माथिल्लो तामाकोसीको उत्पादन कात्तिक पछि मात्रै

काठमाडौ । दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन मिति चार महिना पर धकेलिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको निर्माण सम्पन्न गर्न पटकपटक समय थप हुँदै आएको छ । यही असारमा पहिलो युनिटको विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भए पनि कोरोना भाइरसको प्रभावका कारण कात्तिकपछि मात्रै विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

यद्यपि, विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव कम गर्न सरकारले गरेको लकडाउनबीच पनि आयोजनाको काम भने निरन्तर जारी रहेको छ । आयोजनाले आइतबार सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा ६ सय ८३ मिटर अग्लो पेनस्टक पाइप जडानको काम सम्पन्न गरेको जनाएको छ । भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङ कम्पनीले माथिल्लो ठाडो सुरुङमा ३ सय १० मिटर पेनस्टक पाइप जडान सम्पन्न गरेपछि सुरुङकोे सबै काम पूरा भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।

तेर्सो सुरुङमा जडान हुने केही टुक्रा पाइप भारतबाट आउन बाँकी छ । लट–३ को ठेकेदारले जडान गर्ने बाइफरकेसन र वितरण पाइप पनि ल्याउन बाँकी छ । उनले बिनाअवरोध आयात गर्न सकिएमा पाइप जडानको बाँकी काम सम्पन्न गरेर आयोजनाको पहिलो युनिट आगामी कात्तिकदेखि सञ्चालन गर्न सकिने छ ।

माथिल्लो ठाडो सुरुङमा ६१ वटा र तल्लो सुरुङमा ७५ वटा पेनस्टक पाइप जडान भएका छन् । तल्लो ठाडो सुरुङको ३ सय ७३ मिटर पाइप जडान कार्य गत जेठमा नै पूरा भइसकेको छ । तल्लो सुरुङमा लट–३ को ठेकेदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले पेनस्टक पाइप जडान गरेको थियो । २०७६ असारदेखि ठाडो सुरुङमा पेनस्टक पाइप जडान कार्यको थालनी भएको थियो ।

ठाडो सुरुङको काम पूरा भएपछि लट–२ को ठेकेदारले आयोजनाको १ सय मिटर लामो तेर्सो सुरुङमा पेनस्टक पाइप जडान कार्य सुरु गरेको न्यौपानेले बताए । उनले भने ‘लकडाउनका कारण हामीले जुन गतिमा काम गर्नुपर्ने थियो त्यसअनुरूप हुन सकेन, कामदार अभाव निर्माण सामग्रीको अभावका कारण असारमा सम्पन्न गर्ने लक्ष्य प्रभावित भएको हो ।’

तेर्सो सुरुङमा जडान हुने केही टुक्रा पाइप भारतबाट आउन बाँकी छ । लट–३ को ठेकेदारले जडान गर्ने बाइफरकेसन र वितरण पाइप पनि ल्याउन बाँकी छ । उनले बिनाअवरोध आयात गर्न सकिएमा पाइप जडानको बाँकी काम सम्पन्न गरेर आयोजनाको पहिलो युनिट आगामी कात्तिकदेखि सञ्चालन गर्न सकिने छ । आयोजनाको पहिलो युनिट सञ्चालन भएको ४ महिनापछि आयोजनाका सबै युनिटबाट विद्युत् उत्पादन हुने न्यौपानेले बताए ।

बहुप्रतिक्षित राष्ट्रिय गौरवका रूपमा रहेको यो आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको छ । हालसम्मकै पहिलो ठूलो नेपाली लगानीको सो परियोजना आयोजना निर्धारित समयमा सम्पन्न गर्न सबैभन्दा पहिले लगानी जुटाउने कार्य नै बाधक बनेको थियो । मंसिर २०६७ मा निर्माणको लाइसेन्स पाए हालसम्म भूकम्प, नाकाबन्दीलगायतका समस्या भोगेको आयोजनामा अहिले फेरि कोरोना भाइरसको प्रभाव परेको छ ।

यो आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत, नागरिक लगानीकोषको २ प्रतिशत, राष्ट्रिय बिमा कम्पनीको २ प्रतिशत, कर्मचारी संचयकोषको १७ दशमलव २८ प्रतिशत, कम्पनी र नेपाल विद्युत् प्रधिकरणका कर्मचारीको ३ दशमलव ८४ प्रतिशत र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीको २ दशमलव ८८ प्रतिशत सेयर लगानी रहेको छ ।

आयोजनाको लागत सुरुका दिनमा ब्याजबाहेक ३५ अर्ब २९ करोड गरिएको भए पनि हालसम्म ४९ अर्ब खर्च भई सकेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । आयोजना सम्पन्न हुदाँसम्म ब्याजसहित गरेर ७२ अर्ब खर्च हुने अनुमान गरिएको प्रवक्ता न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकै परिवारको ३५ वर्षसम्म वर्चस्व