काठमाडौँ । बितेका २४ घण्टामा विभिन्न जिल्लामा गरी ५५४ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४३४ पुरुष र १२० महिला गरी कूल ५५४ मा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै सङ्क्रमितको सङ्ख्या १२ हजार ३०९ पुगेको छ । तीमध्ये एक हजार ३६९ महिला र १० हजार ९४० पुरुष रहेका छन् । हालसम्म ७७ जिल्लामा नै भाइरस फैलिसकेको छ । त्यस्तै कोरोना निको हुनेको सङ्ख्या दुई हजार ८३४ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)