Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking Newsसेनाका सहायक रथी र महासेनानी बर्खास्त

सेनाका सहायक रथी र महासेनानी बर्खास्त

,
sharethis

काठमाडौं । नेपाली सेनाले सहायक रथी र महासेनानी गरी आफ्ना दुई उच्च अधिकृतलाई सेवाबाट बर्खास्त गरेको छ ।

समरी जनरल सैनिक अदालतको बुधबारको निर्णयबाट अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरिएको हो ।

समरी अदालतको निर्णयमा सैनिक ऐन २०६३ बमोजिम दुबै उच्च अधिकृतलाई कारवाही गरिएको भनिएको छ ।

‘माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको उक्त अदालतले ठहर गरेको हुँदा निज रथीवृन्द तथा अधिकृतलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको छ ।’ निर्णयपछि सैनिक जनसम्पर्क निर्देशनालयद्धारा बुधबार साँझ जारी विज्ञप्तीमा भनिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

पद्दती र प्रणालीमा आधारित संगठन संचालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने वर्तमान नेतृत्वको लक्ष्यअनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई शुन्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा नेपाली सेना प्रतिवद्ध रहेको सेनाले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 384 times, 1 visits today)

आजको समाचार

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

साताका लोकप्रिय समाचार

अस्वाभाविक मूल्यवृद्धिको चपेटामा उपभोक्ता

दसैं, तिहार र छठजस्ता नेपालीहरूका ठूला पर्वको आगमनसँगै दैनिक उपभोग्य वस्तुको बजार भाउ एकाएक अकासिएको छ । यसरी अकासिएकोे मूल्यवृद्धिले आमजनताको ढाड सेकेको छ...

उद्योगी व्यवसायी कसले कुन पदक पाउँदै ?

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले विभिन्न उद्योगी–व्यवसायी र बैंकरहरू विभूषण र पदकबाट विभूषित हुनेको नाम छनोट गरेको छ । संविधान दिवसको दिन आइतबार...

एमालेसंग संवाद गर्नुस् भन्दै सत्ता साझेदार दलले दिएकाे सुझाव सभामुखले मानेनन्

  काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ...

न्यूनतम ग्यारेन्टीबिना निर्माताले फिल्म नदिने

काठमाडौं । शुक्रबारबाट नेपालका सिनेमा हल खुल्ने भनिएको थियो । तर, १ असोज शुक्रबारबाट हल खुल्न सकेनन् । हलवालाहरूको संस्था नेपाल चलचित्र संघका उपमहासचिव...

भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास...

ट्रेन्डिङ

लापरवाहीका कारण दुईको ज्यान गयो

राजविराज । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको घटनामा एक अवोध बालकसहित दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार साँझ सप्तरीको बोदेबसाईन ८ मा...

गण्डकीमा वेथिती : कार्यकर्ता खुसी पार्न १६ करोड विनियोजन

  पोखरा । मन्त्री नियुक्तिको ३ साता बित्न लाग्दासमेत मन्त्रालयको भागबण्डा नगर्न नसकी आलोचना खेप्दै आएको गण्डकी प्रदेश सरकार फेरि अर्को विवादमा तानिएको छ ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)