Saturday, October 24, 2020
Home Editor-Picks क्वारेन्टिनबाट १ लाख ३४ हजार नागरिक बाहिरिए

क्वारेन्टिनबाट १ लाख ३४ हजार नागरिक बाहिरिए

काठमाडौं । पिसिआर परीक्षण नै नगरी क्वारेन्टिनमा बसेका अधिकांशलाई घर पठाइएको छ । ४० दिनसम्म क्वारेन्टिनमा बसेकामा लक्षण नदेखिएपछि घर पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार मात्र १० हजार २ सय ५३ जना क्वारेन्टिनबाट निस्किएका छन् । उनले भने, ‘कतिपय २८ देखि ४० दिनसम्म पनि क्वारेन्टिनमा बसे । लक्षण नै नदेखिएपछि परीक्षण गरिरहनुपर्दैन ।’

— पिसिआर परीक्षणविनै धमाधम घर फिर्ता
— संक्रमित १४,५०० नाघे

हालसम्म १ लाख ३४ हजार १ सय ५७ जना क्वारेन्टिनबाट बाहिरिएका छन् । सबैभन्दा धेरै २८ जेठ २०७७ मा क्वारेन्टिनमा रहेकाहरूको संख्या १ लाख ७२ हजार २ सय ६६ थियो । बिहीबार क्वारेन्टिनमा रहनेको संख्या ३८ हजार १ सय ९ मा झरेको छ । यसरी हेर्दा १ लाख ३४ हजार १ सय ५७ जना क्वारेन्टिनमा बस्दै आएकाहरू घर फिर्ता भएको देखिन्छ ।

लक्षण नभएकालाई १४ दिन राखेपछि परीक्षण नगरीकनै पठाइने २० जेठ २०७७ मा जारी गरिएको ‘नेसनल टेस्टिङ गाइडलाइन कोभिड १९’ मा उल्लेख छ । मापदण्डले क्वारेन्टिनमा बसेका व्यक्तिमा लक्षण नदेखिए पिसिआर परीक्षण नगर्नू भनेको छ ।

पछिल्लो एक सातामा दैनिक ५ हजार जना क्वारेन्टिनबाट घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातामा दैनिक ५ हजार १ सय ३० जना घर फर्किएका छन् । यसरी हेर्दा एक साताको अवधिमा ३५ हजार १ सय १९ जना घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत शुक्रबार ३ हजार १०, शनिबार ५ हजार ३ सय, आइतबार ३ हजार ९ सय ८१, सोमबार ४ हजार ३ सय ६३ जना क्वारेन्टिनबाट घर गएका हुन् । यस्तै, मंगलबार ४ हजार २ सय ९८, बुधबार ४ हजार ७ सय आठ र बिहीबार १० हजार २ सय ५३ जना क्वारेन्टिनबाट घर फर्किएका छन् ।

यो पनि पढ्नुहोस   गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

क्वारेन्टिनमा बसकेका व्यक्तिमध्ये अधिकांश भारतबाट नेपाल प्रवेश गरेकाहरू रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ९८ प्रतिशतमा लक्षण नदेखिएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।

यसैबीच, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । पछिल्लो एक दिनमा थप ४ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ६ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० पुगेको हो ।

कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार १ सय ६७ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म २ लाख ३७ हजार ७ सय ६४ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण भएको छ ।

पछिल्लो एक साताको अवधिमा क्वारेन्टिनमा बसी घर फर्किएकाको संख्या
बार                      संख्या
शुक्रबार                 ३,०१०
शनिबार                ५,३००
आइतबार               ३,९८१
सोमबार                ४,३६३
मंगलबार               ४,२९८
बुधबार                 ४,७०८
बिहीबार               १०,२५३

(Visited 56 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

साताका लोकप्रिय समाचार

ए झ्याउरी एलिना !

विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार...

संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन : नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्...

बाबुरामकाे मुद्दा, जनलोकपाल गठन नगरी सुखै छैन

सत्तारुढ दल नेकपाका नेताहरुको नयाँ फण्डा सुरु भएको छ दुई दिनदेखि । ‘मैले दशैं भत्ता फिर्ता गरेँ’ आशयको विज्ञप्ति सामाजिक सञ्जालमा पोष्ट गर्ने ।...

कोरोना कहरले उडायो दशैंको रहर

इलाम । ‘कोदो फुल्यो बारीमा लरिलै धानको बाला झुल्यो खेतैमा, कत्ति राम्री देखिन्छौँ बरिलै जमरा र रातो टिकैमा’ नेपाली चलचित्र मुगलानको यो गीत रेडियोमा...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   ४४९९ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु (तथ्यांकसहित)
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

ट्रेन्डिङ

कोरोना संक्रमणको चौथो चरणप्रति सावधान !

कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेपछि नेपालको सन्दर्भमा यसलाई संक्रमणको चौथो चरण प्रवेश गरेको स्वीकार गरिएको छ । बुधबारसम्म आइपुग्दा...

बेहोस बनाएर बसभित्रै पालै पालो किशोरीको बलात्कार

भक्तपुर । लठ्ठिने औषधि खुवाएर भक्तपुरमा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको छ । भक्तपुर नगरपालिका ८ बसपार्क नजिकै तवियासुखसी नजिक बस भित्र किशोरीको...

वालिङ नगरपालिकाले थाल्यो अन्तरक्रिया

स्याङ्जा । सरकारले मुलुकलाई लकडाउन गरेको आज पाँचौ दिन । एक साताका लागि गरेको लकडाउन पाँचौ दिनसम्म आइपुग्दा स्याङ्जाका प्रशासन, स्थानीय निकाय,...

कोरोनालाई जितेर गायनमा फर्किएका किरण

काठमाडौं । बर्दिबास गडान्ताका किरण भुजेल नेपाल आइडल सिजन–३ मा यसपटक सेकेन्ड रनरअप भए । हालै सम्पन्न यो प्रतियोगितामा तेस्रो भएका भुजेलले पुरस्कार स्वरूप...

कालापानी जाने घोरेटो बाटोको ट्रयाक खोल्यो सेनाले

दार्चुला ।  नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेदेखि काम शुरु गरेको...

दिक्तेल बजार ढलान हुँदै

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलान हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा...

प्रहरी समायोजन : प्रदेश प्रमुख डिआइजी नै, काठमाडौं उपत्यकाको सुरक्षा केन्द्र मातहत

काठमाडौं । सरकारले संविधान जारी भएको पाँच वर्षपछि प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली,...

लाश पाइन्छ कि भन्ने आशमा (फोटोफिचर)

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्क पहिरोमा १६ जनाको एक चिहान भयो । पहिरोमा परेका १५ जना अझै बेपत्ता छन् । हराएकाहरु जीबित भेटिने...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

भर्खरै

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

धेरै पढिएका

किरा र लेदोसहितको हानिकारक पानी बजारमा

सप्तरी, राजविराज । शुद्ध पिउने पानी भनेर उपभोक्तलाई बिक्रि गर्दै आएको “एकुवा (एक्युयुए) वाटर” भित्र किरा र फोहरको लेदो भेटिएपछि उपभोक्ताले उत्पादक कम्पनीलाई कारवाही...

चितवनमा उपचारका क्रममा २ कोरोना संक्रमितको मृत्यु

चितवन । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको...

जिल्ला समन्वय समितिको भूमिकालाई प्रभावकारी बनाउने उपाय

१. पृष्ठभूमि:  नेपालको संविधानमा तीन तहका सरकारका अतिरिक्त जिल्ला सभा तथा समन्वय समितिसमेतको व्यवस्था गरिएको छ । संविधानको धारा २२० मा तथा स्थानीय सरकार सञ्चालन...

धरानमा थप एक संक्रमितको होम आइसोलेशनमा मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएको छ । उनी कोरोना सङ्क्रमित भएपछि...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 83 times, 2 visits today)