१ हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण

बेइजिङ । चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले शुक्रबार जानकारी गराएको छ । यो सङ्ख्या कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका कूल विरामीको ३.८ प्रतिशत हो ।

एनएचसीका उप–निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भने, ‘सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।’ कोभिड–१९ बाट मृत्यु हुने स्वास्थ्यकर्मीको सङ्ख्या कूल मृतक सङ्ख्याको ०।४ प्रतिशत रहेको उनले बताए ।

कोभिड–१९बाट सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ अर्थात् ८७.५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी गराएको छ । हुबेईको प्रान्तीय राजधानी वुहान सहरमा सबैभन्दा धेरै एक हजार १०२ अर्थात् ७३.४ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित रहेका उप–निर्देशक चेनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै