Saturday, July 24, 2021
Homeप्रदेशप्रदेश ७आज राति १२ बजेदेखि धौलिगंगा बाँध खोलिने, सर्तक रहन आग्रह

आज राति १२ बजेदेखि धौलिगंगा बाँध खोलिने, सर्तक रहन आग्रह

,

बैतडी । भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज राति खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाको पत्रअनुसार बाँध सोमबार राती १२ बजेदेखि भोलि (मंगलबार) बेलुका पौने ७ बजेसम्म खोलिने जनाएको छ ।

बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गरेका छन् । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाट सम्मका नागरिकलाई नदी छेउछाउ आसपासमा नजान अनुरोध गरिएको छ । बाँध खोलेपछि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरिएको छ ।

यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आग्रह गरे । बाँध खोलेपश्चात् महाकाली नदीमा पानीको सतह घटबढ भइरहेको जनाइएको छ । परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । विसं २०७० मा धौलीगंगाको बाँधका कारण दार्चुला सरमुकाममा बाढि जाँदा अर्बौंको क्षति भएको थियो ।

Loading comments...

आजको समाचार

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

माग सम्बोधन नगरे सिंहदरबार घेराउ गर्ने चेतावनी

काठमाडौं । यातायात व्यवसायी एउटै प्रदेशभित्र चल्ने बस भाडा समायोजनको माग गर्दै आन्दोलित भएका छन् । सरकारले हालै मात्र एउटा प्रदेशबाट अर्को प्रदेशमा चल्ने...

साताका लोकप्रिय समाचार

बिरामीका आफन्तले डक्टर कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित

  दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई...

जनमोर्चाका शाही प्रदेश मामिला सभापति चयन

  पोखरा । सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा चयन भएका छन् । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध परेको अविश्वासको मतविभाजनको दिन वैशाख...

‘तत्काल निर्वाचन समिति गठन गरियोस्’

काठमाडौं । नेपाल स्काउट प्रगतिशील संघर्ष समितिले नेपाल स्काउटको केन्द्रदेखि स्थानीय तहसम्म तत्काल निर्वाचन गराएर समिति गठन गर्नुपर्ने माग गरेको छ । यसका लागि...

दुई तिहाइ निकट बहुमत प्राप्त सरकारको पटाक्षेप

प्रारम्भ २०७४ सालको आमनिर्वाचनमा राष्ट्रियताको नारासहित चुनावी मैदानमा उत्रिएका ओलीजीले धेरै मिठामिठा सपना नेपाली मतदातासमक्ष बाँडेका थिए । सर्वसाधारण मतदाता उहाँका चिप्ला कुरामा विश्वस्त...

ट्रेन्डिङ

फेरि तीन दिन देशभर वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून...

अनिर्णयको बन्दी बन्दै यातायात विभाग

काठमाडौं । यातायात व्यवस्थापनसम्बन्धी महŒवपूर्ण जिम्मेवारी बोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभाग पटकपटक अकर्मण्यतामा फस्दै आएको छ । आवश्यक नीति नियम...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?