पहिरोले १ जनाको मृत्यु, एक घाइते

स्याङ्जा । अत्यधिक बर्षाकारण गए राती आएको पहिरोका कारण गल्याङ नगरपालिका ९ साङलियमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पहिरोमा परेर ४९ बर्षिय यमबहादुर विकको मृत्यु भएको हो ।

घाइते फुलमाया विकलाई उपचारका लागि पाल्पा लगिएको वडा अध्यक्ष हरी खनालले जानकारी दिए । घटना घटे लगत्तै गाउलेले उद्घार गरी गल्याङ सामुदायिक हस्पिटल ल्याएका थिए । उपचारका लागि गल्याङ नगर अस्पतालमा ल्याइएको दुवै मध्ये यमबहादुरको मृत्यु भएको थियो ।

यमबहादुरको शवलाई हाल सामुदायिक हस्पिटलमा राखिएको छ भने घाइतेलाई उपचारको लागि पाल्पा पठाइएको वडा अध्यक्ष खनालले जानकारी बताए । घटना स्थलमा प्रहरी जादै गरेको हुँदा थप विवरण आउन बाकी रहेको प्रहरी उपरीक्षक बिमलराज कडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता