सुदूरपश्चिममा थप २२८ जनामा कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार थप २२८ जनामा जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं, बीर अस्पताल काठमाडौं, त्रिभुवन शिक्षण अस्पताल काठमाडौं र धनगढीस्थित प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप २२८ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंको दुई अस्पताल र एक प्रयोगशालामा गरी एक सय ९८ जनामा कोरोना पुष्टि भएको हो भने धनगढी स्थित प्रादेशिक अस्पतालमा ३० जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या दुई हजार एक सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५ जना, बैतडीका २४, अछामका १३, डडेल्धुरा र बझाङका ८÷८ र कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका १५ महिला र ३१ पुरुष गरी ४६ जना, बैतडीका ६ महिला र १८ पुरुष गरी २४ जना, कैलालीका दुई महिला र ६ पुरुष गरी ८ जना, डडेल्धुराका दुई महिला र ६ पुरुष गरी ८ जना, बाजुराका एक महिला र तीन पुरुष गरी चार जना, कञ्चनपुरका तीन पुरुष, अछामका एक महिला र १२ पुरुष गरी १३ जना र बझाङका चार पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

उनका अनुसार शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जनामा कोरोना पुष्टि भएको छ भने बीर अस्पतालको प्रयोगशालामा बझाङका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको छ । सोही प्रयोगशालामा डोटीका दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १७ र डोटीका १३ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकामा १४ र कैलालीकै स्थानीय तह नखुलेका दुई र भजनीमा एक जनामा कोरोना पुष्टि भएको बताए । उनका अनुसार डोटीका सात जनाको स्थानीय तह खुलेको छैन् भने शिखर नगरपालिका ६ जनामा कोरोना पुष्टि भएको छ । ३० जना संक्रमित मध्ये १३ जना महिला र १७ जना पुरुष रहेका छन् ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ७४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २५, डोटीमा तीन सय ४१, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बाजुराका दुई सय २१, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीमा बाढीले बगाएर ८ वर्षिय बालिकाको मृत्यु