Saturday, July 11, 2020
Home बिचार उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि

उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि

विश्वभर करिब ९० प्रतिशतभन्दा बढी धान उत्पादन तथा खपत एसियाली देशमा हुने गरेको छ । यसरी संसारभरमा ६० करोड मेट्रिक टनको हाराहारीमा धान उत्पादन हुने अनुमान छ । अर्काेतिर हेर्दा संसारभर ९० प्रतिशतभन्दा बढी धान उत्पादन तथा खपत एसियाली देशमा हुने गरेको छ । धान खेतीले सिंगो एसियालाई एकै ठाउँमा ल्याउने काम गरेको छ । खाद्यान्नको मुख्य स्रोत मानिएको धानखेतीलाई प्रवद्र्धन गर्न सरकारको २९ मंसिर २०६१ को निर्णयअनुसार नेपालमा प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका रूपमा मनाउने गरिएको छ । यसैलाई निरन्तरता दिने क्रममा यस साल पनि कृषि विभागले राष्ट्रिय धान दिवस मनाउन लागिपरेको छ । यस सालको धान दिवसको मूल नारा भने ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ रहेको छ । समयमै मनसुन सुरु भएको कारणले गर्दा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा उल्लेख्य वृद्धि भएको छ ।

मूलतः असार १० गतेसम्म २०.०५ प्रतिशत धान रोपाइँ भइसकेको छ जब कि गत वर्ष असार १५ अघि ११.६४ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । यसैगरी कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी २६.०७ प्रतिशत धान रोपाइँ उच्च पहाडी क्षेत्रमा भएको छ भने मध्य पहाडी क्षेत्रमा २०.०७ र तराई क्षेत्रमा १९.७५ प्रतिशत मात्र रोपाइँ भएको छ । त्यस्तैगरी, प्रदेशगत रूपमा धानको रोपाइँलाई अवलोकन गर्ने हो भने प्रदेश १ मा १०.४१, प्रदेश २ मा १५.५३, वागमती प्रदेशमा १८.६८, गण्डकी प्रदेशमा १३.७२, प्रदेश ५ मा ३६.२६, कर्णाली प्रदेश २०.११ र सुदूरपश्चिममा २१.४६ प्रतिशत धान रोपाइँ भइसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

देशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय छ । हाम्रो देशमा कृषि परापूर्व कालदेखि नै जीवन निर्वाहका लागि एक आधारभूत पेसाको रूपमा रहिआएको छ । विश्व अर्थतन्त्रमा अरू क्षेत्रको विकास र विस्तारसँगै कृषि क्षेत्रको अंश क्रमशः कम हुँदै गएको भए पनि कृषि क्षेत्रको उत्पादनको आकार भने बढ्दै गएको छ । देशको अर्थतन्त्रमा कृषिमा कुल गार्हस्थ्य उत्पादनमा हाल २६.५ प्रतिशत ओगटेको छ । त्यसमध्ये धानबाट कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५.३५ प्रतिशत योगदान रहेको छ । त्यसरी मुलुकमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत भूमिमा धान खेती हुँदै अएको छ । त्यसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको अनुमान गरिएको छ ।

हाम्रो देशमा बीस बर्से दीर्घकालीन कृषि योजनाले धानलाई विशेष प्राथमिकतामा राखेको छ

देशमा अन्न बाली उत्पादन हुने कुल क्षेफलको करिब ४३ प्रतिशतमा धान खेती हुने गरेको र कुल अन्न बाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ । यसर्थ, राष्ट्रमा वार्षिक करिब १.५ खर्ब रुपैयाँ बराबरको धान तथा यसका अन्य उत्पादनबाट प्राप्त हुने हिसाव किताब सम्बन्धित क्षेत्रका विज्ञहरूले गरेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो । सोही अवधिमा लगाइएको क्षेत्रफलबाट ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यो धान बालीलाई गत वर्षको दाँजोमा अवलोकन गर्ने हो भने क्षेत्रफल र उत्पादनमा क्रमशः २.२ प्रतिशत र १.१ प्रतिशत कमी भए पनि अघिल्लो वर्षको तुलनामा उत्पादकत्वमा भने १.२ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ ।

देशमा विद्यमान ३ करोड नाघिसकेको जनसंख्यालाई खाद्यान्न भाग लगाउने हो भने प्रतिव्यक्ति प्रतिवर्ष १ सय ९१ किलो चामल उपलव्धता रहेको छ । जसले गर्दा देशलाई ६० लाख मेट्रिक टन धान प्रत्येक सालको लागि आवश्यक पर्छ । मौसमी अनुकूलतामा बढी निर्भर रहेको कृषि क्षेत्रको पछिल्लो १० वर्षको वृद्धिदर भने अपेक्षाकृत रूपमा सन्तोषजनक रहन सकेन । कृषि क्षेत्रबाट प्राप्त हुन गएको रोजगारी अवसर र मुलुकलाई समष्टिगत रूपमा प्रदान हुने खाद्य सुरक्षाको कारण अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेखनीय रहन गएको हो । कृषि क्षेत्रलाई व्यावसायीकरण तथा विविधिकरण गरी तुलनात्मक लाभ एवं प्रतिस्पर्धाको सक्षम बनाउनु आवश्यक छ ।

कृषि क्षेत्रको उत्पादन एवं उत्पादकत्व वृद्धि गरी बहुसंख्यक कृषक समुदायको जीवनस्तरमा सकारात्मक सुधार ल्याउन कृषि विकासका कार्यक्रमहरू केन्द्रित रहेका छन् । खाद्यान्न बालीहरू धान, मकै, गहँु, जौ, कोदो, फापर आदिमा भएको उत्पादन र उत्पादकत्व वृद्धिले नेपालको खाद्य सुरक्षामा टेवा पुगेको छ । हाम्रो राष्ट्रिय आय विदेशी मुद्रा आर्जन विदेश व्यापार र रोजगारी प्रदान गर्ने सन्दर्भमा कृषिको सर्वोपरि महŒव छ । हाम्रो देशमा भने २० बर्र्सेे दीर्घकालीन कृषि योजनाले धानलाई विशेष प्राथमिकतामा राखेको छ । अब देशमा चैते, भदैया, वर्षे, हिउँदे आदि गरी वर्षैभरि धानखेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ ।

मुलुकको ७७ जिल्लाहरूमध्ये ४० देखि ४५ जिल्लामा आफ्नै उत्पादनले खान नपुग्ने कुरा सरकारी तथ्यांकले देखाएको एकातिर छ भने अर्कोतिर बढ्दो जनसंख्याको भारले गर्दा ६० वर्षअगाडि ८० लाख जनसंख्या थिए भने अहिले वृद्धि भई ३ करोडभन्दा बढी पुगेको अनुमान छ । किसानहरूमा सबैभन्दा बढी आवश्यक खाद्यवस्तु धानको खेतीप्रति वितृष्णा बढ्दै गएको छ । किसानहरूले धानखेतीलाई नोक्सान मात्र पार्ने खेतीको रूपमा परिभाषित गर्न थालेका छन । देशमा विद्यमान नदीनाला, मलिलो माटो, मिलेको हावापानी भएको हुँदा नेपाल धानमा आत्मनिर्भर हुने सम्भावना धेरै रहेको छ । यद्यपि, देशमा धान खेतीको सम्भावना पनि राम्रो छ ।

समग्रमा भन्नुपर्दा यसपालि वर्षा चाँडै सुरु भएकाले किसानले गत असार ११ गतेभित्र २० प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपिसकेका छन् । देशमा उत्पादन भएको चामल भारतबाहेक अरू देशहरूमा निकासी भएको आँकडा पाइँदैन । तर, मुलुकले नपुग हुने चामल भारतलगायत अन्य देशबाट आयात गरिरहेको छ । गत वर्ष पनि झन्डै १ खर्ब बराबरको चामललगायत खाद्यान्नको आयात भएको थियो । मुलुकको प्रमुख बालीका रूपमा रहेको धानको अनुसन्धान, उत्पादन र प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ । अब देशममा मनसुनको सुरुवात भइसकेकाले देशभर धान रोपाइँ गर्न थालिएको छ । देशको भौगोलिक धरातलको विविध हावापानीका कारणले गर्दा यसपालि धानबालीको क्षेत्रफल, उत्पादन र उत्पादकत्वमा केही बढ्न सक्ने संकेतको अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरूले गरेका छन् ।

(Visited 38 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

ई-पेपर

(Visited 39 times, 1 visits today)