Sunday, July 12, 2020
Home प्रदेश प्रदेश ७ जिल्ला सिल गर्ने सुरक्षा समितिको निर्णय कार्यान्वयन भएन

जिल्ला सिल गर्ने सुरक्षा समितिको निर्णय कार्यान्वयन भएन

डडेल्धुरा । डडेल्धुरा जिल्लामा कोरोना संक्रमण बढेसंगै जिल्ला सदरमुकाम क्षेत्रलाई अनिश्चित समयका लागि सिल गर्ने जिल्ला सुरक्षा समितिको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।

असार ५ गते जिल्ला सुरक्षा समिति डडेल्धुराले डडेल्धुरामा कोरोना रोगको संक्रमण फैदिन नदिन र जिल्ला सदरमुकामा मानिस आवत जावत तथा सरकारी कार्यालय बाहेक अन्य क्षेहरुलाई पुर्णरुपमा सिल गर्ने निर्णय गरेको थियो तर जिल्ला सिल गर्ने निर्णय गरेको केही दिन बजार क्षेत्रमा प्रहरी प्रशासनले कडाई गरेपनि पछिल्लो समय भने जिल्ला सिल मात्रै हैन नेपाल सरकारले जारी गरेको लकडाउन पनि डडेल्धुरा जिल्लामा प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छ्रैन ।

जिल्ला सुरक्षा समितिले मात्रै हैन डडेल्धुराका अधिकांश पालिकाहरुले आफ्नो पालिका सिल गर्ने निर्णय गरेका थिए तर कतै पनि कार्यान्वयन भएको भने देखिँदैन । जिल्ला सुरक्षा समिति डडेल्धुराले मानविय आवत जावत कम गर्नका लागि अन्य कुनै पनि पालिकाबाट सवारी साधनहरुलाई जिल्ला सदरमुकाममा भित्रिन नदिने निर्णय गरेको थियो तर कार्यान्वयन भने हुन सकेको छ्रैन ।

जिल्ला सुरक्षा समितिले आफैले गरेको निर्णय कार्यान्वयन गराउन नसक्दा लकडाउनको उल्लघन गर्दै डडेल्धुरामा सार्वजनिक यातायातका सवारी साधानहरु विना रोकतोक संचालनमा रहेका छन् । विभिन्न पालिकाहरुबाट सवारी साधानहरुले यात्रु ओसार पोसार गर्दै जिल्ला सदरमुकाम आउने गरेका छन् तर जिल्ला सदरमुकाममा विभिन्न चोक चोकमा रहेका प्रहरी मुख दर्शक भएका छन् ।

सरकारी कार्यालयहरु संचालनमा रहने भएकाले सेवा लिनका लागि जोखिम उठाएर सदरमुकाम आउनु पर्ने एक जना सेवा ग्राहीले बताए । उनले भने असार मसान्तको समय छ कार्यालयहरुमा योजनाको विल भौचर फछ्यौट गर्नका लागि आउनु पर्ने बाध्यता छ । जिल्ला सिल गर्ने निर्णयले व्यवस्थित भ्रष्टाचार भइरहेको एक जना सेवा ग्राहीले भने सवारी साधानहरुले एक सय रुपैयाँ टिकट गर्ने ठाँउको ३ सयसम्म लिने गरेका छन् । आफुसंग निजी सवारी साधान छैन जति भने पनि भाडा दिनु नै पर्यो ।

जिल्ला सदरमुकाममा रहेका किराना पसलहरुसंगै अन्य पसलहरु पनि खुल्दै आएका छन् । असार मसान्तको समय हो विभिन्न कार्यालयहरुसंग भएको कारोबारहरुको बिल काट्नका लागि पसल खाल्नुपर्ने भएको एक जना व्यापारीले बताए । उनले भने, ‘लकडाउनको समयको भन्दा अहिले भिडभाड कम हुने गरेको छ ।’

अझै पनि डडेल्धुरा जिल्लाका विभिन्न क्वारेन्टाईनहरुमा करिब ६ सयको हाराहारीमा मानिसहरु बसेका छन् भने आरडीटी पोजेटिभ आएका सबै आ–आफ्नो घरमा गइ सकेका छन् र पीसिआर परिक्षणबाट पोजेटिभ देखिएकाहरु पनि होम आइसोलेशनमा बसेको जिल्ला प्रशासनको बुझाई रहेका छ तर आरडीटी पोजेटिभ र पीसिआर पोजेटिभ आएकाहरु पनि गाउँघरमा घुमघाम तथा जिल्ला सदरमुकामा गई किनमेल गर्ने गरेकाले अझै जोखिम रहेको स्थानीयहरुको बुझाई रहेको छ ।

निजी सवारी साधानहरुलाई जोर विजोरका आधारमा संचालन गर्न दिने र बिरामी बोक्नका लागी सवारी पास लिएका सार्वजनिक सवारी साधानहरु संचालन हुन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । उनले भने, ‘सार्वजनिक सवारी साधानहरु संचालनमा रहेको छैन तर बजार भने मापदण्ड पुरा गराइएर संचालन गर्न दिइने गरेको छ ।’

(Visited 65 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

बढ्दै विपद्को जोखिम : वैशाखयता ९२२ घटना, १५३ को मृत्यु

काठमाडौं । गत वैशाखयता भएका प्राकृतिक विपद्का ९ सय २२ घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन...

अवैध मृगौला प्रत्यारोपणमा संलग्न चार जना चिकित्सक पक्राउ

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट ४ जना चिकित्सहरूलाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी स्रोतका अनुसार...

जुम्लामा पनि पुग्यो सहलको झुण्ड, किसान त्रसित

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हाे...

भर्खरै

संखुवासभामा पहिराले ७ घर बगायो, ११ जना बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर...

गायक हिमाल सागर पनि अब नायक

काठमाडौं । गायक हिमाल सागरले आफू नायकका रूपमा नयाँ चलचित्रमा अनुबन्धित भएको र अमेरिकामा अब सो चलचित्रको छायांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल...

गणेशको ‘सहायक श्रीमान्’ अन्तर्राष्ट्रिय महोत्सवमा छनोट

काठमाडौं । पत्रकार गणेश पाण्डेको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ । आगामी अगस्ट २७ देखि २९ सम्म...

परदेशबाट शिवको सीमा चिन्ता

पोखरा । ‘आफ्नो जमिन फिर्ता गरिछाड्ने बेला भयो सिमानामा देशको झन्डा गाड्ने बेला भयो’ कवि तथा गीतकार शिव पलाँसले देशप्रेमको भाव बोकेको ‘आफ्नो जमिन’ बोलको यस...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)