सिन्धुपाल्चोकमा कारगारमा बसेका कैदीमा कोरोना संक्रमण

सिन्धुपाल्चोक । जिल्ला कारगार कार्यालय चौतारामा रहेका एक कैदीबन्दीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बलात्कार आरोपमा अदालतबाट कैद सजाय भोगीरहेका चौतारा साँगाचोकगढीका ७२ वर्षीय वृद्धामा कोरोना पोजेटिभ भेटिएको हो ।

क्यान्सर रोगी समेत रहेका ति वृद्धको पीसीआर परीक्ष्ण गर्दा पोजेटिभ रिपोर्ट आएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । कारागारका कैदीमा कोारेना पोजेटीभ देखिएपछि अब सबै कैदीहरुको पीसीआर परीक्षण गरिने प्रजिअ ढकालले जानकारी दिए । जिल्ला कारागार चौतारामा १२२ जना कैदीहरु रहेका छन् । त्यस्तै सुरक्षाकर्मी र कर्मचारीहरु सहित अब १ सय ५० को पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने ढकालले जानकारी दिए ।

दिर्घ रोगी भएकाले उनलाई उपचारका लागि अस्पतलामा उपचारका लागि पटक पटक लैजाने गरिएको थियो । उपचारको लागि अस्पताल लैजदा कोरोना संक्रमण भएको हो की भन्ने आशंका स्वास्थ्यकर्मीहरुले गरेका छन् ।

सिन्धुपाल्चोकको आइशोलेशनमा उपचार हुन नसक्ने हो भने अब सिन्धुपाल्चोक प्रहरी र काठमाडौं प्रहरीबिच समन्वय गरेर थप उपचारको लागि टेकुमा ल्याउनका लागि आफुहरुले निर्देशन दिएको कारगार व्यवस्थापन कार्यालयका प्रमुख प्रदिप कडेलले जानकारी दिए । ‘हामीबाट केही समस्या छैन, सिन्धुपाल्चोकमा उपचार हुन सकेन भनेर स्वास्थ्यकर्मीबाट रिफर भयो भने हामी काठमाडौंमा नै उपचारका लागि ल्याउन सक्छौं’, प्रमुख कडेलले भने ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै