वार्यन म्युनिख लगातारआठौंपटक च्याम्पियन

म्युनिख । वार्यन म्युनिखले लगातार आठौंपटक जर्मन बुन्डेसलिगाको उपाधि चुमेको छ । उसले अघिल्लो साता नै च्याम्पियन हुने निश्चित गरेको थियो । शनिबार राति भएको खेलमा वुल्फसवर्गलाई ४–० ले पराजित गर्दै उसले खाली स्टेडियममा ट्रफी उचाल्यो । यो उसको कीर्तिमानी जित हो । हान्सी फ्लिकलाई प्रशिक्षकका रूपमा ल्याएपछि एकपक्षीय प्रदर्शन गरेको बायर्नको अंक र तथ्यांकमा लिग प्रदर्शन यस्तो रह्यो ।

म्युनिखले वुल्फ्सबर्गलाई बन्डेसलिगाको अन्तिम दिन ४–० ले हराउँदै उपाधि चुमेको हो । लिगको अन्तिम दिन यस सत्रको १००औं लिग गोल गरेको थियो । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण स्थगित भएको लिग सुरु भएपछि खेलिएको सबै ९ खेलमा बार्यनले जित निकाल्दै उपाधि चुमेको हो । बुन्डेसलिगामा अन्य टिमले यो उपलब्धि हासिल गर्न सकेनन् ।

रोबर्ट लेवान्डोस्कीले लगातार तेस्रो सिजन सर्वाधिक गोलकर्ताको उपाधि हात पारे । उनले यस सिजन ३४ गोल गरे । उनी एकै सिजनमा सर्वाधिक गोल गर्ने शीर्ष विदेशी खेलाडी बने । उनी गर्ड मुलरपछि लगातार तीनपटक सर्वाधिक गोलकर्ता उपाधि जित्ने खेलाडी हुन् । सन् २०१९ नोभेम्बर ३ तारिखमा बायर्नले निको कोभाचलाई बर्खास्त गर्दै हान्सी फ्लिकलाई नियुक्ति दिएको थियो । त्यसबेला बायर्न शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबाकभन्दा ४ अंकले पछाडि रहेको थियो ।

लेवान्डोस्कीले सिजनको सुरुवाती ११ खेलमा नै गोल गर्दै नयाँ कीर्तिमान रचेका थिए । यसअघि सन् २०१५÷१६ सिजनमा पिएर एमेरिक औबामेयाङले सुरुवाती ८ खेलमा गोल गरेका थिए ।

बायर्नले लिगको अन्त्यसम्म लगातार १३ खेल जितको सिलसिला कायम राखेको थियो । २१औं चरणमा आरबी लाइप्जिगसँग बराबरीपछि सुरु भएको जितको सिलसिला अन्तिम खेलसम्म कायम राख्नु नै बार्यनका महŒवपूर्ण उपलब्धि हो ।
विश्वका सर्वाधिक सफल गोलरक्षक म्यानुएल नोएरले जारी सिजन लिगकै सर्वाधिक १५ क्लिनसिट राख्न सफल रहे ।

लेवान्डोस्कीले बुन्डेसलिगामा सहभागी सबै १८ टोलीविरुद्ध गोल गरेका थिए । २९औं चरणमा डुसेलडर्फविरुद्ध दुई गोल गर्दै उनले यो दुर्लभ उपलब्धि कायम गरेका हुन् । उनले बायर्नविरुद्ध पनि डर्टमुन्डका लागि खेल्दा गोल गरेका थिए ।
थोमस मुलरले एकै सिजन सर्वाधिक २१ असिस्टको कीर्तिमान कायम गरेका छन् । यसअघि सन् २०१४-१५ मा वल्फ्सबर्गका केभिन डेले १९ असिस्ट प्रदान गरेका थिए ।

जर्मन विंगर सर्ज जिनाब्रीले १२ गोल र १० असिस्टसहित २२ गोलमा योगदान दिन सफल रहे । उनी लेवान्डोस्कीपछि बायर्नको गोलमा सबैभन्दा धेरै आबद्ध हुने खेलाडी रहे । सन् १९६८-६९ सिजनमा पहिलो उपाधि जितेको बायर्नले यो सिजन २९औं लिग उपाधि जितेको हो । बायर्नले सन् २०१९-२० सिजनभर मात्र ३२ गोल मात्र खाएको छ ।

लेवान्डोस्कीले लिगको सर्वाधिक गोलकर्ता बन्नेक्रममा ३४ गोल गरेका हुन् । बायर्नले सन् २०१९-२० मा गोलको संख्या १ सय पु¥याएको छ । यसअघि बायर्न आफैंले सन् १९७१-७२ सिजनमा १ सय १ गोल गर्दै कीर्तिमान राखेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कहाँ छ त्यो शून्य सञ्चालक ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका दुई पलिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी विजयी