तीन दिन देशभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह

फाइल तस्वीर

काठमाडौँ । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

‘शुक्रबार अपराह्नपछि देशको धेरैजसो स्थानमा मनसुनी बादल विकसित भई हल्कादेखि मध्यम वर्षा हुनेछ’, मौसमविद् नगरकोटीले भने । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, प्रदेश ५, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा हलकादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोहोरिदा जनमत पाएनन्, चार पालिका निर्वतमान अध्यक्षले