व विद्यार्थी मञ्च श्री पञ्चकन्या माध्यामिक विद्यालय बेलकोटगढी ११ नुवाकोटको पाँचौ राष्ट्रिय सम्मेलनले विष्णुहरि रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति...

जव कलाकारहरुले ‘शब’ बोकेर शहर परिक्रमा गरे (फोटोफिचर)

काठमाडौं । न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार ‘महिला मार्च’ निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला...

सशस्त्रमा डीआईजीहरुको सरुवा तथा पदस्थापन, नम्बर ३ बाहिनीमा ब्रम्हाचार्य, सचिवालयमा श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले चार जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ भने पाँच जनाको पदस्थापन गरेको छ ।...

थप ३७८ जना कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ७३ पुग्यो

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सात हजार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)