Saturday, July 11, 2020
Home बिचार प्रशासन र प्राविधिक सेवाबीच द्वन्द्व

प्रशासन र प्राविधिक सेवाबीच द्वन्द्व

अहिले प्रशासन सेवामा संसद् सेवा, शिक्षा सेवालगायतका अन्य केही सेवा गाभ्नेगरी भइराखेको तयारीले निजामती सेवामा तरंग ल्याएको छ । यसका पक्ष र विपक्षमा बलिया तर्क अघि सार्दै दुई खेमामा विभक्त भएका राष्ट्रसेवक आन्दोलनसम्म गर्न पछिपरेका छैनन् । यो प्रशासन वा सामान्य सेवाका कर्मचारी र आफ्नो विशेष ज्ञान भएका प्राविधिक कर्मचारीको विवादका सम्बन्धमा सार्वजनिक प्रशासनका विद्वान्ले आआफ्नै प्रकारले योगदान गर्दै आएका छन् । स्पेसियलिस्ट र जनरलिस्टबीचको विवाद धेरै पुरानो हो र यी दुवैको द्वन्द्व नीति निर्माण गर्ने निर्णय लिने र नेतृत्व तहमा कुन समूहलाई स्थापित गर्नेबारे भएको हो । प्रायः सबै देशमा व्यवस्थापकीय जिम्मेवारी जनरलिस्टलाई नै प्रदान गरी स्पेसियलिस्टमा रहेको विशेष दक्षता उनीहरूका क्षेत्रमा प्रयोग गर्दै नीति निर्माण र निर्णय तहमा रहेका जनरलिस्टलाई आफ्नो क्षेत्रबारे परामर्श उपलब्ध गराउने सन्दर्भमा सीमित गरिएको छ । सरकारी संयन्त्रले निर्णय गर्दा र नीति निर्माण गर्दा विशेषज्ञको गहिराइमा रहेको उनीहरूको विशेष क्षेत्रको ज्ञानको सदुपयोग र प्रशासकको अनुभव, सीप र बृहत्तर क्षेत्रको ज्ञानलाई मिलाएर पूर्णता प्राप्त गराउने सोचका साथ निजामती प्रशासन अघि बढेको छ ।

यसबारे विभिन्न देशले प्रयोग गरिराखेका अभ्यासको अध्ययन र उल्लेख गर्नु सान्दर्भिक हुनेछ । ब्रिटिस प्रणालीबाट प्रभावित भएको भारतमा लामो समयदेखि भारतीय प्रशासन सेवामा कार्य गर्नेकै नेतृत्व तहमा पक्कड छ, यहाँको प्रशासन सेवा अत्यन्त सम्मानित मानिन्छ । सबै क्षेत्रको ज्ञान हासिल गरेका प्रशासन र व्यवस्थापनविद् भनेका जनरलिस्ट नै भएकाले उनलाई नै नेतृत्व तहमा पु¥याउनु आवश्यक र उत्पादक हुने सोचमा भारत दृढ छ । प्रशासकलाई विकासका संवाहक र दीर्घकालीन लक्ष्यकासाथ अघि बढ्ने शक्तिका रूपमा त्यहाँ स्वीकार गरिएको छ । योजना, विकास र व्यवस्थापन विज्ञ भनेकै जनरलिस्ट हुन् भन्ने उनको मान्यता छ । विभिन्न विभागका प्रविधिगत विषयमा पनि सामान्य परामर्श दिने हैसियतमा यिनीहरू रहेका हुन्छन् । ब्रिटेनमा प्रशासनिक वर्ग कायम भएको छ । यो वर्गले त्यहाँको निजामती सेवामा निर्णायक भूमिका प्रदान गर्दछ र प्रभावकारी सिद्ध भएको छ ।

संयुक्त राज्य अमेरिकामा यस्तो कुनै नाम दिइएको छैन । तर आर्थिक, जनकल्यानकारी र व्यवस्थापकीय कार्य जनरलिस्टले नै सम्पादन गरिआएका छन् । प्राविधिक सेवाका कर्मचारीले आफ्नो क्षेत्रमा गहिरो ज्ञान हासिल गरेका हुन्छन् तर त्यो विज्ञता र ज्ञान अप्राविधिकजस्तो सबै क्षेत्रमा हुन सक्दैन । उनमा अल्प विषयको बृहत् ज्ञान हुन्छ, हरेक विषयलाई आफ्नो क्षेत्रको सीमित ज्ञानको आधारमा केन्द्रित भएर हेर्ने गर्दछन् । समस्याको बहुआयामिक पक्ष, यसका स्रोत र कारणमा प्रवेश गरी विश्लेषण गर्ने क्षमता उनमा हुँदैन । विशेष प्रकारका प्राविधिक प्रकृतिका कार्य प्रशासनतर्फकाले पनि सम्पादन गरिराखेका हुन्छन् । निर्णय लिन सक्ने एकल क्षमता प्रशासकमा हुन्छ । यथासमयमा उपयुक्त निर्णय लिन सक्दछन् । चुनौतीको सामाना गर्न सक्ने क्षमता राख्दछन् । संकटको समयमा सहिष्णुता प्रदर्शन गरी समस्यालाई न्यूनीकरण गर्ने गुण प्रशासकमा रहन्छ ।

सम्बन्धित पक्षसँग समन्वय कायम गर्ने महत्वपूर्ण भूमिकामा प्रशासक नै रहेका हुन्छन्

विश्वभरका कर्मचारी संयन्त्रमा संगठनको गन्तव्यसम्म पुग्ने यात्राको नेतृत्व प्रशासकले नै लिई सफलतापूर्वक सम्पन्न गरेका उदाहरण प्रशस्त छन् । मध्यस्थता गर्ने, सबै सम्बन्धित पक्षसँग समन्वय कायम गर्ने महŒवपूर्ण भूमिकामा प्रशासक नै रहेका हुन्छन् । देशका विकट क्षेत्रमा सेवारत रही ती क्षेत्रलाई केन्द्रसँग जोडने सम्पर्क सूत्रका रूपमा रहेका प्रशासन सेवाका कर्मचारी क्रमशः जिल्ला, प्रान्त र राजधानीमा कार्यरत रही समग्र देशको महŒवपूर्ण अनुभव हासिल गर्न सफल भएका हुन्छन् । देशमा समयसमयमा भएका ठूलाठूला आन्दोलनको सामना गर्न र समझदारी कायम गर्न प्रशासक बेलाबखत अब्बल देखिएका छन् । तल्लो स्तरको निकायमा कार्य गरेको अनुभवका आधारमा प्राविधिक प्रशासनलाई आफ्नो विज्ञ सल्लाह प्रदान गर्दछन् । प्रशासक आफ्नो बृहत्तर ज्ञानको उपयोग गर्दै राष्ट्रिय हितका लागि दीर्घकालीन सोचका साथ ढाँचा तयार पार्दै राष्ट्रलाई गति दिने गर्दछन् । कुनै पनि विभाग वा मन्त्रालयमा थुप्रै प्रकारका प्राविधिक प्रकृतिका कार्य सम्पादन गर्नुपर्ने हुन्छ । कुनै एक प्राविधिक कर्मचारीले कुनै एक क्षत्रको मात्र ज्ञान राख्दछन् ।

जनकल्याणकरी, सहभागितामूलक र जनताकै इच्छा र चाहनाअनुरूप कार्य गर्ने संघीय संरचनालाई कुशलतापूर्वक सञ्चालन गर्न सक्ने गतिशील सेवा भनेको प्रसासन हो । देशको कुनै भूभागको कार्यभार सम्हाल्ने भूमिकामा प्रशासक रहन्छन् भने प्राविधिक त्यस भूभागको कुनै एक विषयमा सीमित हुन्छन् । प्राविधिकको तुलनामा प्रशासक राजनीतिज्ञसँग समझदारी गरेर अघि बढ्न सक्षम हुन्छन् । समग्र जनशक्ति व्यवस्थापनको पक्ष प्रशासनकै जिम्मेवारीमा पर्दछ । त्यसैले, प्रसिद्ध व्यवस्थापनविद् आरजीएस ब्राउन भन्दछन्, ‘प्राविधिकले फ्याक्ट्रीको निर्माण कुशलतापूर्वक गर्दछन् तर त्यसलाई कुशलताका साथ कार्यात्मक अवस्थामा पु¥याउने क्षमता अरूमा हुँदैन र यस स्थितिमा प्रसाशक नै कामयाबी हुन्छन् ।’

प्रायः विश्वभर नै प्राविधिक र प्रशासन सेवाबीच नेतृत्वमा पुग्ने विषयले अस्वस्थ प्रतिस्पर्धा भइरहँदा यो समस्याको समाधान गर्ने सम्बन्धमा फ्रान्स गृहकार्यमा लागेको अवस्था छ । प्राविधिकलाई नीति निर्माण तहमा पु¥याउँदा यी वर्गको योगदानबाट समग्र संयन्त्र लाभान्वित हुनुपर्दछ भन्ने सोच फ्रान्सले राखेको छ । जनरलिस्टलाई विशेषज्ञ ज्ञान दिलाई स्पेसियलिस्टलाई सामान्य ग्यानद्वारा कामयावी बनाउन सकिन्छ कि भन्ने सोचका साथ काम भइराखेको छ । यसप्रकार दुवै समूहलाई दुवै प्रकारका ज्ञान र सीप आादिलाई वृत्ति शृंखलामा न्यायोचित हिसाबले अवसर प्रदान गर्ने सम्भावनाबारे अध्ययन भइराखेको छ ।

समग्र निजामती संरचनामा परिवर्तन गरेर विशेषज्ञ भएकालाई नीति निर्माण तहमा पु¥याउने सोच यस देशको रहेको छ । सेवा प्रारम्भ गर्दाकै समयदेखि युवालाई दुवै क्षेत्रको ज्ञान दिलाउनुपर्ने, प्रशासकलाई सेवा प्रवेशको केही वर्ष बृहत्तर ज्ञान र अनुभव प्रदान गर्दै कुनै एक विभागको विषयमा गहिरो अध्ययन गराउँदै अभ्यास दिलाएर कुशल नीति निर्माता बनाउनुपर्दछ । आर्थिक मामिला, विकास निर्माण र नियमित रूपमा काम गर्ने विभागमा वर्गीकरण गरी सोहीअनुरूप जनशक्तिको प्रारूप तयार पार्ने काममा जुटेको अवस्था छ । यसप्रकार प्राविधिकलाई नेतृत्व तहभन्दा एक तहमुनिको स्तरमा कायम गर्नु जरुरी हुन्छ । फ्रान्सले पनि स्पेसियलिस्टलाई नेतृत्व तहमा पु-याउने सोच नराखी नीति निर्माण तहसम्ममा सीमित गरिराखेको छ ।

नेपालमा निजामती सेवामा लामो समयदेखि नेतृत्व तहमा प्रशासन सेवाकालाई जिम्मेवारी दिँदै आएको अवस्था छ । २०४६ सालपश्चात् प्राविधिकलाई पनि नीति निर्माण र निर्णय लिने तहमा पु¥याउने गर्दै आएको छ । हालको अवस्था हेर्दा उच्चतहमा प्राविधिकलाई पुग्न कुनै समस्या देखिँदैन । यसैले उच्च तहमा पुग्ने मार्ग प्रशस्त गर्न प्राविधिकलाई प्रशासनमा गाभ्न खोजेको स्थितिभन्दा पनि सरकारलाई समायोजनको असहजताका कारण र प्रशासन सेवामा प्रवेश गर्न चाहनेको दबाब नै यसका पछाडिको मूल कारण हो । प्रशासन सेवामा अन्य सेवा गाभ्न हुन्छ कि हुँदैन भन्ने सम्बन्धमा व्यक्ति मन्त्री र संसद्को निर्णयभन्दा पनि यसका पछाडिका सैद्धान्तिक पक्षले निर्णायक भूमिका निर्वाह गर्नुपर्दछ । संसारको सबै देशमा प्रायः सबैतिर निजामती प्रशासनमा विभिन्न प्रकारका सेवा, समूह, उपसमूहको गठन गर्ने प्रचलन छ । हरेक प्रकारका सेवा र पदका लागि विशिष्टीकरण जरुरी हुन्छ । प्राविधिक सेवाका लागि मात्र होइन, भन्ने सैद्धान्तिक मान्यता छ । प्रशासन सेवाको प्रकृति नै सबै मन्त्रालय र विभागमा काम गर्नुपर्ने भएकाले जनरलिस्टका रूपमा सम्बोधन गर्न थालिएको हो ।

त्यसैले, प्रशासन प्राविधिक दुवै वर्गका कर्मचारीमा आफ्नो कार्यक्षेत्रका बारेमा बृहत् ज्ञान जरुरी हुन्छ । यस अर्थमा प्रशासन सेवामा जुनसुकै सेवा वा समूहलाई मिसाउने निर्णय गर्नुपूर्व त्यस सेवामा भएका सबै प्रशासन सेवामा कार्यगर्न सक्षम छन् वा छैनन्, त्यसको आधिकारिक परीक्षण हुनु जरुरी हुन्छ । अन्यथा, प्रशासनका विज्ञले प्राविधिक सेवा प्रदान गर्नुपर्ने र प्राविधिकले प्रशासन सञ्चालन गर्नुपर्ने अप्ठेरो परिस्थिति सिर्जना हुन्छ । यस परिस्थितिमा पुनः कार्यसम्पादन प्रभावित हुन्छ । अन्त्यमा आएर संगठनले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन । नगारिकलाई नै प्रभाव पर्न पुग्दछ । तर, नेपालमा प्रशासन सेवालाई विज्ञता जरुरी नहुने जोकोहीले जिम्मेवारी सम्हाल्न सक्ने सेवाका रूपमा ग्रहण गरिएको अवस्था छ । उदाहरणका लागि पञ्चायती कालमा पोलिटब्युरोको रूपमा रहेको पञ्चायत नीति तथा जाँचबुझ समितिमा तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्षको तोकआदेशका भरमा नियुक्ति पाएका सबैलाई देशमा प्रजातन्त्र आएपछि स्वतः प्रशासन सेवामा गाभियो ।

असल अभ्यास, सैद्धान्तिक पक्ष र प्रशासक विद्वान्बाट सेवा समायोजनसम्बन्धी अनुभव अध्ययन गरे अति उत्तम हुने देखिन्छ

राजाका दरबारमा कार्य गर्ने हुक्के, बगंैचे सबैलाई लोकतन्त्र र गणतन्त्रकालमा प्रशासक बनाइएको छ । यसबाट पनि नपुगेर पञ्चायत कालदेखि प्रजातात्रिक कालसम्म निर्वाचित प्रतिनिधिको कृपामा नियुक्ति पाई सामान्य प्रक्रिया पूरा गरेर स्थायीसमेत बनाइएका सबै जिल्ला समन्वयको कार्यालय र स्थानीय तहमा प्रशासक बनेर हालीमुहाली गरेकै छन् । उनीहरू सबैलाई प्रशासन सेवामा नै राख्न उपयुक्त देखेको छ, संसद् र सरकारले । यी सबै निर्णय कर्मचारी समायोजनका नाममा हुँदै आएका छन् । तर, यसबाट समग्र निजामती सेवामा परेको प्रभावको मूल्यांकन गर्दा उत्तम हुने थियो । यसमा चासो दिइएको छैन । यो निर्णय उपयुक्त हो वा होइन अध्ययन गर्नु÷गराउनु जरुरी हुन्छ । यसका अतिरिक्त व्यक्ति विशेषलाई प्रशासन सेवामा सेवा परिवर्तन गरी ल्याउने प्रचलनसमेत हाम्रो सन्दर्भमा प्रशस्त पाइएको छ । लोकसेवा आयोगले सामान्य प्रक्रियाको अवलम्बन गर्दै सरकार र शक्तिसँग नजिक रहनेको दबाबलाई सकारात्मक रूपमा लिँदै स्वीकृति दिएकै छ ।

प्रशासन सेवामा अन्य सेवा र व्यक्तिलाई समायोजन गर्नुपूर्व ती सेवामा रहेको प्रतिस्पर्धाको स्तरको मूल्यांकन गर्नु जरुरी हुन्छ । प्रशासन सेवामा अन्य सबै निजामती सेवाभन्दा बढी कडा प्रतिस्पर्धा हुने सेवा हो भन्ने यथार्थता सबैलाई अवगतै छ । प्रतिस्पर्धा जति कडा भयो, त्यही अनुपातमा योग्यता प्रणालीमा अब्बल देखिने स्थिति बन्दछ । लोकसेवाबाट अभिलेख माग गरेर अध्ययन गर्ने हो भने प्रशासन सेवाबाहेकका केही सेवा रिक्त पदभन्दा कम प्रतिस्पर्धीबाट छनोट भएको अवस्थासमेत देखिनेछ । ठूलो प्रतिस्पर्धा र न्यून प्रतिस्पर्धा आधारमा छनोट भई आएकाबीचको कार्य क्षमताको गुणस्तरमा ठूलो अन्तर देखिन्छ । यो विभिन्न विभाग र मन्त्रालयमा नेतृत्व तहमा कार्य गर्नेबाट संसद्ले पृष्ठपोषण लिँदा निर्णय लिन सहज हुनेछ ।

नेपालमा प्रशासन सेवालाई विशेष योग्यताको आवश्यकता नपर्ने सेवाका रूपमा लामो समयदेखि सरकार र संसद्ले लिँदै आएको छ । यसबाट प्रशासन सेवाका गुणस्तरीय जनशक्तिको मनोबल गिर्न पुगेको अवस्थाका साथै हरेक संगठन नकारात्मक रूपमा प्रभावित भइराखेका छन् । यसको विकृत रूप स्थानीय तमा देख्न सकिन्छ । यसबाट नागरिकको प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रदान गर्नुपर्ने सरकारको कार्यसम्पादन स्तरमा प्रश्नचिह्न खडा हुने स्थिति छ । यसको परिणतिका रूपमा संघीय शासन प्रणालीप्रति नै नागरिक असन्तुष्ट हुने अवस्थालाई हामीले स्वीकार गर्दै आएकामा धेरै सन्देह गरिरहनुपर्दैन । अब संसद्ले यो अवस्थाबाट मुक्ति पाई सबै सेवालाई स्वतःस्फूर्त हिसाबले परिचालन गर्नका लागि यसका विकल्पबारे सोच्नुपर्ने अवस्था छ ।

सरकारले यो प्रस्ताव गर्दै गर्दा नेपालको प्रशासनलाई कमजोर पार्नेगरी संसद्मा प्रस्तुत भएकोमा कुनै द्विविधा रहँदैन । सम्मानित संसद्ले यसमा सम्बन्धित क्षेत्रका विज्ञबाट समेत विस्तृत विश्लेषण गराई बृहत् गृहकार्य गरेर मात्र निर्णय लिनुपर्दछ । कुनै कार्य यस्ता हुन्छन्, जहाँ सदैव जनरलिस्टलाई नै सबै तहसम्म पु-याउनुपर्दछ । वृत्ति शृंखलाको मध्यम चरणबाट प्रशासनका कर्मचारीलाई पनि अमुक विभाग वा मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्षम गराउन विशेषज्ञताको बिकास गराउनुपर्दछ । यस प्रक्रियामा प्रशिक्षण र शैक्षिक ज्ञान दुवैको व्यवस्था गर्नु जरुरी हुन्छ । उच्च प्रशासकमा आफूले नेतृत्व गरेको निकायका बारेमा बृहत् ज्ञान हुनै पर्दछ । यसैले कुन व्यक्तिलाई कुन निकायको नेतृत्वका लागि तयार पार्ने हो ? मध्यमस्तरको वृत्ति शृंखलाबाटै प्रशिक्षित बनाइनु जरुरी हुन्छ । प्रशासन सेवामा अन्य सेवा गाभ्ने विषय आफंैमा जटिल हो तर हामीले यसलाई अत्यन्त सहजताका साथ लिँदै आएको अवस्था छ ।

यस्ता विषयमा निर्णय लिनुपूर्व विभिन्न देशका असल अभ्यास, सैद्धान्तिक पक्ष र प्रशासनका विद्वान्बाट यस विषयमा भएका योगदानको अध्ययन निर्णयकर्ताले गर्दा अति उत्तम हुने देखिन्छ । यसै सन्दर्भमा डा. ह्वाइटले भनेका छन्, ‘जटिल सम्बन्धलाई सौहार्द बनाउन, प्रभावकारी समन्वय गर्न, अप्ठेरा प्रकारका समस्याका समाधानमा अरूको विज्ञताको प्रयोग गर्न जनरलिस्ट अब्बल हुन्छन्’ तर यस सन्दर्भमा सरकारले निर्णय लिई सकेकाले र यसअघि पनि यस्तै प्रकृतिका निर्णय संसद्बाट हुँदै आएको सन्दर्भमा प्रस्तावित सबै सेवालाई प्रशासनमा गाभ्नेगरी स्वीकृति प्राप्त हुने अनुमान यस क्षेत्रका विद्वान् गरिराखेका छन् । यदि विद्वान्को अनुमानअनुसार गर्नै पर्ने बाध्यता संसद्लाई हुँदा पनि यी प्राविधिक सेवालाई प्रशासन सेवाको समूहका रूपमा कायम गर्ने यसका लागि तत्तत् सेवाका कर्मचारीको उपयुक्तताको परीक्षण स्वतन्त्र निकाय लोकसेवा आयोगबाट गराउनु उपयुक्त हुने धारणा निजामती सेवाका क्षेत्रमा लामो समय बिताएका र यस क्षेत्रका प्राज्ञको रहेको छ ।

(Visited 237 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

ई-पेपर

(Visited 39 times, 1 visits today)