काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभावका ’boutमा गरिएको लेखन प्रतियोगितामा राजधानी डेलीडटकमा सम्पादक ध्रुव लम्सालको रचना उत्कृष्ट भएको छ ।
संघले शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुराको ’boutमा जानकारी गराएको हो । संघले चलचित्र क्षेत्रमा कोरोना भाइरसले उत्पन्न गरेको समस्या र त्यसको समाधानसहितको सोध, खोज तथा वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख, रचना तथा धारणाको नतीजा सार्वजनिक गरेको हो ।
संघका अनुसार छनौट समितिले १३ वटा लेखबाट छनौट प्रक्रिया सुरु गरेको थियो । त्यसमा पनि मापदण्ड सहित मूल्याङ्कनको आधारमा ८ को सर्टलिष्ट तय गर्दै छनौट समितिले पत्रकार लम्सालको लेखलाई पहिलो स्थानमा राखेको छ ।
विज्ञप्तीमा जनाइए अनुसार विष्णु शर्माको लेखले दोस्रो, मनोज न्यौपानेको लेखले तेस्रो तथा रिना मोक्तानको लेखले चौथो स्थान हासिल गरेको छ ।
नेपाली चलचित्र क्षेत्रको वर्तमान बस्तुस्थिती र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने संभावनाहरुलाई पनि समावेश गरि चलाइएको उक्त अभियानले चलचित्र पत्रकारमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन हुने संघको ठहर छ ।
उत्कृष्ट ४ लाई अनुकुल समयमा क्रमश १५ हजार, १० हजार तथा पाँच–पाँच हजार रुपैयाँ तथा प्रमाण पत्र सहित प्रदान गरिने छ । छनौट गरिएको लेख संचार माध्यमा प्रकाशन गरिने व्यवस्था संघले मिलाउने छ ।
पत्रकारहरु विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जीवन कुमार पराजुली तथा समीर बलामीको छनोट समितिले ती लेख तथा रचनाहरु मूल्यांकन गरेको संघका महासचिवज समीर बलामीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।