ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना संक्रमण

ललितपुर । ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङका क्रममा ललितपुरमा ५ जना संक्रमित भएको जानकारी गराइएको हो । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार संक्रमितहरुमा ४ महिला र १ पुरुष जना रहेका छन् ।

संक्रमितहरु ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिकासँगै पहिलो पटक गोदावरी नगरपालिकामा पनि पुष्टि भएको छ । यता स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालका अनुसार बुधबार अल्का अपतालका २ र १ जना क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीसहित ७ जनामा पोजेटिभ देखिएको हो ।

हिजो बुधबार पुष्टि भएका संक्रमितहरुमा ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटोका ३४ वर्षिय महिला, ललितपुर महानगरपालिका वडा नं १४ थसीखेलका ३३ वर्षिय महिला र ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनका २४ वर्षिय महिला रहेका छन् । सातदोबाटोमा भेटिएकी संक्रमित महिला अल्का हस्पिटलमा कार्यत स्वास्थ्यकर्मी रहेको कार्यालय प्रमुख डा गेलालले जानकारी दिए । उनका अनुसार गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँका ६६ वर्षिय पुरुष र महालक्ष्मी नगरापलिका वडा नं. ८ लुभुका २३ वर्षको महिला मा पनि कोरोना भाइरसको संक्रमण देखीएको हो ।

संक्रमित भएका पाँचैजनालाई ललितपुरको पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । पाटन अस्पतालको कोभिड वार्डको आइसोलेसनमा राखेर उपचार भइरहेको छ, डा. गेलालले भने, अहिलेसम्म १५ जनामा संक्रमण देखिइसकेको छ । यसअघि गत मंगलबार मात्रै एक जनामा संक्रमण भएको थियो । कतारबाट गत असार ११ गते नेपाल आएका ललितपुर महानगरपालिकाको वडा नं. १४ नखिपोटका २८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो ।

यसअघि बाग्मती गाउँपालिकाको प्युटारमा १४ वर्षीय बालिका र भैसीपाटीमा साढे २ बर्षको बच्चामा पनि कोरोना भेटिइसकेको छ । ललितपुरमा कोरोना संक्रमण भएका ब्यक्तिको मृत्यु हुनेको संख्या २ पुगिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरधाममा चुनावी सरगर्मी : मेयरमै दर्जनभन्दा बढी आकांक्षी