Sunday, July 12, 2020
Home प्रदेश प्रदेश ५ क्वारेन्टाइन रित्तिँदै, गाउँ भरिँदै

क्वारेन्टाइन रित्तिँदै, गाउँ भरिँदै

बर्दिया । जेठ महिनाको मध्य तिर जिल्लाका करिब १ सय ५० क्वारेन्टाइन भरिभराउ थिए । अहिले यहाँका क्वारेन्टाइनस्थल बिस्तारै रित्तिँदै गएका छन् । क्वारेन्टाइन रित्तिँदै जाँदा गाउँ भने भरिभराउँ हुँदै गएको छ । सरकारी मापदण्ड भन्दै १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना भाइरसको कुनै लक्षण नदेखिएपछि धमाधम घर फर्काउन थालियो । जसका कारण क्वारेन्टाइन बिस्तारै रित्तिदै गएका हुन् ।

स्वास्थ्य कार्यालय बर्दियाले दिएको पछिल्लो तथ्याङ्ग अनुसार हाल ९ सय ७५ जना मात्र क्वारेन्टाइनमा छन् । जबकी जेठ महिनाको मध्ये तिर जिल्लाका विभिन्न क्वारेन्टाइनमा करिव साढे ५ हजारको हाराहारीमा मानिस थिए । १४ दिन क्वारेनटाइनमा बस्दा कुनै लक्षण नदेखिएका व्यक्ति घर फर्के पछि क्वारेन्टाइनमा बस्नेको संख्या कमी हुँदै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । अर्को तर्फ भारतलगाएत अन्य स्थानबाट आउने क्रम पनि बिस्तारै कम हुँदै गएपछि क्वारेन्टाइन रित्तिँदै गएको स्वास्थ्य कार्यालयको भनाई छ ।

पछिल्लो विवरण अनुसार गेरुवा गाउँपालिकाको क्वारेन्टाइनमा १ सय जना, गुलरियामा १ सय ७२ जना, बासगढीमा ८७ जना, बारबर्दियामा ६९ जना मात्र क्वारेन्टाइनमा छन् । यसैगरी ठाकुरबाबामा १ सय ५६, राजापुरमा ९०, मधुवनमा १ सय ४० र बढैयातालमा १ सय ६१ जना क्वारेन्टाइनमा छन् ।

जिल्लामा अझै पनि १ सय ४५ स्थानमा क्वारेन्टाइन छन् । जसमा ४ हजार १ सय ४८ जनाको क्षमता छ । क्वारेन्टाइन रित्तिदै गएपछि केही क्वारेन्टाइन बन्द गरिएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीका अनुसार जिल्लामा हालसम्म ३ हजार ७९ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिएको छ । जसमा हालसम्म १ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये ८० जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । वाँकीको जिल्ला तथा जिल्ला बाहिर विभिन्न स्थानमा उपचार भइरहेको छ । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका मध्ये हालसम्म १ सय ८० जनाको रिपोर्ट आउन वाँकी छ ।

सरकारको पछिल्लो निर्देशनअनुसार १४ दिनसम्म आइशोलेसनमा बसेका व्यक्तिमा कोरोनाको कुनै पनि लक्षण नदेखिएपछि निको भएको भन्दै घर पठाउन थालिएको छ । जसका कारण समुदायमा कोरोना फैलन सक्ने भन्दै स्थानिय त्रसित भएका छन् । क्वारेनटाइनमा बसेकाहरुको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरेर मात्र घर पठाउन चौतर्फी माग गरिए पनि केन्द्रको कार्यविधी भन्दै आरडीटी गरेर मात्र घर पठाउने गरिएको छ ।

क्वारेन्टाइनबाट घर फर्केकाहरु मध्ये केही एक साताको होम क्वारेन्टाइन बस्ने गर्छन् भने केही बस्दैनन् । क्वारेन्टाइनबाट फर्केकाहरु बिस्तारै घरको कामकाजमा लाग्न थालेका छन् । गाउँमा चहलपहल बढ्दो छ । मजदुरी तथा अन्य कामका लागि घर बाहिर गएकाहरु क्वारेन्टाइन बसाइको अवधी सकेर घर खेतीपातीमा लागेका छन् । यसपटक खेतपातीको बेलामा गाउँमा ज्याल मजदुरी गर्ने मानिस पाइएन भन्ने कसैको गुनासो छैन । विगतमा बाझो हुने जमिनमा पनि यसपटक स्थानियले अधिया बटैयामा खेती गरेका छन् । विगतमा ज्याल मजदुरी लगाएर खेत गर्नेहरु यसपाली घरपरिवारकै सदस्य मात्रैले खेती गरेका छन् ।

घरमा काम गर्ने मान्छे धेरै भएपछि केटाकेटी र बुढापाका यतीखेर फुर्सदिला भएका छन् । केही युवाहरु पनि फुर्सदमा देखिन्छन् । कोरोनाका कारण राजगार गुमेकोमा युवाहरुको दुखेसो छ । ‘जग्गा जमिन भएकाहरु त खेतीपातीमा लागेका छन् । हामी जग्गा जमिन नभएका मजदुरी गरेर खानेहरु त्यत्तिकै बरालिनु परेको छ ।’ ठाकुरबाबा–४ बर्गदा गाउँका जंजिरे थारुले गुनासो सुनाए । कमाउन घर बाहिर गएकाहरु सबै घर फर्केको हुँदा गाउँघरमा काम नै नपाएर खाली बस्नु परेको स्थानिय युवाहरुको भनाई छ ।

(Visited 45 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

भर्खरै

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

गायक हिमाल सागर पनि अब नायक

काठमाडौं । गायक हिमाल सागरले आफू नायकका रूपमा नयाँ चलचित्रमा अनुबन्धित भएको र अमेरिकामा अब सो चलचित्रको छायांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल...

गणेशको ‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय महोत्सवमा छनोट

काठमाडौं । पत्रकार गणेश पाण्डेको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ । आगामी अगस्ट २७ देखि २९ सम्म...

परदेशबाट शिवको सीमा चिन्ता

पोखरा । ‘आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयो सिमानामा देशको झन्डा गाड्ने बेला भयो’ कवि तथा गीतकार शिव पलाँसले देशप्रेमको भाव बोकेको ‘आफ्नो जमिन’ बोलको यस...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)