Friday, April 23, 2021
Home प्रदेश प्रदेश ५ अविरल बर्षाले गुल्मीमा एकको मृत्यु, एक वेपत्ता

अविरल बर्षाले गुल्मीमा एकको मृत्यु, एक वेपत्ता

,

गुल्मी । गुल्मीमा अविरल बर्षाका कारण एकजनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् । गएराति करिब १ बजेबाट बर्षा सुरु भएको थियो । वर्षाले इस्मा गाउँपालिकामा एकजनाको मृत्यु भएको छ भने मुसिकोट नगरपालिकामा एकजना वेपत्ता भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर १ मल्दीमा एउटा घर बगाउँदा एकजनाको मृत्यु भएको छ भने एकजनाको जिवितै उद्धार गरिएको छ ।

१८ महिनाको छोरा सिरु सारुकोे पहिरोमा परेर मृत्यु भएको वडाध्यक्ष चुराबहादुर खत्रीले जानकारी दिए । बच्चाको आमाको भने गाउँलेले जिवितै उद्धार गरेका छन् । पहिरोले सडक अवरुद्ध भएकाले घाइतेलाई अस्पताल लैजान नसकिएको छैन ।

मुसिकोट नगरपालिका–२ दलुङ निवासी भागिरथ घिमिरे वेपत्ता भएको नगरपालिका उप–प्रमुख कमला शर्माले जानकारी दिइन् । बिहीबार रातिसम्म सँगै तीनजना बसेका थिए । अन्य दुइजना बाँच्न सफल भए पनि घिमिरेलाई भने पानीले बगाएको शर्माले बताइन् । उनको अहिले खोजिकार्य भइरहेको छ ।

सोही बर्षाले दुर्गा सूर्यवशींको गोठमाथिबाट आएको पहिरोले पुरिदा गोठमा भएका सबै जनावर मरेका छन् । भने थप सात घर उच्च जोखिममा रहेको नगरपालिका उपप्रमुख शर्माले बताइन् । प्रतिकूल मौसमका कारण घटनाबारे सबै विवरण आइसकेको छैन । अहिले जिल्ला प्रहरी कार्यालयको समुह घटनास्थलतर्फ जाँदै गरेकोले प्रहरी कार्यालयमा पनि घटनाबारे विस्तृत जानकारी नआएको प्रहरी उपरीक्षक राजेन्द्रसिहं खड्काले बताए ।

गएराति परेको अविरल बर्षाले जिल्लाका मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका लगायत अधिकाशं ठाउँका सडक अवरुद्ध भएका छन् । गएराति परेको अविरल बर्षाका कारण जिल्लाका अन्य ठाउँमा पनि क्षति भएको हुनसक्ने आँकलन गरिएको छ । तर धेरै दुर्गम बस्ती, फोनको टावरले काम नगर्ने र सडक अवरुद्ध हुँदा क्षतिको विवरण र पीडितलाई उद्दार गर्न कठिनाई भएको छ ।

(Visited 110 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

कोरोना कहर : इनरुवामा अनिश्चितकालका लागि विद्यालय बन्द

इटहरी । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नगर प्रमुख राजन मेहताले...

मेलम्ची पानीले खाल्डाखुल्डी

काठमाडौं । राजधानीमा ल्याइएको मेलम्ची पानीको उचित व्यवस्थापन कमजोरीका कारण ठाउँठाउँका सडक खाल्डाखुल्डी परेका छन् । पुरानो प्रणालीबाट पानी वितरण गरिँदा ३ सय स्थानसम्म चुहावट...

पूर्व मन्त्री सुवालकाे निधन

काठमाडाैं ।  समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उहाँकै निवास झोछेँमा निधन भयो । उहाँ ९३ वर्षको थिए । प्रजातन्त्रका लागि...

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

ट्रेन्डिङ

आफन्तबाटै बिन्दाको बिभत्स हत्या

पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–४, ईवास्थित तीनसल्लेमा बिहीबार २८ बर्षीया बिन्दा पुरीको बिभत्स हत्या भयो । बिन्दाको आफ्नै घरमा हत्या भएको थियो । धारिलो...

हिमपातले वार्षिक परीक्षा प्रभावित बन्ने खतरा

बागलुङ । हिउँदमा बेसी झर्ने र बर्खा लेक (घर) फर्कने बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ माथिल्लो क्षेत्रका स्थानीयको वार्षिक तालिका नै हो । हिउँदमा चिसो...

प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी हो : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी भएको बताएका छन् । प्रदेशसभाको बैठकमा आज विशेष...

रिपोर्टरको डायरी : कोरोना सन्त्रासमा बितेका ती दिन…

३ साउन । बिहानैदेखि झरी परिरहेको थियो । घरबाहिर निस्कने अवस्था थिएन । झरीकै बिच ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको फोन आयो । उनले...

सर्लाहीमा गाँजासहित दुई जना पक्राउ

सर्लाही । सर्लाहीमा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं ३ बस्ने ३० वर्षीय मोटरसाइकल चालक...

चीनबाट ल्याउँदै गरिएकाे कोरोना भाइरस परिक्षण गर्ने सामाग्री बिचैमा रोकियो

काठमाडौं । चिनबाट ल्याउँदै गरिएको कोरोना भाईरस (कोभिड–१९) परिक्षण र उपचारका स्वास्थ्य सामाग्री बिचबाटैमा रोकिएको छ । स्वास्थ्य सामाग्रीको गुणस्तीयको आशंकामा...

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गीतबाटै स्वास्थ्य सञ्चारकर्मीलाई सलाम

काठमाडौं । गायक राज सागर र गायिका जीना रसाइलीले कोरोना संक्रमण र लकडाउनमा मैदानमा खट्ने विभिन्न पेसाकर्मीलाई गीतबाटै सलाम गरेका छन् । यी गायक...

सुदूरपश्चिममा एकैदिन ६८ जना कोरोना संक्रमित थपिए

धनगढी । सुदूरपश्चिममा सोमबार ६८ जनामा नोबल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । २४ घण्टामा थपिएको यो सङख्या अहिलेसम्मकै उच्च हो...

महिना दिन यौन शोषण गरे अनि कुटेर निकाले

तुलसीपुर । बलात्कारपछि फरार तुलसीपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर निबासी शमिर वली रहेको...

कोरोना त्रास : उपत्यकामा आजदेखि निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम...

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने संस्था कारबाहीमा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको अनुमतिबिना तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ मा सरकारी लोगो प्रयोग गरी प्रकाशन तथा सार्वजनिक...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)