Saturday, September 25, 2021
Your Ads Here
Homeअर्थदैलेखमा पञ्चेबाजा बजाएर धान दिवस (फोटोफिचर)

दैलेखमा पञ्चेबाजा बजाएर धान दिवस (फोटोफिचर)

अनियमितताको विरोधमा युवाहरुले गरे सडकमै रोपाइँ

,
sharethis

दैलेख । जिल्लाको नारायण नगरपालिका १ गहतारीमा सोमबार पञ्चेबाजा बजाएर धान दिवस मनाईएको छ । नारायण नगरपालिका १ को वडा कार्यालयको आयोजनामा १७ औँ राष्ट्रिय धान दिवस मनाईएको हो ।

पञ्चेबाजाको धुनसँगै स्थानीयले असारे गीत गाउँदै रोपाई गरेका थिए । नारायण नगरपालिकामा पहिलो पटक राष्ट्रिय धान दिवस मनाइएको हो । सदरमुकाम नजिकै रहेको गहतारीमा स्थानीय किसान, नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, जिल्ला कृषि विकास कार्यालय लगाएत विभिन्न सरकारी तथा गैरसरकारी निकायमा कार्यरत कर्मचारी धान दिवसमा सहभागी थिए ।

राष्ट्रिय धान दिवसका अवसरमा नारायण नगरपालिका र जिल्ला कृषि विकास कार्यालयले हाते ट्याक्टर, हिलो बनाउने र धान रोप्न मेसिन स्थानीय गहतारी फलफूल तथा कृषि सहकारी संस्थालाई उपलब्ध गराएको मेयर रत्नबहादुर खड्काले बताए ।

मेसिनहरु हस्तान्तरण गरेसँगै मेयर खड्काले नगरपालिकाले कृषिमा नयाँ प्रविधितर्फ जोड दिएको बताए । दैलेख जिल्लाभर ६ हजार ५ सय १७ हेक्टरमा धान खेती गरिन्छ । सोमबारसम्म जिल्लाभर ३५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए । समयमै पानी परेका कारण अहिलेसम्म ३५ प्रतिशत रोपाइँ सकिएको पाण्डेको भनाइ छ । विगतका वर्षको तुलनामा यो वर्ष खडेरी नलागेका कारण समयमै रोपाइँ गर्न सहज भएको प्रमुख पाण्डेले जनाए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

सडकमै रोपियो धान

दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका युवा भने सडकमै गोरुले जोतेर धान रोपेर दिवस मनाएका छन् । गाउँपालिकाले प्रत्येक आर्थिक बर्षको मसान्तमा सडक निर्माण गरेर कार्यकर्ता पाल्न गरेको विरोधमा सडकमै धान रोपेर गाउँपालिकाको कामको विरोध गरिएको हो ।

गत आर्थिक बर्ष गाउँपालिकाले विनियोजन गरेको ८० लाख मध्ये गाउँपालिका जनप्रतिनिधीले आफु अनुकुल उपभोक्ता समिति बनाई ग्राबेल गर्न ठाउँमा माटो र ढुंगाले ग्राबेल गरी भुक्तानी लिएको र ग्राबेलमा अनियमितता भएकोले विरोध स्वरुप सडकमा धान रोपिएको ठाटीकाँध गाउँपालिका ६ का रविन्द्रबहादुर थापाले बताए ।

‘चालु आर्थिक बर्ष ५० लाख रामघाट सिगासैन सडकमा आफु अनुकुलता उपभोक्ता गठन गरि आईतबार देखी काम गरेकोले गाउँपालिकाले बदमासी गर्ने मनसायले विकास गर्न थालेकोले विरोध जनाईएको हो’ उनले भने ।

तपाइको प्रतिक्रिया

(Visited 242 times, 1 visits today)

आजको समाचार

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

कहिले पूरा होला सेती राजमार्ग ?

धनगढी । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरेको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन । दुईवटा कार्यालय स्थापना गरी...

एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ

  गौर । पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भईरहेको बताएका छन् । आज रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई...

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

साताका लोकप्रिय समाचार

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

मिसेस नेपाल वल्डमा पनि नेपालकाे सहभागिता

  काठमाडौं । विगत दुई दशकभन्दा लामो समयदेखि नेपालले मिस वल्र्डमा सहभागिता जनाएर विश्व सुन्दरीबीच नेपाली सुन्दरीलाई पनि चिनाउँदै आएको छ । पहिलोपटक विवाहित महिलाहरूको...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

न्यूनतम ग्यारेन्टीबिना निर्माताले फिल्म नदिने

काठमाडौं । शुक्रबारबाट नेपालका सिनेमा हल खुल्ने भनिएको थियो । तर, १ असोज शुक्रबारबाट हल खुल्न सकेनन् । हलवालाहरूको संस्था नेपाल चलचित्र संघका उपमहासचिव...

कागजात पूरा गर्नेले मात्रै पाउँछन कृषि अनुदान

इलाम । ‘कृषिबाट अनुदान पाउनेलाई अनुदान पाएको थाहा हुन्छ कि हुँदैन ? यो प्रश्न हो जिल्ला समन्वय समिति इलामका सदस्य पूर्णबहादुर बस्नेतको । कृषि...

ट्रेन्डिङ

माक्स लगाएर मुर्ति चोर्ने पराजुलीलाई मोटरसाईकल नम्बरले पक्राउ गरायो

मोरङ । मोरङको रंगेली नगरपालिका– ७ स्थित संसारी माईस्थान मन्दिरबाट मूर्ती र गरगहना चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’
...

लकडाउनले तामाकोशीको ७६ मेगावाट विद्युत उत्पादन नरोकिने

दोलखा । असारमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने कार्यतालिका रहेकोले लकडाउनको समयमा पनि सरकारले तामाकोशी जलविद्युत आयोजनाको काम नरोक्ने जनाएको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)