सुनिलको मायालु वीना

काठमाडौं । लकडाउनले सबैको सक्रियता ‘लक’ गरिदिए पनि बिस्तारै कलाकारहरुले आफ्ना सिर्जनाहरु डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन्। यस्तैमा गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको बिल्कुलै नयाँ गीत सार्वजनिक भएको छ ।

झापा घर भइ अमेरिकामा बस्दै आएका गीतकार राजेश अर्यालले यस गीतका शब्द लेखेका हुन् । प्रेमभाव बोकेको ‘मायालु’बोलको यो गीत एल्बम ‘स्मृति’ भित्र समावेश छ। गीतमा संगीत गायक भूपू पाण्डेको नै रहेको छ।

म्युजिक भिडियोमा सुनिल क्षेत्री र वीना राउतको रोमान्स देख्न सकिन्छ। अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायांकनमा निर्माण भएको ‘मायालु’लाई सुनिल क्षेत्रीको कोरियोग्राफी र निर्देशन गरेका हुन्। गीतकार राजेश अर्यालको अफ़िसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

गीतकार अर्यालका यसअघि ” प्रेमको फुल”, “बाउकी सोझी छोरी” , “आइ लव यु ,आइ मिस यु” लगायतका दर्जनौ चर्चित गीतहरु सार्वजनिक भैसकेका छन्। भर्खरै सार्वजनिक ‘मायालु’लाई लाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोता र मिडिया हाउसलाई गीतकार अर्यालले आग्रह गरेका छन।

तपाइको प्रतिक्रिया
(Visited 372 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा १७ जना विरुद्ध उजुरी