Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ५ कार दुर्घटनामा परी पत्रकार पाण्डेको निधन

कार दुर्घटनामा परी पत्रकार पाण्डेको निधन

,

बुटवल । सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

बा ७ च ६९५९ नम्बरको कार चलाएर बुटवलबाट आफ्नो निवास ड्राइभरटोल तर्फ जाँदै गर्दा राति करीब ११ बजे सडक छेउको रेलिङमा ठोक्किँदा गम्भीर घाइते भएका न्युज २४ टिभीमा कार्यरत पत्रकार पाण्डेको गए राति करीब १२ः४५ बजे बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पाण्डेको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र कार पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

पत्रकार पाण्डेको शव परीक्षणका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रनाउ पाण्डेले जानकारी दिए । पछिल्लो समय पत्रकारितामा नै व्यस्त पाण्डेले पावरन्युजनेपाल अनलाइन सञ्चालन गर्दै आएका थिए । स्थायी घर स्याङ्जाको बिर्घा रहेका पत्रकार पाण्डेको केही वर्षअघि ‘भंगेरी चरीले मैदानमा लरी लरर’ नामको तीजगीत चर्चित भएको थियो ।

पाण्डेको निधनमा तिलोत्तमा मिडिया क्लबले दुःख व्यक्त गरेको छ । अध्यक्ष लक्ष्मण पौडेलले आज शोक विज्ञप्ति जारी गरी क्लबका सदस्य पाण्डेको सवारी दुर्घटनामा घाइते भई उपचारका क्रममा भएको असामयिक निधनले क्लबलाई मर्माहत तुल्याएको जनाएका छन् ।

(Visited 311 times, 1 visits today)
Loading comments...

आजको समाचार

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

साताका लोकप्रिय समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज संसदीय दलको बैठक...

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई...

४१ जिल्लामा लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गत १६ वैशाखबाट निषेधाज्ञा सुरु गरेकोमा आइतबार...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले कोरोना उपचार खर्च पाउने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरूको उपचार खर्च कोषले नै बेहोर्ने भएको छ । कोरोना...

ट्रेन्डिङ

गाँजा खेती र आयआर्जन

नेपालका किसान र व्यापारीको परम्परागत आम्दानीको स्रोत हुँदै आएको भाङ, गाँजा, चरेस खेती पछिल्लो चरणमा प्रतिबन्धित भयो । तत्कालीन अवस्थामा करोडौं करोडको व्यापार कारोबार...

अभिनेत्री वर्षाले छाडिन् चलचित्र सुदूर

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले नयाँ चलचित्र सुदूर छाडेकी छन् । एक वर्षअघि अनुबन्धित भएको चलचित्र सुदूर छाडेकी हुन् । गत वर्ष चलचित्र रानी...

थप ४२१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमा ६४ महिला र ३५७...

नारायणी अस्पतालमा पिसिआर परीक्षण नै ठप्प

वीरगन्ज । कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको प्रदेश २ को नारायणी अस्पतालमा चार दिनदेखि पिसिआर परीक्षण कार्य प्रभावित भएको छ । थ्रोट स्वाव परिक्षणका...

सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा ९ जनाको शब भेटियो, २३ वेपत्ता (सूचीसहित)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बारबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरोमा पुरिएका मध्ये नौ जनाको शब भेटिको छ । हिरामाया नेवार, जुनु विक, याक्सि तामाङ, सुभलाल तामाङ,...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या चार हजार नाघ्यो

काठमाडौं । नेपालमा थप ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशका...

प्रकोप व्यवस्थापन र सुरक्षा

सामान्यतया प्रकृतिमा आउने विनासकारी हलचल, रोग, महामारीलाई प्रकोप भनिन्छ । प्राकृतिक प्रकोप पनि विभिन्न प्रकारका हुन्छन् जस्तो आँधीबेहरी, बाढी पहिरो, भूकम्प, रोग र महामारी...

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चौदण्डीगढी नगरपालिका-७ बस्ने ४७ वर्षीय कुल बहादुर बिष्टलाई बिहीबार दिउँसो...

महासचिव नेत्रविक्रम चन्द नवलपुरबाट काठमाडौं प्रस्थान

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज शुक्रबार बिहान...

प्रचण्ड-नेपाल समूहद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको संसदीय दलको हिजो बसेको बैठकमा...

यसवर्ष मनसुन एक साता ढिलो भित्रिने

काठमाडौँ । यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ । दक्षिण भारतको केरला हुँदै मनसुन प्रवेश गर्दछ । केरलामा मनसुन भित्रिने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)