फेक न्युज, प्रोपोगान्डा र परिणाम

फेक न्युजलाई जंक न्युज, तथा सिउडो न्युज पनि भनिन्छ । गलत सूचना वा जानकारीका माध्यमबाट समाजमा अफवाह फैलाएर उथलपुथल ल्याउने कार्य गर्ने माध्यम फेक न्युज रहेको छ । फेक न्युजलाई परम्परागत र आधुनिक सञ्चारमाध्यम र बढी मात्रामा सोसल मिडियाबाट प्रसारण गरिन्छ । समाजमा अफवाह फैलाएर र कसैलाई तड्पाएर मौकाको फाइदा लिने र बेरोजगार, फुर्सदिला तथा रीस उठेकालाई दुःख दिएर सन्तुष्टि लिने माध्यम फेक न्युज भएको छ ।

फेक न्युजका माध्यमबाट प्रोप्रोगान्डा फैलाएर मौकाको फाइदा लिने प्रचलन समाजमा धेरै पहिलेदेखि नै थियो । महाभारत युद्धमा नियमसंगत तरिकाले युद्ध जित्ने सम्भावना नभएपछि अश्वत्थामा नामको हात्तीलाई मार्न लगाई अश्वत्थामाको वध भयो भनी कौरव सेनापति गुरु द्रोणाचार्यकहाँ युधिष्ठिरलाई भन्न पठाइन्छ । युधिष्ठिरले ‘अश्वत्थामा हतोहत, नरो वा कुञ्जरो वा’ भनेर सुनाउँछन् । गुरु द्रोणाचार्य सूचनाको विश्लेषण नगरी युधिष्ठिरको भनाइ सुनेर भावविह्वल हुन पुग्छन् । यही मौकाको फाइदा उठाउँदै पाण्डव सेनापति धृष्टद्युम्नले द्रोणाचार्यको शिरोच्छेदन गरी वध गर्छन् । त्यसपछि महाभारत युद्धले नयाँ मोड लिनपुग्छ । महाभारतमा यो फेक न्युजको प्रोपोगान्डा एक ऐतिहासिक घटना थियो ।

प्रोपोगान्डाका रूपमा फेक न्युज समाजमा फैलाउने प्रचलन मानव सभ्यतामा पहिलेदेखि नै थियो । गलत हल्ला फैलाएर फाइदा लिने प्रचलन अहिले विश्वव्यापी बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल प्रयोगकर्ता र पत्रकारलाई बारम्बार ‘फेक न्युज’ भन्दै यो शब्द प्रयोग गरिरहेका हुन्छन् । कोरोनाको माहामारीसँगै फेक न्युजका कारण समाचार ठीक-बेठीक छुट्याउन कठिनाइ उत्पन्न भइरहेको छ ।

प्रथम र द्वितीय विश्वयुद्धमा फेक न्युजले उधुम मच्चाएको इतिहासमा छ । द्वितीय विश्व युद्धताका इन्टरनेट र सोसल मिडिया नभए पनि सीमित समाचार पत्रिका प्रकाशन हुन्थे । यी पत्रिका बोलवाला हुनेको हातमा हुन्थे । मानिस त्यस्ता खबरपत्रिकाको वरिपरि झुम्मिन्थे र त्यसैका पछाडि दौडिन्थे । समाचारको सत्यतथ्य पहिचान नै नभई झगडा, मारकाट फैलन्थ्यो । रेडियो, टेलिभिजन सीमित थिए । तथापि, फेक न्युजकै कारण धेरैले ज्यान गुमाउनुपरेको थियो ।
अक्सर मानिसमा नकारात्मक सेन्टिमेन्ट हुन्छ । नराम्रा समाचारको बढी प्रभाव हुन्छ । यसले मानिसमा चाँडो संवेग ल्याई प्रतिक्रिया व्यक्त गर्न लगाउँछ । हाल अमेरिकामा भ्वाइस अफ अमेरिका, भारतमा दूरदर्शन र नेपालमा नेपाल टेलिभिजन र रेडियो नेपालको समाचारमा श्रोताहरू भर नपर्ने कारण पनि यही नै रहेको छ ।

फेक न्युजको पछाडि नलागी सत्यतथ्य पहिचान गरी उचित कदम चाल्नुपर्छ

विकिपिडियाका अनुसार फेक न्युजका सातवटा अभिप्राय रहेका हुन्छन् : कसैलाई हानी गर्ने आशय, झुटो सम्बन्ध, बहकिएको सन्दर्भ, करकापको आशय, स्वार्थका लागि हेरफेर गरिएको विषय, गलत सन्दर्भ, जालसाजीपूर्ण कार्यका लागि प्रयोग गरिएको समाचार आदि । न्युज प्रोपोगान्डाको कारण कसैलाई हानिनोक्सानी पु¥याउने रहेको हुन्छ । कसैसँग सजिलै प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा व्यक्तिगत प्रतिशोध लिने अभिप्रायले फेक न्युजको सहारा लिइन्छ । कुनै व्यक्तिको सम्बन्ध बिगार्ने, झुटो सम्बन्ध जोड्ने, भ्रममा पार्ने फेक न्युजको आशय हुन्छ ।

यस्ता समाचारको अर्को आशय करकापपूर्ण समाचार पनि हो । आफ्नो आशयअनुसारको समाचार प्रसारण गर्न लगाएर कसैबाट प्रतिशोध लिनु पनि हो । त्यस्तै, स्वार्थपूर्ण तरिकाले र राजनीतिक, आर्थिक फाइदा लिनका लागि बाहिर शीर्षक एउटा राख्ने र भित्र सन्दर्भ फरक पारेर जालसाजीपूर्ण तरिकाले सामाजिक सञ्जालमा समाचार प्रसारण गरिन्छ अनि मानिस शीर्षकका कारणले झुक्किन्छन् । तर, भित्र मूल शीर्षकसँग कत्ति पनि नजोडिकन अर्कै प्रसंगको समाचार दिएको हुन्छ । त्यस्तै, कतिपय सन्दर्भमा शीर्षक र फोटो एउटाको हुन्छ र भित्र समाचार भने अर्कै प्रसंगको रहेको हुन्छ । यसरी, जालसाजीपूर्ण तरिकाले फेक न्युजका प्रोप्रोगान्डा रची प्रसारण भइरहेका छन् ।

अहिले कोरोनाको कारण समाचार मिडियामा फेक न्युजको हलाहल मच्चिइरहेको छ । कोरोना फैलिनुको कारण’bout पनि त्यस्ता समाचारका माध्यमबाट एउटाले अर्कालाई दोष लगाइरहेका छन् । कहिले कोरोना एउटा मानवनिर्मित जैविक बम हो र यो अमेरिकामा वैज्ञानिकले निर्माण गरेर चीनलाई बेचेको र चीनमा फ्रिजबाट लिक भएर विश्वभरि फैलिएको भनेर हल्ला चलाइरहेका छन् । यस्ता समाचार ठूलाठूला शीर्षक बनाएर प्रसारण गरिरहेका छन् । कहिले जनावर त कहिले चमेरोबाट मानिसमा फैलिएको हल्ला चलिरहेको छ तर ती समाचारको कुनै आधिकारिक सत्यता हुँदैन ।

अहिले मानिस जीवनको सार्थकता रहने कि नरहने दोधारमा रहेका बेला यस्ता समाचारले मनोवैज्ञानिकरूपमा आतंक सिर्जना गरेका छन् । सामाजिक सञ्जाल प्रयोग कर्ताले त झन् कुनै आफ्नो मनमा लागेका कुरालाई समाचारका रूपमा आफ्ना फेसबुक, इन्स्टाग्राम, ह्वाट्स्एप, ट्वीटर आदिमा पोस्ट गरेर रमाइरहेका हुन्छन् ।

यसबाट बच्न समाचारको स्रोतको पहिचान गर्ने, विश्वास गर्नुभन्दा पहिला आफूले गहिरो विश्लेषण गर्ने, परिणामको ख्याल गर्ने, आफूले अरूलाई विश्वास गर्ने, समाचारको गहिराइसम्म पुगेर पूरै पढ्ने, विश्वास गर्नुभन्दा पहिला प्रकाशक लेखक को हो र कहाँबाट समाचार आएको हो त्यसको पहिचान गर्ने, समाचारलाई समर्थन गर्ने माध्यमको मूल्यांकन गर्ने, समाचार प्रकाशन भएको मिति हेर्ने, कसैले कसैलाई जोक गरेको त हैन विश्लेषण गर्ने, विज्ञको राय लिने र आफूले गरेका क्रियाकलापको आफंैले मूल्यांकन गर्ने गर्नु जरुरी छ ।

हामीले पनि त्यस्ता समाचार जो सत्य र तथ्यको रूपमा छैनन् र समाजमा एक किसिमको अफवाह फैलाएर कसैलाई दुःख दिने नियतले रचिएका हुन्छन्, तिनको पछाडि नदौडेर सत्य र तथ्य पहिचान गरी कदम चाल्नु उपयुक्त हुन्छ ।
(लेखक पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू