प्रधानमन्त्रीद्वारा नियमित स्वास्थ्य परीक्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बुधबार नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी नियमित स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । त्यहाँ मुुटुको जाँच गराएर उनी निवास फर्किएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली अत्यावश्यक परीक्षण गरी बुधबार नै निवास फर्किएको जानकारी दिए । उनले प्रधानमन्त्रीले नियमित रूपमा मुटुको जाँच गराउँदै आएको र बुधबार पनि सोही प्रक्रियाअनुसार गंगालाल अस्पताल गएर जाँच गराएको बताए । प्रधानमन्त्री ओलीको गत २१ फागुनमा त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

पार्टी र सरकारको कामका कारण प्रधानमन्त्री ओलीलाई पछिल्लो समय धपेडी बढेको छ । गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा उनी सहभागी हुँदै आएका छन् । बुधबार बालुवाटारमै उनीसहितको उपस्थितिमा नेकपा स्थायी कमिटी बैठक बसेको थियो । प्रधानमन्त्री ओलीले बुधबार बिहान पनि स्थायी कमिटी सदस्यहरूसँग परामर्श गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमेश्वरको मेयरमा कांग्रेसका मानन्धर र उपमेरमा एमालेकी बस्नेत निर्वाचित