सलह किरा उपत्यका आउने सम्भावना

ललितपुर । अफ्रिकाबाट भारत र पाकिस्तान हुँदै नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यका आउने संभावना पनि रहेको सरकारी अधिकारीले बताएका छन् । नेपालमा प्रवेश गरेको सलह किरा हावाको वहाव जता गयो उतै जाने सरकारी अधिकारीको भनाई छ । उपत्यकासम्म सलह किरा आए पनि क्षति गर्ने र ठूलो फौज आउने सम्भावना नरहेको कृषि मन्त्रालयले जनाएको छ ।

सुरुमा तराईका बारा पर्सा, सर्लाही रुपन्देही हुँदै छिरेको सलह किराको फौज सिन्धुली, रामेछाप हुँदै काभ्रेपलान्चोक पुग्न सक्ने कृषिविज्ञहरुसँगको छलफलबाट आएको कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले जानकारी दिए । उनका अनुसार हावाको गतिअनुसार आउने हुँदा यी किरा काठमाडौं उपत्यकासम्म पनि आउनसक्ने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हावा दक्षिण पश्चिम दिशातर्फ बग्ने हुनाले काभ्रे हुँदै दक्षिण ललितपुरमा पनि सलह जानसक्ने अनुमान छ । विभागका मौसमविद् राजु प्रधानाङ्गका अनुसार आइतबार दक्षिण–पश्चिम हावा चलेको छ ।

यसैबीच, बाग्मती गाउँपालिकाको माझखण्डमा सलह किरा देखिएको स्थानीयले बताएका छन् । वडा नम्बर ५ माझखण्डको मकै खेती भएका स्थानमा ठ्याक्कै सलहजस्ता किरा फाटफुट देखिएको स्थानीय अर्थमान लामाले फेसबुकमार्फत जानकारी दिए । दिनभरि उडेर करिब दुई सय किलोमिटर यात्रा तय गर्न सक्ने सलहले राति बाली खाएर सखाप पार्ने विज्ञ बताउँछन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सलहको संख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतका विषयमा जानकारी लिन संघीय निकायहरु, प्रदेश अन्तर्गतका प्राविधिकहरु परिचालन भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 677 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु