Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ५ बर्दियामा १४१ जना कोरोना जितेर घर फर्के, ३९ जना आइशोलेसनमा

बर्दियामा १४१ जना कोरोना जितेर घर फर्के, ३९ जना आइशोलेसनमा

,

बर्दिया । बर्दियामा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । जिल्लामा बिहिबारसम्म १ सय ४१ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा कोरोना जित्नेमा हालसम्म १ सय २७ पुरुष र १४ जना महिला छन् । जिल्लामा अब महिला ५ र पुरुष ३४ गरि जम्मा ३९ जना मात्र आइशोलेसनमा छन् । उनीहरुको जिल्लास्थित विभिन्न आइशोलेसन कक्षमा उपचार भइरहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले बिहिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्राथमिक स्वास्थ्य केन्द्र मगरागढीको आइशोलेसनमा ५ जना, बासगढीको आइशोलेसनमा १ जना मैनापोखरमा ३ जना, शिवपुर स्वास्थ्य चौकीमा १ जना, कवर्ड हल गुलरियाको आइशोलेसनमा १३ जना उपचारारत् छन् ।

यसैगरि बाँकेको खजुरा कोरोना विशेष अस्पतालमा ४ जना, राजापुरको आइशोलेसनमा ३ जना, ठाकुरबाबा नगरपालिकाको भवनमा ५ जना र गेरुवा गाउँपालिकाको आइशोलेसनमा ४ जना गरि जम्मा ३९ जना मात्र अब आइशोलेसन कक्षमा उपचारका क्रममा छन् । कोरोना संक्रमित निको हुने क्रम बढ्दै गएपछि बर्दिया जिल्ला चाँडै नै कोरोना मुक्त हुने स्वास्थ्यकर्मीहरुले विश्वास व्यक्त गरेका छन् ।

िजल्लामा हालसम्म आरडीटी विधिबाट १२ हजार ३९४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । भने हालसम्म ३ हजार १३९ जनाको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाब मध्ये ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या पनि दिनानुदिन घटदै गइरहेको छ । जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा अब ७ सय ६५ जना मात्र छन् । क्वारेन्टाइन खाली हुँदै गएपछि अधिकाशं क्वारेन्टाइन बन्द गरिएका छन् । १४ दिन क्वारेनटाइनमा बस्दा कुनै लक्षण नदेखिएका व्यक्ति घर फर्के पछि क्वारेन्टाइनमा बस्नेको संख्या कमी हुँदै गएको स्वास्थ्य कार्यालयले जनाएको छ । अर्को तर्फ भारतलगाएत अन्य स्थानबाट आउने क्रम पनि बिस्तारै कम हुँदै गएपछि क्वारेन्टाइन रित्तिदै गएको स्वास्थ्य कार्यालयको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार जेठ १ गतेदेखि हालसम्म देशमा विभिन्न स्थान र भारतबाट गरि जम्मा ७ हजार १ सय ७३ जना मानिस जिल्ला भित्रिएका थिए । प्रशासनले जिल्ला भित्रने सबैलाई आआफनो पालिकाको क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नु पर्ने नियम लागू गरेको थियो ।

(Visited 158 times, 1 visits today)
Loading comments...

आजको समाचार

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

साताका लोकप्रिय समाचार

सरकारको निर्देशन मान्दैनन् इटहरीका निजी विद्यालय, विद्यार्थीकाे घरमै परीक्षा

इटहरी । सरकारले सबै पठनपाठन तथा सञ्चालन भइरहेका परीक्षाहरु समेत तत्कालका लागि स्थगित गर्न निर्देशन दिएपनि इटहरीका निजी विद्यालयले भने अटेर गरेको पाइएको छ...

पूर्वरानी शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार नदेखिएपछि प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

काठमाडौंमा आफूनिकटलाई ठाकुर–महतोको आमन्त्रण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूनिकट सांसद तथा पार्टी कार्यकारिणी समिति सदस्यलाई काठमाडौं आउन निर्देशन...

बर्दिया कोरोनाको हटस्पट बन्दै, एकै दिन २ सय जना संक्रमित थपिए

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । बुधबार एकै दिन २ सय जनामा कोरोना संक्रमण पुष्टि भए...

ट्रेन्डिङ

‘क्लोज डोर’को हरेक खेलमा कम्तीमा तीन सय जना

लन्डन । महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण स्थगित रहेको प्रिमियर लिग सुचारु गर्नका लागि यतिबेला विभिन्न योजनामा छलफल भइरहेको छ । पछिल्लोपटक...

एकैदिन १ सय ७९ जनामा कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । देशभर शुक्रबार १ सय ७९ जना संक्रमित थपिएका छन् । केही दिनयता संक्रमित हुनेको...

मापदण्ड विपरित सल्लाको खोटो संकलन हुँदा सल्लाको वन संकटमा

उदयपुर, ३० फागुन ।  उदयपुरको महाभारत क्षेत्रमा पाउने सल्लाको जंगल मासिदै गएको छ । सल्लाको मापदण्ड विपरित खोटो संकलन गरिदा जंगल मासिएको हो ।...

करार पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला

सुर्खेत । उच्च अदालत सुर्खेतले सामुदायिक नर्सिङ कार्यक्रमतर्फ करारमा पदपूर्ति गर्न प्रदेश सरकारलाई बाटो खुला गरिदिएको छ । उच्च अदालतले यसअघि दिएको अन्तरकालीन अन्तरिम...

मिलान र टोटेनहम अघिल्लो चरणमा

रोम । इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब टोटेनहम हस्टपुर यूईएफए युरोपा लिगको छनोटको चौथो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति छनोटको...

झापामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

दमक । झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७...

यस्ताे छ विवेकशील र साझा पार्टीको एकीकरण घोषणापत्र

काठमाडाैं । साझा पार्टी र विवेकशील नेपाली दलबीच आज एकता भएको छ । अलग भएको २२ महिनापछि आज बुधबार साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका...

प्रचण्डको निवेदनमा फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा,...

भ्रष्टाचार बढेको भन्दै राजदेवी नगरपालिका अगाडि सर्वदलीय धर्ना

गौर । रौतहटको राजदेवी नगरपालिकाका नगरप्रमुख धीरेन्द्र कुमार सिंहले भ्रष्टाचार र अनियमितता गरेको भन्दै नेता तथा स्थानीयले नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् । शुक्रबार...

ग्राहक बनेर मन्त्री नुन किन्न खोज्दा…

कास्की । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य वस्तुको अभाव नरहेको र अभाव सिर्जना गर्न खोज्ने माथि कडा कारवाही गर्ने जानकारी दिएका...

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

इश्वर पोखरेलाई कार्वाही गर्नु पर्ने पशुपति शमशेरको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले स्वास्थ्य सामाग्री कसले ल्याउने भन्ने विवाद नगरी गुणस्तरीय सामाग्री तुरुन्तै आयात गर्नु पर्नेमा जोड दिएका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)