धनगढी । धनगढीमा एक जना नेपाल रेडक्रसका कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । धनगढी प्रयोगशालामा सोमबार गरेको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीमा कार्यरत रहेका उनी कोरोना भाइरसको जोखिम नियन्त्रणका विभिन्न गतिविधिमा खटिँदै आएका थिए । नेपाल रेडक्रस कैलालीका सभापति उत्तम जोशीले कोरोना संक्रमण देखिएका उनले सामाजिक दूरी कायम तथा मास्क लगायतका सुरक्षा सामाग्री प्रयोग गरेर काम गर्ने गरेको बताए । उनलाई संक्रमण देखिएपछि रेडक्रसका अन्य कर्मचारीको समेत परीक्षण गर्ने तयारी रहेको बताए ।
तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)