Thursday, April 22, 2021
Home बिचार तुलसी र हरिशयनी एकादशी

तुलसी र हरिशयनी एकादशी

,

प्रत्येक साल असार शुक्ल पक्षमा पर्ने एकादशी अर्थात् हरिशयनी एकादशी महान् पुण्यमयी, स्वर्ग एवं मोक्षदायिनी हो । हिन्दू धर्मशास्त्रअनुसार यो एकादशीमा निर्जला एकादशीमा बीजारोपण गरिएको तुलसीलाई सारिने कार्य गरिन्छ । जसको घरमा तुलसी सारिन्छ, त्यसको घरमा कलियुगको पाप फैलिँदैन भत्रे विश्वास गरिन्छ । यसै दिनदेखि भगवान हरि अर्थात् विष्णु चार महिनाका लागि सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी या देवशयनी एकादशी पनि भनिन्छ । यस एकादशीमा सुतेका हरि कात्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । यस एकादशीमा पूजाअर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने विश्वास रहिआएको पाइन्छ । भविष्योक्तरा पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान् ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान् कृष्णलाई पनि भनेको उल्लेख छ ।

प्रत्येक हिन्दू धर्मावलम्बीको घरको देब्रेपट्टि बनाएको मठमा तुलसीको बेर्ना सारिने कार्य पनि यस दिन गरिन्छ । यो एकादशीमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । हिन्दू धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार पत्नी वृन्दाको सत्यमार्गका कारण जालन्धरले देवताविरुद्ध झन्झन् आफ्नोे प्रभाव बढाउँदै लगेका थिए । भगवान् रामले समेत जालन्धरलाई पत्नीको सतीत्वका कारण युद्धमा पराजित गर्न सकेका थिएनन् । त्यही बेला विष्णुले वृन्दाको सतीत्वलाई संकटमा पारेर मात्रै जालन्धरलाई पराजित गर्न सकिने कुरा विमर्श गरे । सोहीबमोजिम जालन्धर रूप धारण गरी वृन्दाको सतीत्व हरण गरे । सो कुरा वृन्दाले थाहा पाएपछि भगवान् विष्णुलाई झार हुनु परोस् भनी श्राप दिइन् । सोही श्रापको मोक्षस्वरूप विष्णुले तुलसीको रूप धारण गरे ।

यही धार्मिक किंवदन्तीअनुसार साक्षात् विष्णुको रूपमा तुलसीको बिरुवा रोपी असार शुक्ल एकादशीका दिन घरघरमा स्थापित गर्ने परम्पराको थालनी भएको विश्वास छ । घरआँगनमा तुलसीको बोट हुँदा देवताको बास हुने विश्वास छ । तुलसीको बोट नभएको घरमा यमराजका दूत सहजै पुग्ने भएकाले विष्णुधारी तुलसीको बिरुवालाई घरअगाडि मठ बनाएर रोप्ने गरिन्छ । हाम्रो समाजमा १२ महिनाको एक वर्ष मानिन्छ र प्रत्येक महिनामा दुईवटा एकादशी पर्छन् । यस हिसाबबाट एक वर्षमा २४ वटा एकादशी हुने भए तापनि प्रत्येक साढे दुई वर्षपछि एउटा अधिकमास पर्छ र सो साल १३ महिनाको वर्ष मानिन्छ । त्यतिबेला दुईवटा एकादशी थप हुने भएकाले मलमास परेको सालमा २६ वटा एकादशी पर्न आउँछन् । प्रत्येक एकादशीको आफ्नोे अलग नाम र परिचय छ भने सबैको भिन्दाभिन्दै व्रत उपवासको फल तोकिएको पाइन्छ ।

यमराजका दूतलाई रोक्नका लागि विष्णुधारी तुलसीको बिरुवा घरअगाडि मठ बनाएर रोप्ने गरिन्छ

हाम्रो देशको वैदिक दृष्टिकोणमा हरिशयनी एकादशीको ठूलो महŒव रहेको छ । तुलसीको पूजा हुने भएकाले हिन्दूकै महŒवपूर्ण पर्व हरिशयनी एकादशी स्वीकार्य बनेको छ । विधिपूर्वक मठमा तुलसीको बिरुवा रोप्दा जो कसैको वंशले तीनै लोकमा सुखशान्ति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ । तुलसी शब्दलाई संस्कृत दर्शनमा गहिरो अर्थमा शाब्दिक व्याख्या गरिएको छ । तुलसी भत्राले ज्ञान, वैराग्य र भक्तिको अजस्र केन्द्रबिन्दु हो । यसले मानव जीवनमा प्राप्त हुने विज्ञानलाई समर्पण भावमा परिणत गराउँदछ । तुलसीको मठलाई गोबर माटोले लिपपोत गरी सेता, राता, पहेंला वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिंगो गाडी पूजा गरिन्छ । यसै एकादशीदेखि चतुर्मासको व्रत सुरु हुन्छ । चतुर्मासका एकादशीमा भागवत्लगायत अन्य पुराण भन्ने÷भनाउने परम्परा रही आएको छ । हरिबोधिनीमा सो तुलसीलाई संकल्पसमेतको अनुष्ठानमा विष्णु भगवानसँग विवाह गराइन्छ ।

यसै विवाह कर्मले ठूली एकादशी भनिएको अनुमान लगाउन सकिन्छ । तर, अनौठो चलन चतुर्मासअन्तर्गत विजयादशमी पर्वको एकादशीलाई पापांकुशा तथा गिद्धे एकादशी भनी मासु खाने र खुवाइने गरिन्छ । एकादशी र औंसीमा हिन्दूले मासु खान बर्जित नै गरिए पनि व्यवहारमा चलाइएको यो मान्यतालाई हिन्दू धर्मको लचकता वा व्यावहारिक कठिनाई खुकुलो पार्न पण्डितले आफू खुसी चलाएको कदम मात्रे ? अझै स्पष्ट हुन सकेको छैन । प्रायः नेपालीका घरमा तुलसी र तुलसीको मठ अनिवार्यजस्तै नै देखिन्छ । मृत्युनजिकमा पुगेका व्यक्तिलाई तुलसीको मठमा राख्ने र मठमा रामनाम, हरिनाम, दामोदर आदि लेखेर मठलाई गेरुवा रङले सजाई शोभा गराई राखिने प्राचीन चलन यद्यपि छँदै छ ।

तुलसीको धार्मिक महŒवमा मात्र ध्यान नदिई यसको गुण महŒव बुझ्ने व्यक्तिले आफ्नोे घरमा मठ निर्माण नगरे पनि बगैंचाको रूपमा ड्याङ बनाई तुलसी हुरर्काइ तुलसीको सेवा गरेको पाइन्छ । यस्ता व्यक्तिको नाम नै तोक्दा साहित्यिक पौराणिक व्यक्तित्व मोदनाथ प्रश्रित, स्रष्टा गीता केशरी, तोया गुरुङ आदिलाई लिन सकिन्छ । एकादशी व्रत र तुलसीको महŒव हाम्रा प्राचीन ग्रन्थ वेद, उपनिषद्, रामायण, महाभारत, पुराण र नीतिशास्त्रका विविध ग्रन्थमा प्रशस्त भेटिन्छन् । जब यस्ता शास्त्र, ग्रन्थको महत्व धर्मसँग सीमित नभएर मानव जीवनलाई स्वस्थ र समुन्नत बनाउन पनि त्यत्तिकै महŒवपूर्ण हुन्छ भन्ने कुरा प्रकाशमा आइसकेपछि चेतनशील मानव प्राणीले तिनलाई आफ्नोे जीवनचर्यामा समाहित गर्नु बुद्धिमतापूर्ण कार्य हुन आउँछ ।

त्यसैले, एकादशी व्रत बस्ने व्यक्तिप्रति सम्मान गरौं, नाक नखुम्च्याऔं र तुलसीलाई अरू साधारण बोटबिरुवा सरह अज्ञानी आँखाले नहेरांै । वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकले पनि अनुसन्धान, अध्ययन गर्दै छन् । काम्य र नित्य गरी व्रतका दुई स्वरूप छन् । उद्देश्य एवं कामनापरक काम्य उपासना हुन्छ । कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ । नित्य र निष्काम व्रतको प्रभावले झन् बढी उद्देश्य सफल बत्रे हुन्छ । मानिसलाई आवश्यक भक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ । जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ । एकादशी व्रत निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ । जुवा, कुभाषण, मिथ्या, परनिन्द्राबाट टाढा हुन्छ । चोरी, हिंसा, क्रोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन सञ्चालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ । तुलसीको महŒव जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ । कुश, तुलसी र पीपलको महŒव पूर्वीय संस्कृतिमा विश्वास गर्नेका लागि जीवनको हृदयझैं महŒव रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

साताका लोकप्रिय समाचार

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी अघि बढाऊ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) अघि बढाउनुपर्नेमा जोड दिएका छन्...

बलात्कार गरेको अभियोगमा पक्राउ

काठमाडौं । ३९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–१ चनौरा बस्ने २४ वर्षीय दिनेश थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । थारुले...

दिल्लीमा लकडाउन भएपछि मदिरा पसलमा भिड

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा ६ दिनसम्म लक डाउन हुने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पत्रकार सम्मेलन गरी लक डाउन...

कोरोना संक्रमणको जोखिम बढ्याे, विद्यालय बन्द गर्नुपर्छ : अध्यक्ष भण्डारी

काठमाडौं । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब...

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले स्वाब परीक्षण गराएका थिए...

ट्रेन्डिङ

‘सुरक्षाको ग्यारेन्टी नभए अध्यापन गराउँदैनौं’

इटहरी । निजी कलेजले लकडाउनको समयको समेत शुल्क लिएको विरुद्धमा उत्रिएको आन्दोलनले उग्ररूप लिएको छ । विद्यार्थीले आन्दोलनमा उत्रिएर कलेज तोडफोड नै गर्ने स्थिति...

मन्त्रिपरिषदमै अड्कियो प्रहरी समायोजन प्रस्ताव

काठमाडौैं । प्रहरी समायोजनको खाकासहित गृह मन्त्रालयले तयार गरी पठाएको प्रहरी समायोजनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ । संघ र प्रदेशमा अधिकार बाँडफाँट, कुन...

हाम्रो लडाई विधिका लागि हो व्यक्तिका विरुद्ध होइन : नेपाल

वीरगन्ज । नेकपा एमालेका नेता माधव कुमार नेपालले आफ्नो लडाँई विधिको लागि भएको बताएका छन् । पार्टी समानान्तर कमिटी बनाउँदै पर्सा आइपुगेका नेता नेपालले...

रेडक्रसमा छानबिनको माग

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा अनियमितता देखिएको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा सांसदहरुले सोसाइटीमा भएको भ्रष्टाचार,...

विदेशिएका सन्तान र आमाको पीडा बोल्ने ‘आशिर्वाद’

काठमाडाैं ।  हात मुख जोड्नकै निमित्त विदेशिएका तमाम नेपाली सन्तान र उनीहरुको आमाको कथामा बनेको म्युजिक भिडियो 'आशिर्वाद' सार्वजनिक भएको छ । सार्वजनिक म्युजिक भिडियोमा...

यस वर्षको तिहारमा विदेशबाट फूल नआउने

काठमाडौं । यस वर्षको तिहारमा स्वदेशमै उत्पादित सयपत्री फूल प्रयोग हुने भएको छ । लामो समयदेखि भारतबाट आयातित सयपत्री फूलबाट तिहार मनाइँदै आएकामा यस वर्ष...

गण्डकी प्रदेशसभाको २ वर्ष पूरा

पोखरा । गण्डकी प्रदेश सभा सुरु भएको बुधबार ठिक २ वर्ष पुगेको छ । अघिल्लो वर्ष तुलनामा यस वर्ष कम कानून निर्माण तथा...

तीन लाखले दिए लाइसेन्सको आवेदन

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोना भाइरस महामारीका कारण...

दाङमा सवारी दुर्घटनामा परेर सञ्चारकर्मी मनिषाको मृत्यु

तुलसीपुर । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी संचारकर्मी दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरी निवासी २२ बर्षकी मनिषा लामिछानेको मृत्यु भएको छ । मनिषाको उपचारको क्रममा...

टाइगरकी नायिका सारा अली

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म बागी ४ मा अनुबन्धित भएका छन् । बागीको तेस्रो शृंखला पनि सफल भएपछि बागी–४ बनाउने घोषणा...

१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

काठमाडौं । नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण...

मन्त्रिपरिषद बैठक सर्यो

काठमाडौं । आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक साँझ ५ बजे मात्रै बस्ने भएको छ । सो बैठकले लकडाउनलाई निरन्तरता दिने विषयमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)