Sunday, July 12, 2020
Home Breaking News निर्वाचन आयोगमा कसले दर्ता ग-यो ‘नेकपा एमाले’ ?

निर्वाचन आयोगमा कसले दर्ता ग-यो ‘नेकपा एमाले’ ?

काठमाडौं । नेकपाभित्र सरकार तथा पार्टी सञ्चालनको विषयलाई लिएर विवाद भइरहेका बेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको छ ।  तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर दर्ता भएपछि नेकपा एमाले नामको दल हाल आयोगमा दर्ता छैन ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि आयोगमा निवेदन प्राप्त भएको जानकारी दिए ।  ‘आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन आएको छ, सोबारे थप विषय जाँचबुझकै क्रममा छ,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

प्रवक्ता श्रेष्ठका अनुसार नयाँ दल दर्ताका लागि सोमबार आयोगलाई प्राप्त निवेदनमा पार्टी अध्यक्षको नाम सन्ध्या तिवारी उल्लेख छ । उनी झापाकी स्थायी बासिन्दा हुन् । आयोगका प्रवक्ता श्रेष्ठले पुराना दुई दलबीच एकीकरण भएपछि सो नाममा अन्य कुनै दल दर्ता नभएको र एकीकरणको एक वर्षसम्म सोही नाममा अन्य कुनै पनि व्यक्तिले दल दर्ता गर्न नपाइने कानुनी व्यवस्था रहेको बताए ।

तर, पुराना दुई दल तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बितिसकेकाले आवश्यक कागजात ल्याएर प्रक्रिया पु-याए सो नाममा दल दर्ता हुन सक्ने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

मंगलबारको नेकपाको स्थायी समिति बैठकमा आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गर्न कसको निर्देशनमा निवेदन दर्ता भयो भन्दै नेताहरुले प्रश्न गर्न थालेपछि बैठकको एजेन्डा नै विषयान्तर भएपछि बैठक प्रभावित भएको थियो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले बिउँताउने निवेदन दर्ता भएको भन्दै आक्रोश पोखेका थिए ।

(Visited 442 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

भर्खरै

बाढीपहिरो पीडित समस्यामा: राहत लैजान सडक छैन, बोकेर लैजान सम्भावन छैन

सिन्धुपाल्चोक । बर्षापछि आएको बाढी र पहिरोले बाह्रविसे नगरपालिकाका विभिन्न वडामा विस्थापित भएकाहरुलाई राहत र अन्य सामग्री पठाउन समस्या भएको छ । बस्तीसम्म पुग्ने...

बबई नदीको बाढीमा बगेर एक दम्पती बेपत्ता

धम्बोझी । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा...

पहिरो पीडित भन्छन्, ‘तान्दातान्दै श्रीमती र छोरीलाई पुर्यो’

म्याग्दी । धवलागिरि गाउँपालिका–६ रिखकी ३३ वर्षीया हीरा जुग्जालीको शुक्रबार बिहानै कोदो रोप्न बारीमा जाने योजना उज्यालो हुन नपाउँदै खसेको पहिरोले पूरा हुन दिएन...

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)