बैतडीमा पनि देखियो सलह किरा

बैतडी । बैतडीको पाटनका विभिन्न क्षेत्रमा सलह किरा देखिएको छ । केही दिनअघि नेपाल भित्रिएको सलह किरा पहाडी क्षेत्रमा पनि उक्लिएको हो । मंगलबार पाटन नगरपालिका वडा नं १० को ठाँटा सलह किरा देखिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले पुष्टि गरे । पाटन नगरपालिकाका केही क्षेत्रमा सलह किरा देखियो भनेर किसानहरुले खबर गरेपछि फिल्डमा जाँदा सलह किरा भेटिएको उनले बताए । अहिले धेरै ठूलो झुण्ड नभएपनि एकदुई सयको झुण्ड देखा परेको उनले बताए ।

सलहजस्तै किरा बारिमा देखिएकाले बालिनालि सखाप हुने चिन्ता बढेको दशरथचन्द नगरपालिका १ का पुर्णदेब भट्टले बताए । पाटन नगरपालिकाको वडा नं १ मा पनि सलह देखिएको वडा नं १ का वडा अध्यक्ष गणेशदत्त भट्टराईले बताए । फेदकटुवा किरा र फौंजी किराको प्रकोप झेलीरहेका बैतडीका विभिन्न ठाउँका किसानहरु सलह किरा पनि देखिन थालेपछि चिन्तित बनेका छन् । फेदकटुवा किराले मकैबाली नष्ट गरेपछि दोश्रो पटक लगाएको मकैमा सलहको समेत प्रकोप देखिन थालेपछि अनिकाल हुने चिन्ता थपिएको किसान केशवराज भट्टले बताए ।

बैतडीमा सलहको ठूलो झुण्ड नपुगेकाले बालीनालीमा त्यति क्षति पुर्याउन नसक्ने पाटन नगरपालिकाका कृषि शाखा प्रमुख अवस्थीले बताए । बारीमा सलह देखा परेमा ठूलो आवाजमा थाल बजाउनुपर्ने, बाजा बजाउनुपर्ने र राती सलह बसेको ठाउँमा बिषादी छर्कने सल्लाह दिएको कृषि शाखा प्रमुख अवस्थीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार