निजामती सेवा ऐनको प्रावधान विरुद्ध देशभरका नायब सुब्बाहरु आन्दोलनमा

काठमाडौं । निजामती सेवा सञ्चालनका लागि सङ्घीय निजामती सेवा ऐन निर्माणको लागि सरकारले संसदमा पेश गरेको विधेयकको मस्यौदाप्रति निजामती सेवाका राजपत्र अनंकित कर्मचारीहरुले आपत्ति जनाएका छन् । ‘संसदमा छफलका लागि पेश गरिएको भनिएको सो विधेयकको मस्यौदाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ निजामती सेवामा नासु बचाउ अभियान तथा निजामती सेवाका राजपत्र अनंकित कर्मचारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने सबैभन्दा ठूलो संख्यामा रहेका राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीहरुको भावनाविपरीत हामीहरूले पु-याएको योगदानको योगदानको अवमूल्यन गरिएको छ ।

त्यही अवस्थामै सो विधेयक पारित भएमा राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीहरुको वृत्ति विकासमा गम्भीर असर पर्ने भएकोले सो विधेयकमा सुधार गर्न कर्मचारीले आग्रह गरेका छन् । माग सम्बोधन सम्बोधन नभएमा  सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने विज्ञप्तीमा उल्लेख छ

निजामति कर्मचारीको मनोबल कमजोर बनाउने गरी विद्यमान निजामती सेवा ऐन, २०४९ भन्दा पछि हटेर सो ऐनमा भएका व्यवस्थासमेत हटाउँदै प्रस्तावित बिधेयकमा राखिएका कतिपय प्रावधान अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप र आपत्तिजनक रहेको विज्ञप्तीमा उल्लेख छ ।

त्यही अवस्थामै सो विधेयक पारित भएमा राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीहरुको वृत्ति विकासमा गम्भीर असर पर्ने भएकोले सो विधेयकमा सुधार गर्न कर्मचारीले आग्रह गरेका छन् । माग सम्बोधन सम्बोधन नभएमा  सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती मार्फत रा.प. तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धा को व्यवस्था हुनुपर्ने, तर कुनै पनि साविकको पदबाट अधिकतम १२ बर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने माग कर्मचारीको रहेको छ । त्यस्तै निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परिक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, २०४९ को व्यवस्था कायम हुनुपर्ने माग गरेका छन् ।

रा.प. प्रथम र रा.प. द्वितीय श्रेणीको खुल्लामा प्रतिस्पर्धा गर्न सम्बन्धित पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ वर्ष काम गरेको भए योग्य हुन पाउनुपर्ने र शाखा अधिकृत तहको बढुवाको उमेद्वार हुन अनिवार्य स्नातक पास हुनुपर्ने पनि उल्लेख छ । सबै सेवा र समूहका कर्मचारीहरुलाई सम्बधित सेवा र समूहमा नै बढुवालगायतका वृत्ति विकासको व्यवस्था गर्नुपर्ने अर्को सेवा र समूहलाई प्रभाव पर्ने गरी सेवा र समूह परिवर्तन गर्न नपाउने व्यवस्था मिलाउनु पर्ने माग रहेको छ ।

सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था हुनुपर्ने र सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य हुनुपर्ने कर्मचारीको माग रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 700 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा गठबन्धनका उम्मेदवार जीत नजिक