Saturday, April 17, 2021
Home राजनीति ‘गुठीका जग्गा संरक्षणका लागि सरकार लागि परेको छ’

‘गुठीका जग्गा संरक्षणका लागि सरकार लागि परेको छ’

,

काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गाहरु संरक्षण गर्नका निम्ती सरकार लागिरहेको बताएकी छिन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको मस्यौदा अध्ययन प्रतिवेदनमाथी आज आइतबार समितिले गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो धारणा राखेकी हुन् ।

गुठीका जग्गाहरु राज्यले पनि नियन्त्रण गर्न नसकिरहेको भन्दै मन्त्री अर्यालले आफु मन्त्रालयमा आइसकेपछि संरक्षणका निम्ती लागिरहेको बताइन् । गुठी संरक्षण गर्नका निम्ती नै सरकारले गुठी विधेयक ल्याइएको कुरा दोहोर्यांउदै त्यो अहिले फिर्ता गएपनि पुनः ल्याउने तयारीमा सरकार रहेको बताइन् ।

गुठीमा राज्यले सिधै हस्तक्षेप गरेर प्रयोग गर्न पाउने खालको व्यवस्था पनि नभएको भन्दै उनले गुठी फरक प्रकृतिको मौलिक विषय भएकाले यसलाई फरक ढंगले नै व्यवस्थित गर्नुपर्ने बताइन् । ‘अरु सरकारी, सार्वजनिक जग्गामा जस्तो गुठीमा राज्यले सिधै हस्तक्षेप गर्न सक्दैन ।’ उनले भनिन् ।

मुलुकभरकै गुठीका जग्गाहरु असुरक्षित भएको भन्दै मन्त्री पद्मा अर्यालले अतिक्रमण भएका जग्गाहरु फिर्ता ल्याउन सरकार लागिरहेको बताइन्

पुर्खाहरुले परोपरकारी भावनाका साथ गुठीमा जग्गा दान गरेको भन्दै उनले पुर्खाले गरेको दान अहिले विभिन्न व्यक्तिहरुले खोस्ने, अतिक्रमण गर्ने, आफ्नो बनाउने काम भइरहेको बताइन् । ’जुन मनसाय, परोपकारी भावनाका साथ धार्मिक उद्देश्यले पुर्खाहरुले दान गरे । त्यसको संरक्षण गर्ने काममा लाग्नुपर्छ भनेर हामी लागीपरेका छौ’, मन्त्री अर्यालले भनिन् । सरकारी, सार्वजनिक, गुठीको जग्गा संरक्षण गर्नका निम्ती मन्त्रालयले जाँचबुझ आयोग बनाएर अहिले काम भइरहेको उनको भनाई थियो ।

मुलुकभरकै गुठीका जग्गाहरु असुरक्षित भएको भन्दै उनले अतिक्रमण भएका जग्गाहरु फिर्ता ल्याउन सरकार लागिरहेको बताइन् । गुठीका जग्गासँग जोडिएका मोहिहरुको हक स्थापित गर्नुपर्ने भन्दै मन्त्री अर्यालले मर्कामा परेका किसानहरुलाई न्याय दिनुपर्ने ठूलो जिम्मेवारी रहेको बताइन् । ‘धर्म संस्कृतिको रक्षा गर्ने, गुठीको जग्गाको संरक्षण गर्ने र गुठीका जग्गासँग जोडिएका किसानहरुको हकलाई स्थापित गर्ने कुरालाई व्यवस्थित गर्ने कुरा छ’, मन्त्री अर्यालले भनिन् ‘यी तिनवटै कुरालाई व्यवस्थित गर्ने कार्ययोजना सहित हामीले गुठी विधेयक ल्याएका थियौं । तर त्यो फिर्ता ल्याउनुपर्यो ।’

यी सबै कुरालाई सम्बोधन गर्ने कानुन ल्याउन नसक्दासम्म समस्याको समाधान नहुने मन्त्री अर्यालले बताउनुभयो । समस्या समाधान गर्ने भनेको विधि विधानबाटै भएको भन्दै उहाँले यही कुराको शुरुआत मन्त्रालयले गरेको बताउनुभयो । ’गुठी विधेयक रोकिएको यहाँहरुलाई थाहै छ । तर हामी पुनः ल्याउछौ’, मन्त्री अर्यालले भन्नुभयो, ’मन्त्रालय एकीकृत भूमि ऐन ल्याउन समिति बनाएर काम अगाडी बढाएको छ । त्यसमा यो भूमि ऐन पनि समावेश छ ।’

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

साताका लोकप्रिय समाचार

कोभिडको दोस्रो लहर र विद्यालय सञ्चालन

बीई चौथो वर्षको परीक्षा चलिरहँदा ८० विद्यार्थीमा संक्रमण देखिएपछि पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पठनपाठन अनिश्चितकालीन अवरुद्ध भयो । शंकास्पद लक्षण देखिएपछि बाग्लुङ बजारको एक...

बिरामीको मृत्युपछि अस्पतालमा नारावाजी

सिरहा । अस्पतालको लापरवाहीले आफन्तको मृत्यु भएको भन्दै स्थानीयले लहानस्थित सप्तऋषि अस्पतालमा नारावाजी गरिरहेका छन् । प्रदेश नं. २ को स्वास्थ्य मन्त्रीको राजिनामा, घटनाका दोषीलाई...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

आजबाट आयल निगम ईआरपी प्रणालीमा

काठमाडौँ । आजबाट नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली जाने भएको छ । पेट्रोलियम पदार्थको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित र सुधार...

१४ जिल्ला कोरोना अति प्रभावित सूचीमा

काठमाडौं । कोरोना संक्रमण देशभर तीव्र रूपमा फैलिएपछि सरकारले १४ जिल्लालाई ‘कोरोना अति प्रभावित’ भनी वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

ट्रेन्डिङ

नेकपा केन्द्रीय कमिटी बैठक र यसको सन्देश

प्रेमलकुमार खनाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता पछि झन्डै २१ महिनासम्म बैठक बस्न सकेको थिएन । यसले गर्दा सिंगो पार्टी पंक्तिमा...

काभ्रेका सबै नाका बन्द, आवतजावतमा पूर्णरूपमा रोक

काभ्रे । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ । काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली,...

कोरोना कहरमा ‘पलाँती कान्छा’ को कोसेली यात्रा

वीरेन्द्रनगर । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम (पलाँती कान्छा) सुर्खेत लाटी कोइलीको पलाँती बस्तीमा पुग्ने तयारी गरे । कोरोनाको कहरमा पलाँताका अनुहारहरु...

रोमान्टिक गीत हेरन

काठमाडौं । ओमकृष्ण श्रेष्ठको स्वरमा रोमान्टिक गीत हेरन सार्वजनिक भएको छ । जहाँ दिपक आरजेको शब्द संगीत सुन्न सकिन्छ। अस्ट्रेलियामा बसेर पनि निरन्तर गीत...

कोशी पीडितको क्रन्दन, काठमाडौले सुनेन फेरि आन्दोलन

सप्तरी, राजविराज । ६ महिना अघि अनिश्चितकालिन रिले अनसन वसेर चाडपर्वको कारण देखाई आन्दोलन स्थगित गरेका कोशी पिडीतहरु फेरी आन्दोलित भएका छन् । उनीहरुले...

‘कोराना संक्रमणमुक्त भएकासंग दोस्ती कायम गरौं’

काठमाडौं । कोरोना भाइरस संक्रमणमुक्त भएकाहरुलाई अपमान होईन सम्मानपूर्वक व्यवहार गर्नुपर्ने विज्ञहरुले बताएका छन् । संक्रमणमुक्त भएकालाई अंकमाल गर्दा केहि फरक नपर्ने विज्ञहरुको भनाई...

महाधिवेशन सार्न कांग्रेस नेताहरू सहमत

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीको १४औं महाधिवेशन जेठ वा भदौमा सार्न सहमत भएका छन् । केही दिनदेखि नियमित रूपमा बस्दै आएको पदाधिकारीसहित शीर्ष...

आदेश उल्लङ्घन गर्ने ६०० लाई ‘होल्ड’

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले ‘होल्ड’ गरेर...

इलाममा अरनिको शालिक अनावरण

इलाम । इलाममा प्रसिद्घ कलाकार तथा नेपालका राष्ट्रिय विभूति अरनिको शालिक अनावरण गरिएको छ । इलाम नगरपालिका ७ मा रहेको अरनिको संग्रलायको प्रङ्गणमा निर्माण...

किन बनेन लगानीको वातावरण ?

नेपालको कुल ग्रार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत छ । जनआन्दोलन–१ पछिको प्रारम्भिक वर्षहरूमा यो करिब १५ प्रतिशतको हाराहारीमा थियो । हाल नेपालमा...

उपत्यकामा २०० सहित थप ७०७ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौ । उपत्यकामा २०० सहित आज देशभरमा ७०७ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १७४, ललितपुरमा १८ र...

ओली समूहको बैठकमा थापाले भने, ‘क्रान्तिकारी परिवर्तनका लागि प्रतिनिधिसभा विघटन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका छन् । पार्टी विभाजनपछि तीन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)