Friday, April 23, 2021
Home राजनीति कांग्रेस महाधिवेशन फागुनमै

कांग्रेस महाधिवेशन फागुनमै

वडादेखि प्रदेशसम्मका अधिवेशनको मिति परिवर्तन

,

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी फागुनमै १४औं महाधिवेशन गर्ने गरी अन्य तहका अधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । कोरोनाको विश्वव्यापी संक्रमणपछि कांग्रेसले पूर्वनिर्धारित तल्ला तहका अधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्दै केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेको हो ।

कांग्रेसले अगामी ७ देखि १० फागुनसम्म पार्टीको १४औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमा नै हुने गरी अन्य तहका अधिवेशनका कार्यतालिकालाई केन्द्रीय समितिले केही परिमार्जन गरेको जानकारी दिए ।

‘केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमा नै हुने गरी अन्य तहका अधिवेशनका कार्यतालिकालाई केन्द्रीय समितिले परिमार्जन गरेको हो । कांग्रेस अब महाधिवेशनमा होमियो,’ प्रवक्ता शर्माले राजधानीसँग भने ।

यसअघि गत आइतबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशनको मिति परिमार्जन गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो । जसअनुसार १५ असारभित्र सक्ने भनिएको कांग्रेसको अन्तरिम संरचना समायोजनको सबै काम असार मसान्तसम्ममा सक्ने निर्णय भएको छ ।

कुन तहको अधिवेशन कहिले ?
वडा अधिवेशन : ७ पुस
७ सय ५१ स्थानीय तहको अधिवेशन : ८ पुस
प्रदेशसभा : ११ पुस
प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको : १३ पुस
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको : १६ पुस
सात प्रदेशको : ६ माघ
केन्द्रीय महाधिवेशन : ७,८,९,१० फागुन

यसअघि, कांग्रेसले गत फागुनमै संरचना समायोजनको काम सक्ने निर्णय गरेको थियो । यस्तै, क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेर साउन मसान्तभित्रै अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने निर्णय बैठकले गरेको छ । यसरी नाम बुझाउँदा ७७ वटै जिल्लाबाट आएका नामलाई सभापतिले प्रमणित गरेपछि निर्वाचन समितिमा पठाइनेछ ।

यसैगरी, ७ गत पुसमा देशभरका ७ हजार वडाको अधिवेशन गर्ने, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने निर्णय बैठकले गरेको हो । यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको हो ।

कांग्रेसले महाधिवेशनका लागि यसअघि सार्वजनिक गरेका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रिया कोरोना संक्रमणका कारण प्रभावित भएको थियो । कांग्रेसले गत ९ चैतबाटै कोरोना संक्रमणका कारण क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको थियो भने आफ्ना नेता कार्यकर्तालाई संक्रमणविरुद्ध सचेतनामा परिचालित हुन निर्देशन दिएको थियो ।

यसअघि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दा कांग्रेसले गाउँ र नगर वडा अधिवेशन आगामी ९ मंसिर, गाउँ र नगरपालिका अधिवेशन ११ मंसिर, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ मंसिर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १७ मंसिर, जिल्ला अधिवेशन २५ मंसिर, प्रदेश अधिवेशन १५ पुसका लागि तय गरेको थियो ।

कांग्रेसका विधान अनुसार केन्द्र देखि वुथ तहसम्म आठ तह छन् । कांग्रेसम बुथ तह, ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।

तीव्र विवादबीच कार्यतालिका तय गरेको कांग्रेसले नयाँ संविधानअनुसार पार्टीको संगठन समायोजन गर्न नसक्दा यसअघि नै तालिका संशोधन गरेको थियो । गत फागुनमा नै कांग्रेसले संगठन समायोजन सक्नुपर्ने थियो ।

संशोधित कार्यतालिका अनुसार महाधिवेशनको प्रारम्भिक चरणको सदस्यता वितरण र नवीकरण सुरु गर्दै संगठन समायोजन काम सकेका ४० जिल्लामा नवीकरण र नयाँ वितरणका लागि पार्टी केन्द्रीय कार्यालयले सदस्यता रसिदसमेत पठाइसकेकोे छ । तर, कोरोननाका कारण त्यो प्रक्रिया अघि बढ्न सकेको छैन ।

बाँकी जिल्लामा अझै संगठन समायोजनको काम सकिएको छैन । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका १ सय ६५ क्षेत्रमध्ये १ सय ३५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये २ सय ७० को मात्र समायोजन काम सकिएको छ ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार समायोजनको काम गत फागुनमै सक्नुपर्ने भए पनि समायोजन नसकिएका जिल्लालाई अझैसम्म सदस्यता वितरण र नवीकरणको फाराम नै पठाइएको छैन ।

२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अपत्ति
कांग्रेसले प्रधानमन्त्रीले सरकार परिवर्तनका लागि भारतले षड्यन्त्र गरिरहेको भनेर दिएको अभिव्यक्तिप्रति केन्द्रीय समितिबाटै आपत्ति जनाइएको छ । बैठकम बोल्ने क्रममा कांग्रेस नेताहरूले संसद र संसदीय समितिमा आफ्नै पार्टीको बहुमत हुँदा पनि प्रधानमन्त्रीले गैरराजनीतिक अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् ।

संविधानले बहुमतबाट सरकार बनाउने र हटाउने अधिकार दिएको उल्लेख गर्दै कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति रहेको बताएका हुन् । सरकारले दुई तिहाइको सुविधा हुँदा हुँदै पनि अनुकूल परिस्थितिलाई प्रतिकूलतातर्फ बदल्दै लगेको कांग्रेसले भनेको छ ।

(Visited 96 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

साताका लोकप्रिय समाचार

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

दिल्लीमा एकसाता कर्फ्यु घोषणा, भारतमा कोरोना सङ्क्रमितकाे संख्या एक करोड ५० लाख नाघ्यो

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कर्फ्यु घोषणा गरिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोभिड-१९ विरुद्ध कर्फ्यु घोषणा...

चेन्नइ शीर्ष स्थानमा

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई...

ट्रेन्डिङ

बेललाई टोटेनहम फर्काउने तयारी

लन्डन । इंग्लिस क्लब टोटेनहम हट्स्परले आफ्ना पूर्वखेलाडी ग्यारेथ बेललाई स्पेनिस क्लब रियल मड्रिडबाट फर्काउने तयारी थालेको छ । वेल्सका फरवार्ड बेललाई पछिल्लो समय...

काठमाडौँ उपत्यकामा संक्रमित भएकै क्षेत्रमा नमूना परीक्षण

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै बाहिरबाट भित्र्ने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा...

काेराेना स‌ंक्रमित २७ जना थपिए, ४०२ जनामा संक्रमण भएकाे पुष्टि

काठमाडाै‌ । मंगलवार विभिन्न स्थानमा गरिएकाे परिक्षणमा २७ जना काेराेना संक्रमित थपिएका छन् । झापा, माेरङ, सुनसरी, काठमाडाै, ललितपुर लम्जुङलगायतका जिल्लामा परिक्षण गर्दा ति स‌ंक्रमित...

दैलेखमा चट्याङ लागेर एकजना घाइते

दैलेख । शुक्रबार बिहान ११ बजे चट्याङ लागेर एक जना महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्ला सदरमुकाम नारायण नगरपालिका –१ भगवतीटोलकी ५०...

उदयपुरमा मास्कको अभाब

उदयपुर । कोरोना भाइरसको कारण उदयपुरको अस्पताल तथा स्वास्थ्य संस्था मेडिकलमा सबै प्रकारको माक्स १५ दिन यता छैन । चीनबाट सुरु भएको कोरोना भाइरसको...

मकवानपुरमा नेकपा र जसपाले बहिष्कार गरे निर्वाचन कार्यालयको बैठक

हेटौंडा । वर्तमान सरकारले घोषणा गरेको निर्वाचनका लागि मकवानपुरमा आज आयोजना गरिएको बैठक नेकपा र जनता समाजवादी पार्टी (जसपा) बहिष्कार गरेका छन् । जिल्ला...

सोसल मिडियामा भाइरल सनीको त्यो फोटो

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै लकडाउन भारतमा ३ मईसम्म बढाउने घोषणा गरे । बलिउड उद्योगले उनको सो निर्णयलाई स्वागत...

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

कोरोना संक्रमणबाट गण्डकीमा थप एक जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो...

चितवन बालमन्दिरका जग्गादाता गोमायाको निधन

भरतपुर । चितवनको बाल मन्दिरका लागि जग्गा दान गरेकी भरतपुर निवासी गोमाया अधिकारीको ९० वर्षको उमेरमा निधन भएको छ । सामान्य दमका विरामी अधिकारीको...

मनाङमा पहिलो पटक संक्रमित भेटिए, गण्डकीमा एकैदिन ४२ जनामा संक्रमण

पोखरा । हिमालपारीको जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमण देखिएको ४ महिनासम्म मनाङमा पहिलो पटक संक्रमित भेटिएको हो...

११ वर्षदेखि अलपत्र पुलको मुख्यमन्त्रीद्वारा अनुगमन

कालिकोट । ११ वर्षदेखी अलपत्र अवस्थामा रहेको कर्णाली करिडोरको खुलालु पक्किपुलको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ७ वर्षपछि अनुगमन गरेका छन् । लामो समयदेखि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)