सुनिन छाड्यो असारे भाका

इलाम । झिमिमा झिमि पानी है पर्यो असार मासैमा
हिनेको हामी धानहै रोप्न बेसीको फाटैमा….

मानु खाएर मुरी उब्जाउने समय असार । त्यसमा पनि असार १५ किसानको चाड नै मानिन्छ । असार १५ मा दहि चिउरा खाने र दिनभर रोपाई गर्ने चलन छ ।

अहिले नेपालका सबै भूभागका किसानलाई धान रोपाइँको चटारो छ । असार १५ मा दहि च्युरा खानमा चासो दिने पनि घटेका छन् । युवा पुस्ता न असारे भाका गाउँछन् न त दहि चिउराको महत्वनै बुझेका छन्।

खेतका गरा, खोलानाला र खहरेबाट झरेको पानीको आवाजसँगै असारे भाका गुन्जिँदा सुनिरहूँ जस्तो लाग्छ तर नयाँ पुस्ताका लागि असारे भाका इतिहास बनेको छ

झिमि झिमि पानी, रोपाइँका बाउसे र रोपार एक–अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख–कष्ट र थकाइ बिर्सन खोज्छन् । तर, इलाममा यस्ता गीत कतै सुन्न पाईदैन ।

खेतका गरा, खोलानाला र खहरेबाट झरेको पानीको आवाजसँगै असारे भाका गुन्जिँदा सुनिरहूँ जस्तो लाग्छ तर नयाँ पुस्ताका लागि असारे भाका इतिहास बनेको छ । खेतीपातीमा आधुनिक पद्धतिको विकास र विदेशी संस्कृतिको प्रभावसँगै नयाँ पुस्ताका लागि असारे भाका पनि बिरानो बन्दै गएको बूढापाका बताउँछन् ।

पहिले रोपाई हुँदा कसकोमा रोपाई छ भन्ने आवाज बाटै थाहा हुन्थ्यो । रोपाईको दिन असारे भाकामा गाउँदै रोपाई गर्ने चलन थियो । तर अहिले असारे भाका कतै सुनिदैन । असारमा दिन भर काम गर्नुपर्ने र थकाईको महशुस नहोस भनेर असारे भाकामा गीत गाउँने चलन रहेको फाकफोकथुम गाउँपालिका ३ कि आईतमाया लिम्बु बताउछिन । ‘अहिले त रोपाई भएको हो कि होईन थाहा पाउनै छोडिसक्यो सुनसान हुन्छ कसैले गाएकै सुनिदैन ।’ उनले भनिन् ।

उहिले रोपाइँमा खेतालाले चोयाबाट बनाएको घुम, जुटको बोरा ओडेर असारे गीत गाउँदै रोपाइँ गर्थे तर अहिले ती दिन एकादेशको कथा बन्दै गएको जानकार बताउछन । पहिले रोपाइँमा असारे गीतको भाकाबिना रोपाइँ भएको पाइँदैनथ्यो तर अहिले रोपाइँमा असारे गीत गुन्जिन छाडेको उनले गुनासो गरिन् ।

संस्कृति बचाऔं

प्रत्येक वर्ष धान दिवसको अवसरमा इलाममा पनि रोपाइँ महोत्सव गर्ने गरिन्थ्यो, तर यस वर्ष कोरोना संक्रमणका कारण धान दिवस नहुने भएको छ । इलाम नगरपालिकाका प्रवक्ता ठाकुर नारायण श्रेष्ठ युवापुस्ताको दृष्टि असारे भाकामा पर्नुपर्ने धारणा राख्छन् । आधुनिक उपकरणबाट खेती गर्ने चलन बढेसंगै असारे भाका हराएको उनको बुझाई छ । ग्रमिण समुदायमा अझै आधुनिक उपकरणको पहँुच नभएकाले कता कती असारे भाका सुनिन्छ ।

१५ प्रतिसत मात्र रोपाई

इलाममा असार १५ सम्ममा १५ प्रतिसत मात्र रोपाई भएको छ । जिल्लाको इलामनगरपालिका सन्दकपुर,माईजोगमाई,माङ्सेबुङ गाउँपालिकामा १५ प्रतिसत रोपाई भएको र अन्य पालिकामा शुरुहुन लागेको कृर्षि ज्ञानकेन्द्र इलामले जनाएको छ । नेपालले १५ असारलाई २०६२ देखि धान दिवस मनाउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 475 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)