उपत्यकावासीका हेलचेक्रयाईले कोरोना संक्रमण समुदायमा पुग्ने खतरा

ललितपुर । कोरोना भाइरसको जोखीम रहेको काठमाडौं उपत्यकामा समुदायमा समेत संक्रमण पुग्ने खतरा बढ्दै गएको सरकारले जनाएको छ । लकडाउन खुकुलो भएपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएकाले संभावित निष्कर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको छ । ‘न्युनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पुरा नगरी निर्वाध रुपमा मानिसहरु हिडीरहेका छन्’ , मन्त्रालयका प्रवक्ताका प्राडा जागेश्वर गौतमले भने ,‘संक्रमण समुदायमा फैलिएपछि एकदम छिटो फैलन सक्छ ।’

मास्क नलगाउने र स्यानिटाइजर पनि प्रयोग नगर्ने हो भने ठूलो जनसंख्यामा फैलिन सक्छ : डा जागेश्वर गाैतम

बुधबार मात्रै १७ जना काठमाडौं उपत्यकावासीलाई कोरोना भाईरस पुष्टि भएको छ । संक्रमणको प्रभाव उपत्यकाका समुदायस्तरमा पनि देखीने संकेत छिटपुट देखीएको प्रवक्ताका प्राडा गौतमले जानकारी दिए । ‘हामीले जनतालाई नियमित पत्रकार सम्मेलनका माध्यमबाट सचेत गराइरहेका छौँ,’ उनले भने , ‘अहिले काठमाडौँ सुरक्षित छ भनेर यही थुप्रिने, सामाजिक दुरी कायम नगर्ने र हेलचेक्राई गर्ने , मास्क र सेनेटाइजर प्रयोग नगर्ने लगायतका समस्या छन् ।’

उनले ४०÷५० लाख जनसंख्या भएको काठमाडौमा सर्वसाधारणले धेरै लापरवाही गर्न थालेको जानकारी दिदै भने, ‘समुदायमा पुगेको ठोस अनुसन्धान त भइसकेको छैन । तर केही घटनाक्रमले त्यस्तो देखाउन थालेको छ ।’ मास्क नलगाउने र स्यानिटाइजर पनि प्रयोग नगर्ने हो भने ठूलो जनसंख्यामा फैलिन समय नलाग्ने बताए । डा. गौतमले सकभर घर बाहिर ननिस्किन र निस्किनै परेको खण्डमा मास्क अनिवार्य प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनले ३ वटा कारणले मानिसहरुले कोरोनाको संक्रमणलाई वेवास्था गरेका छन् । घर बस्दा बस्दा दिक्क भएर , डराएपनि अटेरी हुने बानी र दुरी कायम नगरी जमघटमा बस्ने संक्रमण समुदायमा फैलने कारणहरु हुन् , उनले भने, ‘अब झन् झन् सजग हुने बेला आएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी