बारा । भारतको बिहार हुँदै नेपाल पसेको सलह किराको समूह बाराको निजगढ, सिमरा लगायतका स्थानहरुमा देखा परेको छ । यो किरा देखिए सँगै किसानहरुमा त्रास छाएको छ । यसअघि भारतको उत्तर प्रदेशमा देखापरेपछि नेपाल सरकार कृषि मन्त्रालयले बिज्ञहरुको अनुसन्धान टोली गठन गरेको थियो ।
जिल्ला कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सलहकिरा बारामा आएको पुष्टि गर्दै भने ‘यो भन्दा धेरै किरा आयो भने कृषि बालीमा क्षति हुन्छ ।’
पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो ।
यादवका अनुसार सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाद्यान्न बालीमा क्षति पु-याउँछ । नेपालमा यसले पुर्याउन सक्ने क्षति’bout कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 187 times, 1 visits today)






