शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण

पाल्पा । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना सङक्रमणबाट मुत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार शव व्यवस्थापन गर्ने कार्यमा खटिएका नेपाली सेनाका २ व्यक्ति रहेका छन् । संक्रमण देखिएका ३३ र ३४ वर्षका व्यक्ति हुन् । पन्थीका अनुसार सुरक्षित रुपमा नै शव व्यवस्थापन भैरहेको समयमा ठुलो पानी परिकाले कतै र्‍याल चुहिएको कारण संक्रमण भएको हुनसक्छ । उनीहरुको स्वास्थ्य कार्यालयले स्वाव संकलन गरेर परिक्षणका लागि पठाएको थियो । शव व्यवस्थापन भएदेखि नै उनीहरुलाई आइसोलेशनमा राखिएकोले समुदाय सुरक्षित रहेको हुँदा चिन्ता लिनु नपर्ने सुचना अधिकारी पन्थीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार मुत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरिएको थियो । संक्रमित व्यक्तिको मृत्यु भएपछि २ दिनपछि नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो सँगै जिल्लामा संक्रमितको कुल संख्या ४ सय ४६ पुगेको छ । संक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । आइसोलेशनमा बसेका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमण हुनेको संख्या बढेसङ्गै पाल्पामा आइसोलेशन बेडको अभाव भएको छ । जसका कारण संक्रमण देखिएका ब्यक्तिलाई ब्यवस्थापनमा समस्या देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
नुवाकोटको बेलकोटगढी नगरपालिका –११ मा कांग्रेसको प्यानल नै बिजयी