Wednesday, September 22, 2021
Your Ads Here
HomeEditor-Picksस्थायी कमिटीमा न्याय खोज्दै उपाध्यक्ष वामदेव गौतम

स्थायी कमिटीमा न्याय खोज्दै उपाध्यक्ष वामदेव गौतम

,
sharethis

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धिलाई लिएर आफूमाथि कारबाही गरिएको भन्दै न्यायका लागि अनुरोध गरेका छन् ।

नेकपा स्थायी कमिटीको जारी बैठकमा शनिबार बोल्दै उपाध्यक्ष गौतमले आफूलाई कारबाही गर्नु गल्ती भएको कुरा पार्टीले भन्नुपर्ने बताए । २९ माघ २०५२ मा महाकाली सन्धि भएको थियो । त्यतिबेला गौतम महाकाली सन्धिको विरोधमा थिए । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललगायतका नेताहरु महाकाली सन्धिको पक्षमा थिए । तर, सिपी मैनाली, आरके मैनाली, गौतमसहितका नेताहरु त्यसको विरोधमा थियो ।

सोही कुरा उल्लेख गर्दै गौतमले पार्टीमा महाकाली नदीको मुहान लिम्पियाधुरा भएको बताउँदै त्यतिबेला महाकाली सन्धिको विरोध गर्दा कारबाही भएकाले पार्टीले अहिले न्याय दिनुपर्ने माग गरेका छन् । महाकाली सन्धिलाई लिएर पार्टी नै विभाजन भएको थियो ।

शारदा बाँध, टनकपुर बाँध, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई एकीकृत रुपमा विकास गर्ने उद्देश्यले महाकाली सन्धि भएको थियो । जसलाई गौतमलगायतका नेताले राष्ट्रघाती सम्झौता भन्दै विरोध गरेका थिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सोह्र श्राद्धको अपराह्नकाल : कुन तिथि कतिखेर गर्ने ?

एमालेमा महाकाली सन्धिलाई लिएर केन्द्रीय कमिटी बैठकमै मतादन भएको थियो । एक मतको अन्तरले महाकाली सन्धि पारित गर्ने पक्षमा एमाले भयो । संसद्बाट सो सन्धि पारित गर्ने पक्षमा पार्टीले ह्विप जारी ग¥यो । तर, गौतम लगायतका नेताहरुले पार्टीको ह्विप उल्लंघन गर्दै मतदान नै नगरेपछि पार्टीले कारबाही गरेको थियो ।

४ असोज २०५३ मा एमालेको समर्थनमा संसद्ले महाकाली सन्धिलाई अनुमोदन गरेपछि पार्टी थप विवाद सुरु भएको थियो । एमालेले गौतममाथि कारबाही गर्ने निर्णय गरेपछि २१ फागुन २०५४ मा पार्टी फुटेको थियो ।

महाकाली सन्धिको विरोध गर्ने नेताहरुले साहना प्रधान अध्यक्ष, गौतम महासचिव हुने गरी नेकपा माले गठन गरे । तर, पछि गौतम सहितका केही नेताहरु पुन एमालेमै फर्किएका थिए ।

गौतमले आफूलाई गरिएको कारबाही सम्बन्धित पार्टीको दस्तावेजमा सच्याउन माग गरेका छन् । पार्टीले त्यतिबेला अन्याय गरे पनि अहिले न्याय दिनेमा गौतम विश्वस्त छन् ।

तपाइको प्रतिक्रिया

(Visited 190 times, 1 visits today)

आजको समाचार

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

साताका लोकप्रिय समाचार

बलात्कार आरोप लगाएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

  तुलसीपुर । दाङमा एक पुरुषलाई बलात्कारको आरोप लगाएर ५० लाखको बार्गेनिक गर्ने ३ जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही १५ बस्ने...

६० हजार रुपैयाँ दिएर श्रीमान्‌काे हत्या, श्रीमती पक्राउ

सिरहा । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको हत्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा पक्राउ परेकी छन् । भारत...

समाजवादीकाे बारा जिल्ला कमिटी घोषणा

  कलैया । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको आज घोषणा भएको छ । कलैयामा आज भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१...

देउवा निकम्मा भए कांग्रेसलाई डुबाए : डा. सुन्दरमणि दिक्षित

  काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको ईतिहासकै निकम्मा प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन् । शनिवार राजधानीमा आयोजित एक...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

ट्रेन्डिङ

तनहुँमा घरको छतबाट खसेर महिलाको मृत्यु

तनहुँ । घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको व्यासनगरपालिका–१ भादगाउँमा डेरा गरी बस्दै आएकी ३० बर्षीय मन्जु भुजेलको छतबाट खसेर...

अलराउन्डर सिकन्दरले ईपीएल खेल्ने

काठमाडौं । जिम्वावेका अलराउन्डर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट खेल्ने भएका छन् । विराटनगरले पहिलो...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)